RSS

उत्तरी गोरखामा खाद्यान्न अभाव

07 Aug

विनोद ढकाल / रेडियो गोरखा

गोरखाको उत्तरी सात गाविसमा खाद्यान्न अभाव  भएको छ । सरकारले अनुदानमा दिने चामल सकिएको र खडेरीका कारण स्थानियस्तरमा खाद्यान्न उत्पादनमा कमी आएपछि खाद्यान्न अभाव भएको हो ।  सिर्दिवास डिपोका लागी यसवर्ष स्वीकृत २ हजार २ सय ६० क्वीन्टल चामलमध्ये २ हजार ४५ क्वीन्टल चामल वितरण भइसकेको र बांकी बाटो अप्ठेरो भएका कारण पठाउन नसकिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले बताउनुभयो । 

गएको हिउंदमा लामो खडेरी परेपछि उत्तरी गोरखाका छेकम्पार, ल्हो, प्रोक, विही, चुम्चेत, र सामागाउंमा खाद्यान्नको चर्को समस्या देखिएको छ । अघिल्ला वर्षहरुमा स्थानिय उत्पादनले खाद्यान्न अभाव नभएपनि यस वर्षको हिउंदभर पानी नआएपछि सो क्षेत्रमा उत्पादन हुने गहुं मकै, जौ फापर, आलु लगायतका खाद्यान्न वाली उत्पादन नभएपछि संकट हुन गएको हो । खाद्यान्नको समस्या भएपनि तत्कालका लागि अन्य माध्यमबाट ढुवानी गर्न नसकिने खाद्य संस्थान गोरखाले जनाएको छ ।

वर्षाको समयमा बाटो अप्ठेरो भएकाले चामल ढुवानी गर्न नसकिएको र दशैं अगाडी चामल जानसक्ने कुनै संभावना पनि नभएको जिल्ला खाद्य ब्यवस्थापन समितिका संयोजक तथा प्रजिअ वलीले बताउनुभयो । किनेर खाने ठाउंपनि नभएको र सरकारले दिएको अनुदानको चामलपनि नपाएपछि उत्तरी गोरखामा खाद्यान्न अभाव भएको हो । स्थानिय उत्पादनले माग आपुर्ति गर्न नसक्ने हुनाले सो क्षेत्रका वासिन्दा अनुदानको चामलमा नै भर पर्नुपर्ने अवस्था रहेको प्रजिअ ओलीको भनाइ छ ।

एक तथ्याङ्क अनुसार उत्तरी गोरखाका सात गाविसमा १ हजार ८ सय ४२ घरधुरी र ७ हजार ८ सय ११ जनसंख्या रहेको छ । खाद्य संस्थानले वितरण गरेको चामल ती क्षेत्रमा प्रतिब्यक्ती वर्षमा २९ किलोग्राम मात्र पुग्छ ।

खडेरीका कारण यो वर्ष सो क्षेत्रमा ९० प्रतिशतसम्म उत्पादन कमी भएको स्थानियवासीले बताएका छन् । चिनसंगको लार्के, ग्याला, लाजिङ लगायतका नाका बन्द भएकाले पनि ०६४ चैत महिनादेखि बन्द भएकाले खाद्य संकट थप बढेको हो । चीन सरकारले पहिले तिब्बती शरणार्थीहरुका कारण नाका बन्द गर्दै आएको र बेइजिङ ओलम्पिकको समयमा थप कडा बनाएको थियो ।

उत्तरी गोरखामा खाद्य समस्या कम गर्नका लागि जिल्ला खाद्य ब्यवस्था समितिले प्रोक गाविसको नामरुङमा डिपो थप गर्ने निर्णय पनि गरेको छ । हाल इलाका नंबर १३ का सात गाविसका लागि सिर्दिवासमा र इलाका नंबर १२ का ६ गाविसका लागि गुम्दाको माछिखोलामा खाद्यान्न डिपो राखेको छ ।

 

गाविसवीचको विवाद सुल्झियो

 

गोरखाको उत्तरी ल्हो र सामागाउं गाविसवासी वीचको विवाद समाधान भएको छ । दुबै गाविसले समस्या समाधानका लागि गठन गरेको ९ सदस्यीय वार्ताटोलीले एक आपसमा मिलेर वस्ने, झैझगडा नगर्ने, आवत जावतमा कुनै पक्षले पनि अबरोध गर्न नपाउने, अबरोध गरेमा कानुन बमोजिम कारबही भोग्ने सहमति भएपछि विवाद समाधान भएको हो । स्थानिय वुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि मनासलु क्षेत्र संरक्षण विकास आयोजनाका प्रतिनिधिहरुको रोहवरमा भएको वार्तामा सहमति भएपछि ती दुई गाविसवीच देखिएको चरन क्षेत्र र काठ ओसारपसारको विवाद समाधान भएको हो । दुई गाविसवीचको झगडा मिलाउनका लागि सिर्दिवास प्रहरी चौकीबाट २० जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । सो गाविस सदरमुकामबाट ७ दिनको पैदल दुरीमा पर्छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 7, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: