RSS

पर्यटकीय संभावना वोकेको नारद पोखरीमा मेला

07 अगस्ट

विनोद ढकाल, रेडियो गोरखा

गोरखा जिल्लाको वारपाक गाविसको माथिल्लो क्षेत्रमा पर्ने प्रसिद्ध पोखरी नारद पोखरीमा ०५१ सालदेखि तीर्थयात्रीहरुको घुइंचो लाग्न थालेको हो । पहिले नगण्य रुपमा मात्र तीर्थयात्रीहरु आउने गरेपनि केही वर्षदेखि यो पोखरीमा नुहाउन आउनेहरुको संख्या हृवात्तै बढेको छ । यस वर्ष वाहिरवाट मात्रै ४ सय भन्दा बढी तीर्थयात्रीहरु पोखरीमा नुहाउन आएका छन् । दीर्घरोग निको हुने र मनले चिताएको पुग्ने विश्वास लिएर नारद पोखरी आइपुग्नेहरुमा केटाकेटीदेखि वुढाबुढीसम्म छन् । पैदल हिड्न नसक्ने र घर कुर्नेहरु बाहेक सबै वारपाकीहरु नारद पोखरी नुहाउन पुग्ने गर्दछन् भने छिमेकी गाविसबाट आउनेहरु पनि उत्तिकै छन् । पोखरीमा आउने तीर्थयात्रीहरु रातभर गीत गाएर रमाइलो गरेपछि विहान पोखरीमा नुहाएर जनै-डोरो बांधी पुजा आजा तथा भगवानसंग वर माग्ने गर्छन् । पोखरीमा सयौं तीर्थयात्रीहरु आएकाले पनि पोखरीको महत्व झल्किएको छ भन्नुहुन्छ वारपाकका लाल बहादुर गुरुङ ।

गाउँबाट बिदेशीएका र बसाई सरेर बाहिर गएकाहरु पनि पूर्णीमामा यस पोखरीमा नुहाउनको लागि आउने गरेका छन् । दुइ दिनको कठिन यात्रा हिडेरै पार गर्दै वारपाकीहरु वर्षमा एकपटक जसरी पनि पोखरीमा नुहाउन आइपुग्छन् । जनैपुर्णिमा साउनमा परेको वर्ष पोखरीमा नुहाउनेको भीड अझै बढी हुन्छ । भदौमा मौसम प्रतिकुल हुने जनविश्वासका कारण साउनमा पुर्णिमा परेको वर्ष धेरै तीर्थयात्रीहरु यस पोखरी मेलामा आउंछन् । साउनमा जनैपुर्णिमा परेकाले नै वालवच्चासहित पोखरी आएको गोरखा सदरमुकाममा वासोवास गर्दै आउनुभएकी धन कुमारी घले बताउनुहुन्छ ।

वारपाकीहरु पोखरीमा जाने भनेपछि नगएमा दुख पाइने विश्वास गर्छन् । त्यसैले प्रतिज्ञा गरेअनुसार जसरी पनि पोखरी पुग्नुपर्ने तीर्थालुहरुको विश्वास छ । पहिलेको प्रतिज्ञा पुरा गर्नै पोखरी आएको काठमाडौकी निशा घले बताउनुहुन्छ ।

वारपाक गाउंदेखि २ दिन पैदल यात्रामा मात्र पुग्न सकिने र पोखरी दुर्गम क्षेत्रमा परेकाले  प्रचारमा आउन नसकेको वारपाकीहरुको भनाइ छ । पोखरीको प्रवर्द्धनमा जुटेका वारपाक महिला समाजकी संयोजक दलकुमारी घलेका अनुसार पोखरीलाई प्रचार गर्न यसवर्षदेखि वारपाकी महिलाहरु सक्रिय भएर लागेका छन् ।

सयौं तीर्थयात्रीहरुको विश्वास जित्न सफल यो धार्मिक स्थलको प्रचार प्रसार गर्न सकेमा उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने कुरा निर्विवाद छ । पोखरीको प्रचारमा वारपाकका महिलाहरुले देखाएको सक्रियतामा सबैले सहयोग गर्ने हो भने गोसाइंकुण्ड या दुधपोखरी भन्दा कम महत्वको छैन यो नारदपोखरी ।

Advertisements
 
१ टिप्पणी

Posted by on अगस्ट 7, 2009 in HOME

 

One response to “पर्यटकीय संभावना वोकेको नारद पोखरीमा मेला

  1. अनिमेश

    अगस्ट 7, 2009 at 2:59 बेलुका

    ए हो र ? गोरखामा पनि यस्तो ठाउं फेला पर्यो ? ल धन्यवाद विनोदजीलाइ समाचार खोजी ल्याउनुभएकोमा अनि विभाषलाइ समाचार सम्प्रेषण गरेकोमा ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: