RSS

खयर बराह उत्सव सुरू, उत्तरगंगामा तिर्थयात्रीको भिड

06 Aug

सन्तोष गौतम, बाबियाचौर-म्याग्दी

उत्तरी म्याग्दीको शिख गाबिस स्थित खयरबराह ताल परिसरमा जनैपुर्णिमाको अवसरमा बुधबार बिहानैदेखि खयरबराह उत्सव शुरू भएको छ ।

नीलगिरि र अन्नपुर्ण हिमालको फेदीमा अवस्थित खयरबराह तालको धार्मीक र पर्यटकीय महत्वबारे प्रचार प्रसार गरी पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले शिख र पाउद्धारका बासिन्दाले आयोजना गरेको उत्सव एक हप्तासम्म सञ्चालन हुने बताइएको छ ।

बर्षौंदेखि चराबाट संरक्षित सो तालको दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनबिश्वास रहेको स्थानियबासी नन्दवीर तिलिजाले बताउनुभयो । मानोकांक्षा पुरा हुने बिश्वासका साथ म्याग्दी, मुस्ताङ, पर्वत र कास्की जिल्लाबाट सयौं मानिसहरू समुन्द्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा रहेको खयरबराह ताल परिसरमा भेला भएका छन् ।

यसैबिच म्याग्दी, बागलुङ र डोल्पा जिल्लाको सिमानामा रहेको उत्तरगंगामा जनैपुर्णिमाको अवसरमा दर्शन गर्ने तिर्थयात्रीहरूको भिड लागेको छ । दक्षिणबाट उत्तरतर्फ बग्ने सो अनौठो नदीको आजको दिन दर्शन गरि स्नान गरेमा पापबाट मुक्ति पाइने जनबिश्वास रहेको छ ।

उत्तरगंगामा बिहानैदेखि म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, डोल्पा लगायत जिल्लाबाट आएका तीर्थयात्रीहरूको भिड लागेको स्थानियबासीले जानकारी दिएका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 6, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: