RSS

कृषकहरूको आकर्षणमा : नौलो तरकारी ओल

06 Aug

रवि गौतम, नवलपरासी

नवलपरासीका कृषकहरु यसबर्षदेखि ओल खेति तर्फ उत्साहित भएका छन । जिल्ला कृषि विकास कार्यालयले गत बर्ष देखि यसको विउ उपलब्ध गराएपछि परिक्षणको रुपमा कृषकले यसको चयन गरेका हुन । स्वादिलो तरकारीको रुपमा रहेको ओलको खेतिमा संलग्न रामग्राम नगरपालिकाका कृषक रामचन्द्र गौतमले भने यसलाई ब्यवशायीक रुपमा नै थालनी गरेका छन् । उनको करेसाबारीमा ओलको बोट हेर्न र यसबारे जिज्ञासा राख्न हरेकदिन दर्शकको भिडलाग्ने गरेको छ ।

तरकारी, अचार, गुन्द्रुक, पकौडा र पशोधित चिप्सको समेत परिकार बनाउन मिल्ने यस उत्पादनका कुनै कुरा खेर जांदैन । यस सिजनमा ४ क्विन्टल विउ रोपेको र वारी भरि ओलैओल लगाएका कृषक गौतम फलको तरकारी, डांठको अचार र गुन्द्रुक बनाउन मिल्ने र परिकार स्वादिस्ट पनि हुने बताउंदछन । सिजनमा २५ रुपैया किलो सम्ममा यसको विक्रि गरेका कृषक गौतमले गत बर्ष एउटा बोटमै १८ किलोसम्मको फल लागेको बताए । उनको घरमा जाने जो सुकैले ओलको बोट देखेर यसका बारेमा जिज्ञासा राख्ने र सोधखोज गर्ने गरेको र कृषि विकास कार्यालयमा जान सुझाब दिने गरेको उनले बताए । ब्यवशायकै रुपमा उनले मात्र जिल्लामा यसको शुरुवात गरेपनि परिक्षणको रुपमा जिल्लाका धेरै कृषकले यसको उत्पादन गरेका छन् ।

जिल्लामै नमूनाको रुपमा देखिएको तरकारी खेति ओलप्रति कृषकको आकर्षण बढ्दो छ । विषादी र रसायनिक मल प्रयोग नगरि उत्पादन हुने, सिंचाई गर्न नपर्ने, पानिले नविगार्ने र उत्पादन खर्च कम लाग्ने भएकोले यसप्रतिको आकर्षण बढेको हो । ओल खेति लगानी र उत्पादनका हिसाबले  पनि आलु र पिंडालु भन्दा निकै सजिलो र सरल रुपमा उत्पादन हुन्छ । साथै यसका परिकार स्वादिष्ट र सस्तोपनि हुने भएकोले कृषकले यसलाई रुचाएको गौतमको भनाई रहेको छ ।

बैशाख महिनामा रोपेर असौज र कार्तिक महिनामा खनेर निकालिने यो तरकारी देख्दा विशेष देखिएपनि  यसको विउ लगाउन उति गाह्रो भने छैन । पिंडालु लगाएजस्तै लगाईने यो खेतिबाट निकै कृषकहरु प्रभावित भएको जिल्ला कृषि विकास कार्यालयका प्रमूख रामानन्द कुर्मि बताउनुहुन्छ ।

ओलको अर्को सांस्कृतिक महत्व पनि रहेको छ । जनैपुर्णिमा (रक्षाबन्धन)मा क्वांटी खाने चलन भएजस्तै तराई र मधेशमा दिपावलीमा लक्ष्मी पुजाको दिन यसलाई प्रसादको रुपमा खाने गरिनुले यसको महत्व तराईमा अझै बढेको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 6, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: