RSS

नाइजेरियामा अकारण नरसंहार

07 Aug

– तारा न्यौपाने

संघीय राज्य नाइजेरियामा गत साता एकाएक भिडन्त  मच्चियो । भिडन्तमा विद्रोही तथा सुरक्षा अधिकारीहरू दुवैतर्फ ठूलो मात्रामा हताहती भयो । उक्त घटनामा झन्डै दुई सय मानिसहरूको अकालमा ज्यान गएको छ । नाइजेरियाको उत्तर भागमा रहेको दाबी योरिष्ट्रम प्रहरी चौकीभित्रै राज्यको मैडुगुरु प्रहरी चौकीमा विद्रोहीले आक्रमणको प्रयास गरेपछि भएको भिडन्तमा त्यति धेरै संख्यामा मानिसहरूको मृत्यु भएको थियो । तेलका पाइप लाइनहरूमा विभिन्न समूहले गरेको आक्रमण र डेल्टा क्षेत्रमा त विद्रोहीहरूले संगठीत रूपमै तेलमाथि अधिकार जमाउन सशस्त्र कारबाहीमा उत्रिएका विद्रोहीहरूका कारण अस्थिरता भोगिरहेको नाइजेरिया सरकारको लागि यो पछिल्लो घटना अनपेक्षित थियो ।

नाइजेरियामा संविधानसभाले सन् १९९५ मा निर्माण गरेको संविधानले तेल खानीमा केन्द्रीय सरकारको अग्राधिकार कायम गर्न गरेको निर्णयको विरुद्ध डेल्टा क्षेत्रमा डेल्टा मुक्ति मोर्चा नामक संगठनको नाममा सशस्त्र संघर्ष नै चल्दै आएको छ । केन्द्रीय सरकारले विद्रोहीहरूबाट हतियार फिर्ता लिनका लागि रकम दिएर हतियार लिने अभियान नै विगतमा जारी गरेको थियो । नगद लिएर हतियार दिने र आत्मसमर्पण गर्नेको संख्या झन्डै २३ सय पुगिसकेको छ। तर पनि तेलको भण्डार मानिने डेल्टा क्षेत्रमा आन्दोलन रोकिएको छैन। यस पटक भने विद्रोही नेतादेखि कार्यकर्तालाई माफी दिने र हतियार लिने कार्यक्रम सरकारले अभियानको रूपमा सञ्चालन गरेको छ ।

नाइजेरियामा तेलका पाइपमा आक्रमण गर्ने, पाइप लाइनमा काम गर्ने विदेशीहरूलाई आक्रमण गर्ने फिरौती लिने संगठित तर गैर राजनीतिक समूह धेरै छन् । यही कारणले गर्दा पनि तेल निर्यातबाट नाइजेरियाले पाउनु पर्ने लाभ पाउन सकेको छैन । तेल निर्यात गर्ने राष्ट्र भएर पनि आम गरिबीमा नाइजेरियनहरू बस्न बाध्य छन् । गरिबीको कारणले गर्दा अस्थिरता, अराजकताको सामना नाइजेरियाले गर्दै आएको छ । तर हालै २ सय जनाको ज्यान जाने गरी घटेको घटना भने तेलसंग सम्बन्धित छैन । खोजी गर्दै जांदा घटनाको पछाडि यति ठूलो कारण पनि देखिदैन । करिब २ करोड जनासंख्या नाइजेरियामा रहेको छ ।

जनसंख्या मध्येमा आधाजसो मस्लिम धर्मावलम्बी छन् भने त्यति नै संख्यामा क्रिश्चियन धर्मावलम्बी रहेका छन् । उत्तरी भू-भागमा मुस्लिम धर्मावलम्बीको बाहुल्यता रहेको छ भने दक्षिण क्षेत्रमा क्रिश्चियनहरू अधिक मात्रामा बस्ने गर्छन् । गरिबी र विपन्न अवस्थामा रहनु परेता पनि यी दुई धार्मिक समुदायबीचमा अरु देशमा जस्तो धार्मिक एवं साम्प्रदायिक हिंसा अहिलेसम्म नाइजेरियामा भएको छैन । एक अर्काको धर्मलाई नकार्ने र आफ्नो धर्म प्रचार गर्ने काममा नाइजेरियनहरू लागेका छैनन् । त्यसो हुंदाहुंदै पनि मुस्लिम बाहुल्य भू-भागमा बसोबास गर्नेहरूले आफ्नो राज्यमा सारिया मुस्लिम कानुन लागू हुनुपर्ने माग गर्दै आएका छन् । त्यहांका सबै काम सारिया कानुन अन्तर्गत हुनुपर्ने जिकिर उनीहरूको छ ।

सारिया कानुन लागू हुनुपर्ने माग गर्दै आएका भू-भागका विद्यालयमा पश्चिमा देशहरूको पाठ्यक्रम अनुसार विद्यालयमा पढाइ हुने घोषणा सरकारले गर्‍यो । पश्चिमी मुलुकको जस्तो पाठ्यक्रम अनुसार विद्यालयमा पढाइ घोषणाको विरुद्ध जनता प्रतिकारमा एकाएक उत्रिए । प्रतिकारको क्रममा प्रहरी चौकीमाथि आक्रमण गर्दा त्यति ठूलो मानवीय क्षति हुन पुग्यो ।

विद्यालयमा पढाइने पाठ्यपुस्तकको विषयलाई लिएर त्यति ठूलो मानवीय क्षति हुनुलाई कुनै कोणबाट उचित ठम्याउन सकिन्न । पाठ्यपुस्तकमा चित्त नबुझेको खण्डमा यसको प्रतिवाद गर्ने कैयन उपाय विद्यमान हुंदाहुंदै सरकारसंग हिंस्रक भिडन्तमा उत्रनुलाई अर्थतन्त्रको अभावको रूममा लिनैपर्छ । नाइजेरियामा घटेको यो घटनाले धर्म अफिम हो यसले मानिसलाई जे पनि गराउंछ भने कार्ल मार्क्सको प्रसिद्ध उक्तिलाई पुनर्पुष्टि गरेको छ ।  

mahimanews@gmail.com

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 7, 2009 in BLOG

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: