RSS

नेपाली जनप्रगतिशील मञ्च, कतारको प्रेस विज्ञप्ति

11 अगस्ट

                        प्रेस विज्ञप्ति

दश वर्षे महान् जनयुद्ध र उन्नाइस दिने संयुक्त जनआन्दोलनको वलमा देशमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध विगत केही समय यता देशी तथा विदेशी प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिहरुद्वारा गम्भीर षड्यन्त्र र आक्रमण भैरहेको छ । गणतन्त्र नेपालको पहिलो जननिर्वाचित सरकारलाइ अपदस्त गरि नागरिक सर्वोच्चताको ठाडो उल्लंघन गर्दै सैनिक सर्वोच्चताको छत्रछांयामा रहनेगरि  नवगठित कठपुतली सरकारले सो कुरालाइ प्रष्ट गरेको छ । मुलतः यस सरकारको गठनसंगै मुलुकमा विकसित संविधानविरोधी र पश्चगामी हर्कतपछि देशमा गणतन्त्र र लोकतन्त्रमाथि नै गम्भीर खतरा उत्पन्न भएको छ जसले विद्यमान शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामाथि नै गम्भीर आघात पुर्‍याएको छ । यसका विरुद्ध एकिकृत नेकपा (माओवादी) लगायतका राजनीतिक दलहरु र आम जनसमुदायले सदन र सडकबाट सशक्त आवाज उठाउँदै आए पनि कुनै सुनुवाइ नभएको स्थितीमा मुलुकभित्र महँगी, अभाव, भ्रष्टाचार, झाडापखालाको प्रकोप जस्ता समस्यामात्र होइन अपहरण, हत्या, हिंसा जस्ता अराजकता समेत दिनानुदिन व्यापक रूपमा वृद्धि भइरहेका छन् भने देश राष्ट्रिय आत्मसमर्पणको दलदलमा नराम्ररी फस्दै गइरहेको छ । यस्तो स्थितिमा सम्पूर्ण देशभक्त, गणतन्त्रवादी र वामपन्थी शक्तिहरुले शान्ति, संविधान, नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय संयुक्त सरकारको निम्ति सदन र सडकवाट शशक्त आन्दोलन संचालन गर्नु अपरिहार्य भएको थियो ।
यसै परिप्रेक्ष्यमा नेपालका सम्पूर्ण देशभक्त, गणतान्त्रिक र वामपन्थी शक्तिहरु वीच वृहद् एकता कायम गरि नेपालमा जनताको संघीय गणतन्त्र स्थापना र सुदृढ गर्ने उद्देश्यकासाथ एकिकृत नेकपा (माओवादी)को पहल र नेतृत्वमा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ को निर्माण गर्ने निर्णय भएको छ । यस सराहनीय र समसामयीक कार्यको प्रशंशा गर्दै नेपाली जनप्रगतिशील मञ्च कतार यस आन्दोलनप्रति पुर्ण ऐक्यवद्धता प्रकट गर्दछ । साथै, विश्वभर छरिएर रहेका तमाम राष्ट्रभक्त तथा गणतान्त्रिक झुकाव राख्ने नेपाली जनसमुदायलाइ पनि आआफ्नो क्षेत्रवाट यस आन्दोलनप्रति सक्दो सहयोग जुटाउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
                                                                                                                                                                                    
                                                                           हरि नेपाली
                                                                           महासचिव
                                                           नेपाली जनप्रगतिशील मञ्च, कतार ।
Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: