RSS

वनेरी प्रथाका कारण लोपोन्मुख चेपाङ जाति मर्कामा

09 Aug

विनोद ढकाल / रेडियो गोरखा

पहाडी जिल्ला लमजुङमा लोपोन्मुख जातिको रुपमा रहेको चेपाङ समुदायका परिवारहरु विहान र वेलुकाको छाक टार्नकै लागि दिनभर अर्काको घांस काट्न बाध्य छन् । पूर्वी लमजुङको चिती गाउं विकास समिति-६, बरवोटफांटमा रहेका चेपाङहरुका लागी आफ्नो जीवन गुजार्न साहुको घरमा गएर दिनभरी घांस काट्नुको अर्को विकल्पपनि छैन ।

आफ्नो जीवन गुजार्न साहुकोमा गएर साधै घांस काट्ने परम्परालाई ‘बनेरी’ प्रथा भनिन्छ । कमाएर खाने जग्गा जमिन, नोकरी, तथा आयआर्जन गर्ने कुनै पनि माध्यम नभएका कारण चेपाङहरु ‘बनेरी’ बस्न बाध्य भएका हुन् । बाबुबाजेको पालादेखि सहुकोमा ‘बनेरी’ बस्दै आएका चेपाङहरुको विशेषगरि तीन महिनाको समय छ । असारमसान्तदेखि शुरु हुने ‘बनेरी’ परम्परा असोज मसान्तमा सकिन्छ । त्यो बाहेकका दिनमा उनीहरु साहुकोमा नै हली बनेर काम गर्छन् । ‘साहुकोमा ‘बनेरी’ वस्दा दिनमा दुईदेखि चारपटकसम्म घांस काट्नुपर्छ’ चिती गाउं विकास समिति वडा नं. ६, बरबोटफांटका ३९ वर्षिय बलबहादुर चेपाङ भन्छन, ‘अरु वेला त जसोतसो हली गरेर पनि खाइन्छ, यो वेला जोत्ने काम नभएकाले साहुकोमा ‘बनेरी’ वस्नुपरेको हो ।’ दिनभरी घांस काटेर आफ्नो पेट पाल्नु उनको बाध्यता हो । 

आठबर्षदेखि साहुकोमा ‘बनेरी’ बस्दै आएका वलवहादुर चेपाङ चेपाङवस्तीमा सवैभन्दा वढी धनी ब्यक्ति हुन् । उनको छोरा पनि गाउंकै अर्को साहुकोमा ‘बनेरी’ बस्ने र हली वनेका कारण उनीहरुले वर्षमा केही न केही अन्न घरमा भित्र्याउंछन् । जग्गा जमिन केही नभएका कारण वलवहादुरको परिवर साहुले दिएको वारीमा झुपडी वनाई वसेका छन् । साहुले हली बन्दा अलिअलि अन्न दिएपनि ‘बनेरी’ वस्दा केही नदिएकाले उनीहरु ज्यादै मर्कमा परेका छन् ।

पुख्र्यौली पेशा कन्दमुल खोजेर खाने लमजुङका चेपाङहरुको अवस्था ज्यादै दयनीय रहेको छ । ‘महिनाभरि साहुकोमा ‘बनेरी’ वसेर कसरी जीवन गुजार्ने’ साहुकोमा ‘बनेरी’ बसेका स्थानीय सोम वहादुर चेपाङ भन्छन्-‘आफूले पाउने खाना परिवारलाई दिनुपर्दा कहिले त भोकभोकै पनि वस्नु पर्छ ।’ थप खाना पाउनका लागि ‘बनेरी’ बसेको घरमा भांडापनि माझ्नुपर्ने सोमबहादुर चेपाङ वताउंछन् ।

उनीहरुमात्रै होईन, लमजुङका प्रायः चेपाङहरु साहुकोमा ‘बनेरी’ बस्न बाध्य छन् । ‘बनेरी’ वस्ने घरका साहुहरुले पनि उनीहरुलाई दिनु सम्मको दुःख दिएका छन् । ‘चेपाङहरू स्वतन्त्रता चाहन्छन्, यो चलन चेपाङहरुलाई मन परेको छैन’ नेपाल चेपाङ संघ लमजुङका अध्यक्ष जुनमाया चेपाङ भन्छन्, ‘वर्षौंदेखिको यो परम्परा अन्त हुनुपर्छ ।’

लमजुङमा लोपोन्मुख चेपाङ जातिको चिती गाविस-६, बरवोटफांटमा आठ र हिलेटक्सार गाविसको भिरकुनामा चार गरि १२ घर छन् । चेपाङहरुको वस्ती पहिला भीरकुनामा थियो । जग्गा जमिन केही नभएका कारण त्यहांवाट उनीहरु करीव ४५ वर्ष पहिले बरवोटफांटमा वसाई सरेका हुन् । लमजुङमा चेपाङहरुको जनसंख्या ६० को हाराहारीमा रहेको छ ।

लमजुङमा पिछडिएका वर्ग, दलित, जनजातिहरुको लागि भनि थुप्रै सरकारी तथा गैरसरकारी निकायहरुले काम गर्दै आएकाछन् । तर, ती संघसंस्थाहरु चेपाङवस्तीमा पुग्न सकेको छैन । रुढीवादी परम्परावाट ग्रसित लमजुङका चेपाङ समुदायहरुको जीवन शैली अन्य समुदायको भन्दा भिन्नै रहेको छ । उनीहरुको जीवनशैली उकास्नका लागि सरकारले पनि पहल गर्न जरुरी देखिएको छ ।  

 

नयां संविधानमा स्तनपान संवन्धि ब्यवस्था माग

लमजुङका सरकारी तथा गैरसरकारी निकायमा कार्यरत महिलाहरुले नयां संविधानमा स्तनपान संवन्धि ब्यवस्था समेट्न आग्रह गरेका छन् ।

समयमा र प्राकृतिक तरीकाले स्तनपान नगराउंदा आमा र शिशुको अकालमै ज्यान जाने खतरा बढेकाले नयां बन्ने संविधानमा मातृशिशु स्वास्थ्यको संरक्षणको ब्यवस्था गर्न माग गरेका हुन् । सदरमुकाम वेसीशहरमा अन्तराष्ट्रिय स्तनपान सप्ताह २००९ को अवसरमा आयोजित अन्तक्रिर्या कार्यक्रममा उनीहरुले हरेक सरकारी तथा गैरसरकारी कार्यालयले सुत्केरी महिलालाई उचित विदा दिनुपर्ने, कार्यालयमा स्तनपान गराउनका लागि छुट्टै कोठाको ब्यवस्था गर्नुपर्नेर्, साथै सुत्केरी भएदेखिको दुईवर्षसम्मको खर्च सरकारले उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

‘जन्मेको १ घण्टाभित्र र ६ महिनासम्म आमाको दुध मात्र खुवाऔ, आफ्नो  शिशुलाई चनाखो र बुद्धिमान बनाऔ’ भन्ने नाराका साथ मनाइएको स्तनपान सप्ताहको अन्तिम दिन आयोजित उक्त कार्यक्रममा महिला विकास कार्यालयका महिला विकास अधिकृत कल्पना बस्यालले स्तनपानका लागि महिलाको मात्र नभएर पुरुषको पनि त्यतिकै भूमिका रहेको वताउनुभयो । लमजुङ जिल्ला सामुदायिक अस्पतालका नर्स ईन्चार्ज नानु पुनले ग्रामीण क्षेत्रदेखि शहरबजारसम्मका जुनसुकै क्षेत्रमा पनि महिलाहरुलाई स्तनपानका लागि सहज वातावरण बनाउनुपर्ने वताउनुभयो ।

कार्यक्रममा वेसीशहर आमा समूह समन्वय समितिका अध्यक्ष लक्ष्मी अधिकारी, महिला प्रहरी अलिसा आलेमगर, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख त्रिलोकचन्द्र गुरुङ, ग्रामीण सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक प्रेम भट्टराई, नेपाली कांग्रेसका अर्जुन पराजुली, वल्र्ड भीजनका मदन राना, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष किसान ‘संगीत’ नेपाली लगायतले स्तनपानको अधिकारका लागि वकालत गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा ग्रामीण सामुदायिक विकास केन्द्रका पोषण कार्यक्रम संयोजक श्रीकृष्ण घिमिरे र वल्र्ड भीजनका रामहरि अधिकारीले स्तनपानवारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

वैकल्पिक इन्धन प्रयोगका लागि हरित अभियान

दाउराको प्रयोग गरेर खाना पकाउंदा मानव स्वास्थ्यमा पर्ने असरका साथै वन तथा वातावरणमा हुने हानी नोक्सानी कम गर्न धादिङ जिल्लामा वैकल्पिक इन्धन प्रयोगका लागि हरित अभियान संचालन गरिने भएको छ ।

सामुदायिक वन संरक्षण र दिगो विकासका निम्ति काम गरिहेको राष्ट्रिय संरक्षण  तथा विकास केन्द्रले आगामी पांच वर्ष भित्रमा ६सय वटा गोवर ग्यांस प्लान्ट, सात सय ५० वटा सुधारिएको चुलोको निर्माण गर्न ग्रामीण भेगका विपन्न समुदायलाई सघाउने भएको छ । संस्थाले हरित अभियानका लागि पांच वर्ष भित्रमा तीन वटा नर्सरी मार्फत ३ लाख २० हजार विरुवा उत्पादन , २ सय हेक्टरमा वृक्षारोपण गरि प्रतिवर्ष ७५सय टन कार्वन उत्सर्जनमा कमि ल्याउन सघाउने संस्थाका कार्यक्रम संयोजक राजु आचार्यले वताउनुभएको छ ।

परिक्षणका रुपमा संचालन गर्न लागिएको कार्यक्रमका लागि धादिङ जिल्लाको नीलकण्ठ, खाल्टे, सुनौलावजार, मैदी, ढोला, नलाङ, सलाङ र जोगिमारा गाविसको २३ वटा सामुदायिक वन समुहंग मिलेर काम गर्ने आचार्यले जानकारी दिनुभयो ।

यसैक्रममा जिल्लाको नीलकण्ठ गाविसको वडा नम्वर ४ मा रहको आहालेछिरिङ सामुदायिक वन उपभोक्ता समुहका २० घर परिवारको घरमा सुधारिएको चुलो निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रिय संरक्षण  तथा विकास केन्द्रको सहयोगमा स्थानीय चुलो प्रवर्धक कृष्ण नेपालले सुधारिएको चुलो निर्माण गरिदिएको संस्थाले जनाएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 9, 2009 in HOME

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: