RSS

जिर्ण वृद्धाश्रम, पानी पर्नासाथ वृद्धाहरूको विचल्ली

07 Aug

प्रकाश डोटेल, स्याङ्जा

जीर्ण भएको वृद्धाश्रम,  तस्विरः प्रकाश डोटेल/स्याङ्जा

जीर्ण भएको वृद्धाश्रम, तस्विरः प्रकाश डोटेल/स्याङ्जा

स्याङ्जाको मालुङ्गा गाउँ विकास समिति-६, स्याङ्जा र पाल्पाको सिमानमा पर्ने राम्दीमा रहेको आश्रम (भवन) जिर्ण बन्दै गएको छ । जिर्ण बन्दै गएको आश्रम (भवन) को मर्मत गर्नमा कसैले चासो दिएका छैनन् । आश्रम जिर्ण बन्दै गएपछि भवनमा आश्रीत बृद्धाहरुले असुरक्षित भएको बताएका छन् । आश्रमको भवन पुरानो भएका कारणले छाना चुहिने तथा भित्ताहरु पानी रसाउने भएका छन् । जिर्ण भएको आश्रममा देशका विभिन्न भागबाट आएका ३५ बृद्धाहरु बस्दै आएका छन् । भवन मर्मतका लागि बृद्धाहरुले सबैसंग सहयोगको आग्रह गरेका छन् ।

नेपाल भारतको सहयोगमा सिद्धार्थ राजमार्ग निर्माणको क्रममा सडक विभागले २०२० सालमा सो भवन बनाएको थियो । सडक निर्माणको समयसम्म सडकले भवन प्रयोग गरेको थियो । विभागले भवन  छाड्दा प्रयोग विहिन भएको आश्रमका रुपमा प्रयोग भएको हो ।

भवन जीर्ण बन्दै गएपछि बृद्धाहरुले सरकारसँग बैकल्पिक व्यवस्था गरिदिन समेत आग्रह गरेका छन् । ३५ बृद्धालाई एक/एक कोठा प्रयोग गर्न दिएपनि कुनै कोठा सुरक्षीत नभएको आश्रममा बस्दै आएकी पाल्पा मदनपोखराकी जानकी नेपालले बताउनुभयो । नेपालको भनाई अनुसार, आश्रमको मर्मत नहुदा वर्षातमा उनिहरुलाई सुत्न ठुलो समस्यामा परेको छ । 

चन्दादाताको सहयोगमा आश्रम परिसरमा ठूला-ठूला पक्की मन्दिरहरु बनेका छन् । सहयोगदाताले मन्दिरको लागि रकम दिएपनि, आश्रमको मर्मतमा सहयोग नपाएको राम नदीधाम देवसभा संस्था समितिका अध्यक्ष कौशित वस्नेतले बताउनुभयो ।

जीर्ण भवनमा बस्दै आएका बृद्धाहरुको स्याहार सम्भार र सरसफाईमा कसैले चासो दिएका छैनन् । बढ्दो फोहोरको कारण गर्मीयाममा माहामारी फैलिन सक्छ, समितिका अध्यक्ष कौशित बस्नेतले थप्नुभयो, जिल्ला स्थित सरोकार निकायलाई स्वास्थ्य सेवाका बारेमा पटक-पटक आग्रह गर्दा सुनुवाई भएन् ।

वर्षमा एक पटक जिल्लाका ठूला भनिने आउंछन् । प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी तर्फ संकेत गर्दै आश्रममा बस्दै आएका बृद्धाहरुले भने, सहयोग गर्न आउनेहरुले एक/एक थान कम्बल ल्याउने गरेका छन् । भवन चुहिने छ, बस्न सकिदैन भनेर गुनासो सुनाउंदा सुनुवाई नभएको समेत बृद्धाहरुले गुनासो गरे ।

आश्रममा बस्दै आएका ३५ बृद्धाहरुलाई खानपानको समेत समस्या बढ्दै गएको छ । बृद्धाहरुको सामुहिक प्रयासमा धागोको बत्ति कातेर जीवन गुजारा गर्दै आएका थिए । पछिल्ला दिनमा बत्तिको विक्रि वितरण समेत हृवात्तै घटेको छ ।

घरबाट सहयोग आउला भन्नु छैन । पुजाआजामा प्रयोग हुने धागोको बत्ति विक्री हुन छोड्यो । छाङ्छाङ्दी-२, गैराथोक घर भएकी भिमादेवि अर्यालका अनुसार – कातेर विक्री नभएको बत्तिमात्र ५० लाख छ, बत्ति विक्री भएर आम्दानी नभएको रकमले गुजारा चलेको थियो । आश्रमलाई नियमित सहयोग गर्ने सरकारी तथा गैरसरकारी संस्थाको अभाव छ । वर्तमान सरकारले देशका ५ वटै विकास क्षेत्रमा बृद्धाआश्रम बनाउने योजना अगाडि सारेपछि स्थानिय समाजसेवीहरु राम्दी क्षेत्रलाई बृद्धाआश्रम बनाउन लागेका छन् ।

वालिङ्-१, भकुण्डेमा रहेको शिव पार्वती मन्दिर विकास समितिले आश्रमलाई बृद्धाआश्रममा परिणत गर्ने प्रयास गरेको छ । वालिङ्का स्थानियवासी अनन्त गैरेले भन्नुभयो, राम्दी पश्चिमाञ्चल क्षेत्रको पायक पर्ने स्थान भएका कारणले पनि बृद्धाआश्रम बनाउन उचित छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 7, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: