RSS

औषधिको बोतलभित्र कमिला

09 Aug

बांके

ओफलोक्सिन औषधिको बोतलभित्र कमिला भेटिएपछि औषधि व्यवस्था विभागले त्यसको छानबिन तथा अनुसन्धान गर्ने भएको छ । नेपालगञ्जस्थित औषधि व्यवस्था विभागको क्षेत्रीय कार्यालयका प्रमुख निनु श्रेष्ठले विरगन्जमा रहेको विभागको अनुसन्धान टोलीले छिट्टै अनुसन्धान थाल्ने जानकारी दिएका छन् । स्थानीय एक औषधि पसलमा उक्त औषधि किन्न जांदा बाहिरको डिब्बा खोलेर हेरेपछि अक्टोबर २००८ मा सिलबन्दी गरिएको व्याच नम्बर ओएफ १ एस ८०२ लेखिएका ओफलोक्सीन औषधिको बोतलभित्र कमिला भेटिएको थियो । क्षेत्रीय प्रमुख श्रेष्ठले भनिन्, ‘हामीले उक्त औषधि कहां छ भनेर जांच गरिरहेका छौं । यहां विज्ञ नभएकाले विभागबाट नै त्यसको अनुसन्धान गरिनेछ र टोली छिटै विरगञ्जस्थित औषधि कम्पनीमा जानेछ ।’ उनले मानव स्वास्थ्यलाई ख्यालै नगरी जीडी फर्माले उत्पादन गरेको ओफलोक्सिन औषधिको बोतलभित्र कमिला भेटिएकाले गम्भीर रूपमा अनुसन्धान गरिने जानकारी दिइन् । जीडी फर्मा औषधि कम्पनी राकेश चाचनले सञ्चालन गरेका हुन् ।

उनले यस्ता औषधि सेवनबाट बिरामीको मृत्यु भएमा कम्पनी सञ्चालकलाई जन्म कैद र जरिवाना हुने, बिरामीको शरीर अंगभंग भएमा १० वर्ष जेल सजाए र जरिवाना, औषधिभित्र विभिन्न फोहर पाइएमा औषधि उत्पादक कम्पनीको लाइसेन्स नै खारेज हुन सक्ने व्यवस्था रहेको बताइन् । नेपालगञ्ज रहेका अधिकृत बिक्रेता त्रिशक्ति र अभिषेक फर्मास्युटिकले बिक्री गरेको औषधि बजारमा सकिसकेको र अभिषेक फर्मास्युटिकले बिक्री गरेको ओफलोक्सिन नेपालगञ्जका श्री मेडिकल, प्रतिष्ठा र प्रिनसी मेडिकलमा फेला परेको बताइन् । उनले ती औषधि बिक्री वितरण नगर्न निर्देशन दिइसकेको र जांच गरी सिल गरिने जानकारी दिइन् । यता ओफलोक्सिन औषधि उत्पादक कम्पनी जीडी फर्माले सो व्याच नम्बरका उत्पादित आफ्ना सबै औषधि फिर्ता मगाएकोले बोतलभित्र कमिला तथा फोहर रहेका औषधिको प्रमाण नष्ट हुने खतरा बढेर गएको छ ।

क्षेत्रीय कार्यालयले ओफलोक्सिन औषधि उत्पादक कम्पनी जीडी फर्माले मुलुकभर रहेका औषधि फिर्ता मगाएको जनकारी आफूले पाएको बताइन् । क्षेत्रीय प्रमुख श्रेष्ठले बिरामीको हातमा औषधि नपुगोस् भनेर जीडी फर्मा कम्पनीका विभिन्न डिलरहरू र सबै औषधि पसलमा ओफलोक्सिनका मार्केटिङ म्यानेजर हेमकुमार झाले सबै औषधि डिलरमार्फत् फिर्ता मगाएको जानकारी श्रेष्ठलाई दिएको थिए । चिकित्सकका अनुसार, कमिला भेटिएको ओफलोक्सिननामक एन्टिबायटिक औषधि छाती पेट र मुत्रथैलीको संक्रमणमा बच्चालाई खुवाउने गरिन्छ । चिकित्सकले औषधिको बोतलभित्र यस्ता विभिन्न कमिला, फोहर बस्तु भेटिनु उक्त औषधिका उत्पादक कम्पनीको गम्भीर लापरवाही भएको बताएका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 9, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: