RSS

देशलाई अनिर्णयको वन्दि नबनाउ

09 Aug

मंगल शर्मा

नागरिक सर्वोच्चताको बारेमा संसद्मा प्रतिपक्षको रूपमा रहेको एकीकृत माओवादीले उठाएको बहसलाई सत्ता पक्षले एक महिनाको समय मागी भएको सहमति अनुरूप बजेट अधिवेशनमा राष्ट्रपतिको सम्बोधन अर्थमन्त्रीको बजेट भाषणले संसदीय परम्पराको विंडो थाम्यो । आन्दोलनरत प्रतिपक्षले सरकारलाई बाटो खोलिदिएको यो एक महिना दुबै पक्षबीच आपसी छलफल, वार्ता आदि विविध माध्यमले बढिरहेको दूरीलाई घटाउन पर्नेमा यो निर्धारित अवधिमा सरकार पक्षबाट त्यस्तो भएको देखिएन, सुनियन ।

सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति पछि सत्ता पक्षका नेताहरूले माओवादी पार्टी प्रतिको दृष्टिकोणमा आयका विविध कोणका अभिव्यक्ति र अझ एउटै नेताले एकै दिनका भिन्न कार्यक्रममा फरक दृष्टिकोण प्रस्तुत र रक्षा मन्त्रीका क्रियाकलाप र जर्नेलको पदावधी थप जस्ता क्रियाकलाप हेर्दा १२ बुंदे शान्ति सम्झौताको औचित्य समाप्त भइसकेको र वर्तमान सत्तासिन २२ दलका स्वार्थपूर्ण अभिव्यक्ति एवं रवैयाहरू विश्लेषण गर्दा यो देश निकट भविष्यमा पुरानै द्वन्द्वमात्र र्फकने हो कि भनी सोच्नुपर्ने प्रशस्त आधारहरू देखिन थालेका छन् ।

सत्ता स्वार्थको घिनलाग्दो खेलमा राष्ट्रभन्दा व्यक्ति वा पार्टीलाई प्रधानता दिनु र सधैं सत्ताको झिना झम्टीमा लागि रहनुले राष्ट्रले अग्रगति लेलाकी भनी सोच्नु- के हो मैना के हो भन्ने जस्तै भएको छ । अहिलेका २२ दलको गच्छेअनुसारको हैसियत भएपनि आफूलाई राजनीतिका माहिर खेलाडी गनिनेहरूले कांग्रेस र एमालेलाई कस्तो सल्लाह देलान अड्कल गर्न सकिन्छ ।

नेपाल एकीकरण गर्नु पूर्व नेपालमा बाइसे र चौविसे राज्यहरू थिए । आ-आफ्नो राज्यमा त्यहांका राजा रजौटाको आ-आफ्नै महत्व थियो । एकीकरण पछि पनि राज्य पतन भइसक्दा समेत त्यस्ता रजौटाहरूले आफ्नो पहिचान बचाइराख्न अनेक प्रयत्न गरे पनि अन्तत राज्य रजौटाहरू पलायन हुनै पर्‍यो । २२ दले रजौटाहरूको विगततर्फ हेर्दा इतिहासको कालखण्डका प्रायः धेरै कलंकित भइसकेका र किनारा समेत लगाइसकेकाहरू पतन उन्मुख रजौटा सरह आफ्नो भूमिका लिन उद्दत देखिए पनि इतिहासले जुनसुकै रजौटा मानसिकतालाई पराजित गरिराख्ने छ । यस्ता जनाधार बिनाका भुरे टाकुरेहरू जनताका नाममा जनतालाई नै छक्याउंदै र अग्रगमनका हिमायतीहरूलाई जिस्क्याउंदै रहेको वर्तमान अवस्थामा गणतान्त्रिक नेपालको प्रगतिशील संविधान बन्न नदिने विभिन्न षडयन्त्र गरिरहेको आभाष पाउन थालिएको छ ।

जम्बो मन्त्रिमण्डलको निर्माण एवं मन्त्रालयको संख्या बढाउने क्षणिक लाभले पार्ने दीर्घकालीन असर र पुख्र्योली सम्पत्ति बांडे जसरी भागवण्डामा रमाएका सरकारका सहभागी दलहरू संविधान निर्माण बारेमा त्यति उत्सुक भएको देखिंदैन । संविधान निर्माणको लागि खाली रहेको अध्यक्षमा समेत सरकार सञ्चालनको वास्तविक हकदार माओवादीलाई पन्छाउन अनेक षडयन्त्र र अपमानित गर्दै चौतर्फी नकाबन्दी गरिनुले ज्ञानेन्द्र शाही प्रवृत्तिको पुनरावृत्ति मात्र हैन संविधान बन्न नदिने षडयन्त्रको एउटा श्रृखला हो । सबैलाई थाहा छ कि माओवादीले नचाहेमा कुनै पनि हालतमा संविधान बन्नै सक्दैन । २२ दलको सभासद संख्या र माओवादी एउटैको सदस्य संख्यामा खासै ठूलो अन्तर छैन । शान्ति सम्झौतामा आधारित यो राजनैतिक यात्रामा सबैभन्दा ठूलो दललाई एक्ल्याउने प्रयत्नले वर्तमान मन्त्रिमण्डलका केही सदस्यलाई कमाउने धन्दा भएपनि कालान्तरमा यस्ता नकारात्मक सोचले एक दिन न एक दिन युद्धमा होमिनुबाहेक अर्को विकल्प नै रहंदैन ।

नेपाली समाजको रूपान्तरणको प्रत्येक मोडमा अग्रगमनतर्फ जान नदिने सामन्तवादलाई जोगाई राख्ने र जनतालाई त्यही समाजवादको हाउगुजी देखाएर आफ्ना पछि लगाइ राख्ने तथा जसजति आफूले अपजस जति सामन्तवादलाई विदा दिइसकेको अवस्थामा समेत यथास्थितिमा रमाउनेहरू नयां र प्रगतिशील परिवर्तनलाई कसरी हुन्छ छेकवार गर्ने खेलभित्र संविधान बन्न नदिन विभिन्न हत्कण्डा अपनाउंदै छन् । यिनै हत्कण्डा मध्येको एउटा प्रयोग भारतीय सैनिक सहयोगको प्रसंगलाई लिन सकिन्छ । पश्चिम नेपालमा औषधि नपाएर मानिसहरू धमाधम मरिरहेकै बेला कुन युद्धको लागि अहिले भारतीय सहयोग आवश्यक पर्न गर्‍यो ? गोली बारुद भित्र्याउने भूत किन सवार भयो ? यो वेमौसमको बाजा किन बजाइंदै छ ? यस्ता पक्ष प्रश्नले जोसुकैलाई पनि जिज्ञासा उठ्नु स्वभाविकै हो ।

विगतका केन्दि्रकृत शासकीय सोचले पश्चिम नेपाल धेरै कुरामा पछाडि छ । सुरुमा भुरे टाकुरेहरूले त्यहांका जनताको शोषण गरे । एकीकरण र विभिन्न राजनैतिक परिवर्तन पश्चात त्यहांका रैथानेहरू क्रमश पहिलाभन्दा रोग, भोक, शोकले आक्रान्त बन्दै गए । त्यस क्षेत्रका तत्कालीन जुम्ला, दुल्लु, डोटी, जाजरकोट, सल्यान राज्यले बेला मौकामा केन्द्रलाई नहल्लाएको, नतर्साएको होइन तर पछि केन्द्रीयसत्ताबाटै ढकिंदै हेपिदै जांदा त्यहांका रैथानेहरू शिक्षा, स्वास्थ्यबाट पछिमा परेनन त्यहांको वैभवशाली संयन्त्र पनि ध्वस्त हुन र अरुनिर्भर हुन पुग्यो । अहिले त्यही क्षेत्र झाडा पखालाको रोगले मर्माहत भएको छ । रोगको साथ साथै भोक उचित शिक्षा पनि त्यहांको पर्यायवाची समस्या हो । यस्तै विविध शोषणले होला माओवादी जनयुद्धको सुरुवात र महत्वपूर्ण भूमिका निर्वाह पनि त्यसक्षेत्रबाट भएको थियो । अझै पनि सरकारले कानमा तेल हालेर औषधि र खाद्यान्नको सट्टा गोली बारुद किन्ने कार्य गर्‍यो भने गणतन्त्रको स्थायीत्व र जनताको संविधानको लागि त्यही क्षेत्रबाट अर्को लडाइं पनि हुनसक्छ ।

साउथब्लकको बलबुताले गठन भएको वर्तमान सरकार हरूवा वा जनताले नपत्याई पराजित भएकाहरूको बाहुल्यता रहेर नेपाली जनतालाई क्याङग्म गरिरहंदा नागरिक सर्वोच्चता यसरी गौण हुंदै जाने छ र रुक्माङ्गत प्रवृत्तिको विकास हुंदै जांदा जनताका प्रतिनिधि यसरी नै निरीह बन्दै जांदा कठपुतली सरकारको स्थापना या सैनिक सर्वोच्चताको विरोधी सरकारको पतन हुने श्रृखंलाहरू पनि बढिरहने छ । या नागरिक सर्वोच्चता र सैनिक सर्वोच्चताको बीचको द्वन्द्व भइरहंदा अन्यथा नमान्ने परिस्थिति सृजना भइरहने देखिन्छ । अथवा जनताका प्रतिनिधि बुख्यांचामा परिवर्तन हुंदै जानेछन् । त्यसैले जुंगाको लडाइ गर्ने होइन भने नागरिक सर्वोच्चतासम्बन्धी सदनमा प्रस्तुत हुने संकल्प प्रस्तावलाई बिना संकोच सदनमा प्रवेश गराउंदा केही बितिहाल्ने देखिंदैन । जुन कार्यले राष्ट्रपतिको सीमा पनि निर्धारण हुनेछ । जसबाट स्थायी शान्तिको लागि सत्तापक्षलाई पनि कुनै नैतिक संकट पर्ने देखिदैन । किनभने नैतिक संकट त्यसलाई पर्छ जो निश्चित नीतिबाट प्रेरित रहन्छ र त्यसलाई मार्गदर्शक बनाउंदछ । नीति र नैतिकता समाजसंग गांसिएको हुंदा …. लाई भन्दा देख्नेलाई लाज भनेझैं हरूवाहरूको बाहुल्य भएको मन्त्रिमण्डलमा २।२ स्थानबाट पराजित प्रधानमन्त्री मात्र हैन बहुमतको हिसाबले तेस्रो शक्तिको रूपमा रहेको एमालेले सरकार चलाउनु आश्चर्य हुंदा हुंदै गठन भएको वर्तमान सरकारले बिना रोकटोक, विना हिचकिचाहट नागरिक सर्वोच्चता सम्बन्धी बहस सदनमा प्रवेश गराइ छलफल गरिनु बाहेक अर्को विकल्प छैन ।

 
१ टिप्पणी

Posted by on अगस्ट 9, 2009 in BLOG, GUEST

 

One response to “देशलाई अनिर्णयको वन्दि नबनाउ

  1. नीता पाठक, चितवन

    अगस्ट 10, 2009 at 11:11 बिहान

    Aandolan ta garne tara Khoi ta maoist sanga aandolan ko prasta khaka nai chhaina ani kasari hunchha ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: