RSS

जनआन्दोलनबिना नयां संविधान असम्भव

10 Aug

सागर पन्त

जनताको बीचमा सबैभन्दा लोकप्रिय दल एकीकृत नेकपा माओवादीले आफ्नो बाटो बदलेको छ । यसको मतलब ऊ अब आन्दोलनमा जांदैछ । सबैभन्दा ठूलो दलको नेतृत्वको सरकारलाई हटाएर हरूवाहरूको समूहले निर्माण गरिएको वर्तमान सरकारलाई कठ्पुतली भन्नुबाहेक नेपाली जनतासंग अर्को शब्द नै छैन । नेपाली जनताबाट तिरस्कृत र भारतीय शासकहरूको माया-दया पाएर सत्तामा पुगेको एमाले अझै पनि आफूलाई कम्युनिस्ट पार्टी भन्न रुचाइरहेको छ । जोसंग कम्युनिस्टमा हुनुपर्ने कुनै गुण नै पाइंदैन । गोवर गणेश राष्ट्रपति रामवरण कार्यकारी बन्न खोज्दा मुलुकको राजनीति यो स्थितिमा आएको कुरा सर्वविदितै छ । यसलाई कसैले होइन भन्छ भने त्यो संसारमा सूर्यलाई हत्केकाले अंध्यारो पार्छ भन्नुजस्तै भ्रम हो । केही कथित बुद्धिजीवीहरू जानी-जानी दूधलाई पानी भनिरहेका छन् । त्यसो त उनीहरूलाई त्यही भन्न कसैले जागिर दिइरहेको भान हुन्छ । जनताको सांचो चाहनालाई ढाकछोप गर्ने दुस्साहस गर्नेहरूलाई जनताले इतिहासमा पहिचान गरी फल दिने नै छन् । समयको प्रवाहलाई कसैले चाहेर पनि रोक्न सक्दैन । सत्यको जीवत अवश्यम्भावी छ । अहिलेको राजनीतिक लडाइं भनेको नागरिक सर्वोच्चता कि सैन्य सर्वोच्चता भन्ने नै हो । आफूलाई जनताको असली प्रतिनिधि भन्न रुचाउने केही पार्टीका नेताहरू जनतालाई रैती बनाउंदै सैन्य शक्तिलाई शाषक बनाउन खोज्दैछन् । एकीकृत नेकपा माओवादीले उठाउंदै आएको नागरिक सर्वोच्चताको आवाजलाई अन्ततः यी तेइस दलको कठ्पुतली सरकारले दबाउने निष्कर्ष निकालेर ऐतिहासिक भूल गरेको छ । नेपाली जनतामाथि ठूलो राजनीतिक घात गरेको छ । जनताको चाहना समयमै जनमुखी नयां संविधान बनोस् भन्ने हो अब त्यो सम्भव छैन । यहां देशी, विदेशी शक्तिहरूको आडमा मुलुकमा पुनः युद्ध थुपारेर नेपाली जनता मार्ने कोशिश गरिंदैछ । यसको पुष्टि रक्षा मन्त्रीले भारतसंग हतियार भिख मागेको घटनाले पुष्टि गर्दछ । नागरिक सर्वोच्चताको बारेमा संसद्मा आवाज उठाउन नदिएर एमाले, कांग्रेसले राजतन्त्रात्मक अधिनायकवादी सोचको पुनरावृत्ति गरेका छन् । आखिर, जनताको छोरो राष्ट्रपति भनिए पनि उसलाई महाशक्तिशाली निरङ्कुश बनाउनतिर कांग्रेस र एमालेका महान् लोकतन्त्रवादीहरू लागेका छन् । आलंकारिक राष्ट्रपतिलाई कार्यकारी बनाउने र देशमा राष्ट्रपतीय शाषन लागू गर्ने दुस्साहस गरिंदैछ । सैनिक बलको आधारमा नेपाली जनताको भावनामाथि प्रहार गरेर मुलुकलाई पाकिस्तानको हालतमा लैजाने प्रयास हुंदैछ ।

राष्ट्रको बारेमा संसद्मा छलफल नै गर्न नदिएर राष्ट्रपतिलाई अझ शक्तिशाली बनाउने कोसिस हुंदैछ । त्यसको विरुद्ध एकीकृत नेकपा माओवादीले देशव्यापी आन्दोलन गर्ने बताएको छ । त्यसो त आन्दोलन संसद्बाट नै सुरु भएको छ । नागरिक सर्वोच्चता स्थापित गराउन अब राष्ट्रिय जनआन्दोलनको विकल्प छैन । राष्ट्रिय जनआन्दोलनमार्फत् देशीय नवसामन्तवादी विदेशी विस्तारवादी र साम्राज्यवादी हैकम सदासदाको लागि अन्त्य हुनु जरुरी छ । त्यसको लागि सम्पूर्ण देशभक्त, स्वतन्त्रप्रेमी, गणतन्त्रवादी शक्तिहरूको एउटा संयुक्त मोर्चा बन्नुपर्छ । त्यसबाट मात्र देशलाई स्वाधीन आत्मनिर्भर र सार्वभौम सम्पन्न बनाउन सकिन्छ । राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता, स्थापित गर्ने लडाइंको अगाडि नयां संविधान बनाउने कुरा गौण हो । पहिला नागरिक सर्वोच्चता र स्वाधीनताको लडाइं अनि मात्र नयां संविधान बनाउने दिशातर्फ अग्रसर हुनुपर्छ । अबको कार्यदिशा नागरिक सर्वोच्चताको लडाइको पक्षमा हुनुपर्छ । अनि मात्र नयां संविधान जनमुखी बनाउन सकिन्छ । विगतका घटनाक्रमले एमाले, कांग्रेसहरू संविधानसभालाई निकम्मा बनाउनेतर्फ लागेको प्रस्ट हुन्छ । अब राष्ट्रिय जनआन्दोलनबिना नयां जनमुखी संविधान बन्ने दिवास्वप्ना कसैले नदेखौं ।

panta_sagar@yahoo.com

 
2 टिप्पणीहरु

Posted by on अगस्ट 10, 2009 in BLOG, GUEST

 

2 responses to “जनआन्दोलनबिना नयां संविधान असम्भव

  1. jitendra

    अगस्ट 10, 2009 at 1:39 बेलुका

    it’s true, we must start peoples movement for progressive nepal.

     
  2. संगम

    अगस्ट 10, 2009 at 5:21 बेलुका

    good

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: