RSS

आयातित कपडाका कारण परम्परागत राडी बख्खु लोप हुदै

09 Aug

विनोद ढकाल / रेडियो गोरखा

परम्परागत प्रविधि र आयातित कपडाहरुका कारण गोरखाको वारपाकमा परम्परागत रुपमा बुनिंदै आएको राडी पाखी र बख्खु लोप हुन थालेको छ । पहिले हरेक घरमा राडी र बख्खु बुन्ने गरिएपनि हिजोआज बजारमा पाइने कपडाहरुले गाउंमै उत्पादन हुने कपडाहरुलाई विस्थापित गरेको छ ।

पहिले वारपाक गाविसको सबै गाउंका सबैजसो घरहरुमा राडी र बख्खु बुन्ने तान भएपनि हिजोआज त्यस्ता तानहरु विरलै देख्न पाइन्छ । परम्परागत तानमा बुन्दा एउटै राडी र बख्खु बुन्न ३/४ दिन लाग्ने र उन तयार गर्न समेत समय लाग्ने भएकाले बुन्नेहरुले पनि थोरै मात्र बुन्ने गरेका छन् । त्यस्ता समाग्रीहरु  आजभोली आफन्तलाई कोशेलीका रुपमा पठाउनका लागि मात्र बुन्ने गरिएको वारपाककी टिला घलेले बताउनुभयो । भेडाको उनबाट घरमै बनाइने राडी र बख्खु बुन्न भन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले यो पेशा विस्तारै लोप हुदै गएको स्थानिय दुर्गा बहादुर घलेले बताउनुभयो । गाउंमा आधुनिक प्रविधिको विकास नहुदा गाउंलेहरु भन्झट मानि राडी र बख्खु बुन्नै छाडेका छन् ।

पुराना पुस्ताले गाउंमै बुनिएको कपडाहरु प्रयोग गर्दै आएपनि नयां पुस्ताले प्रयोग नगर्ने र पेशा संरक्षणमा पनि चासो नदेखाउदा कालान्तरमा उनका कपडाहरु देख्न नपाइने उहांले गुनासो गर्नुभयो । भेडाको उन काटेर राडी र बख्खुका लागि तयारी गर्न लामो समय लाग्ने र बुन्न पनि समय लाग्ने भएकाले गाउंलेहरुमा पेशाप्रतिको मोह नै हराइसकेको छ । बजारमा पाइने कपडाले पुराना कपडालाई विस्थापित गर्न थालेपछि स्थानियवासीले परम्परागत तानमा कपडा बुन्न छाडिसकेको छन् । परम्परागत पेशा लोप हुन लाग्दा पनि पेशा जगेर्नामा भने कतैवाट चासो देखाईएको छैन ।

 गांउमै उच्च मावि खुलेपछि …….

गोरखाको वारपाक गाउं विकास समितिको हिमालय उच्च माध्यामिक विद्यालयले यस वर्षेदेखि कक्षा ११ को पढाइ सुरु गरेपछि लामो समयदेखि उच्च शिक्षाबाट वञ्चित विद्यार्थीहरुले पढ्न पाएका छन् । विद्यालयले शिक्षा शास्त्र संकायमा यस शैक्षिक शत्रदेखि पठनपाठन सुरु गरेपछि एसएलसी उतीर्ण भएर उच्चशिक्षा अध्ययन गर्न नपाएकाहरुलाई सजिलो भएको छ ।

विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ३७ जना मध्ये २० जना अघिल्ला वर्ष नै प्रवेशिका उत्तीर्ण भएकाहरु रहेका विद्यालयका प्राचार्य सुरेन्द्रराज थपलियाले जानकारी दिनुभएको छ । गाउंमै उच्च शिक्षा अध्यापन हुन थालेपछि विभिन्न कारणले उच्च शिक्षाका लागि गाउं बाहिर जान नसक्नेहरुले पढ्न पाएको विद्यालयले जनाएको छ ।

विद्यालयले उच्च शिक्षा अध्यापन गराउन थालेपछि वारपाक, लाप्राक र घ्याच्चोक गाविसका विद्यार्थीहरुलाई सुविधा भएको छ । उच्च शिक्षा अध्यापन गराउन थालेपछि विद्यालयका शिक्षक शिक्षिका समेत सोही विद्यालयमा पढ्न आएका छन् । पढाइका लागि गाउं बाहिर जान नसकेपनि गाउंमा पढ्न पाएकोले उच्च शिक्षा हासिल गर्ने धोको पुरा भएको विद्यार्थीहरुले बताएका छन् ।

यस वर्ष कक्षा ११ मा २५ जना छात्राहरु रहेका छन् । उच्च शिक्षाको अध्यापन गराउन थालेपछि विद्यालयबाट प्रवेशिका उत्तीर्ण सबै छात्राहरुले सोही विद्यालयमानै भर्ना गरेका छन् । छात्रहरु र राम्रो अंक ल्याउनेहरु भने गाउं बाहिर गएका छन् । गाउं बाहिर जानेहरुले प्रायः ब्यवस्थापन संकाय अध्ययन गर्ने गरेकाले आगामी वर्ष ब्यवस्थापन संकाय सञ्चालन गरी गाउं बाहिर जानेहरुलाई रोक्ने प्रयास गरिने प्राचार्य थपलियाले बताउनुभयो । 

लामो समयदेखि उच्च शिक्षा पढ्नबाट बञ्चित विद्यार्थीहरुलाई सुविधा पुगोस् भनेर विद्यालयले पर्याप्त श्रोत साधन नहुदा पनि उच्च माध्यामिक तह सञ्चालन गरेको उहांले दावी गर्नुभयो । विद्यालयमा भवन र आर्थिक अभावका वावजुद पनि उच्च मावि सञ्चालनमा कठिनाइ भएको प्राचार्य थपलियाको भनाई छ ।

उत्तरी विकट क्षेत्रमा उच्च मावि तह सञ्चालन गरेको सो विद्यालयले आफुहरुलाई संबन्धित निकायले बेवास्ता गर्ने गरेको गुनासो गरेको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 9, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: