RSS

एनेकपा माओवादी, ताम्सालीङ राज्य समितिको प्रेस विज्ञप्ती

11 Aug

                      प्रेश बिज्ञप्ति 

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले श्रावण ३२ गतेलाई दोरम्बा स्मृती दिवसको रुपमा मनाउंदै आइरहेको व्योहरा सवैमा अवगतै छ ।२०६० साल श्रावण ३२ गते तात्कालीन शाही सरकार र ने.क.पा.(माओवादी) बीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेकै बेला जनयूद्धको शान्तिपूर्ण निकास एवं संविधानसभाद्वारा राज्यको पूनरसंरचना गर्ने माओवादीको राजनीतिक ऐजेण्डाबाट त्रसित भई युद्धबिराम सम्बन्धि आचारसंहिता र मानव अधिकारका न्यूनतम मान्यताहरुलाई समेत लत्याई तात्कालिन सरकारको निर्देशनमा शाही सेनाका मेजर राममणी पोखरेलको नेतृत्व र स्थानिय सुराकीहरुको सहयोगमा रामेछाप जिल्लाको दोरम्बा गाउँका स्थानिय शिक्षक युवराज मोक्तानको घरबाट गिरफ्तार गरि तत्कालिन ने.क.पा.(माओबादी) पुर्बि क्षेत्रिय ब्यूरो सदस्य एवं रामेछाप जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ (क.पूष्प) सहित करिब २ दर्जन नेता तथा कार्यकर्ताहरुको हत्या गरिएको थियो । जुन हत्याकाण्डको प्रभाव रामेछाप जिल्लामा मात्र नभई नेपाली राजनीतिक  इतिहासमै जघन्य अपराधिक एवं पासबिक हत्याकाण्डको रुपमा अंकित भएको छ । उक्त हत्याकाण्डपछि सशस्त्र जनयुद्धलाई शान्तिवार्ता मार्फत राजनीतिक निकास दिने प्रक्रियाको अन्त्य गरि पुनःमुलुकमा सैन्य शाषनको सुरुवात गरिएको थियो । दोरम्बा हत्या काण्ड ६ वर्ष पुरा भएको दुखद घडिमा हाम्रो पार्टीका तर्फबाट उक्त काण्डमा  शहादत्त प्राप्त गर्नु भएका क.बाबुराम तामाङ (क.पुष्प), प्रदिप दोङ (क.रक्तिम), अम्विका दाहाल (क.ललिता), चतुरमान थामी, हर्क घिसिङ (क.यथार्थ), रबि चौहान (क.समीर), सानु राम तामाङ, ठुलो राम तामाङ, सोममाया थामी (क.संगीता), टेक ब. थापामगर (क.विवेक), विष्णु थापामगर (क.विमा), उमा कार्की, पदमराज गिरी, श्याम तामाङ (क.इन्ल्काप), हर्कलक्ष्मी राई (क. विमला), क.उषा, क. जमिन, क.सोनाम, युवराज मोक्तान र  लिला मोक्तान, लगायतका  महान् शहिदहरुप्रति हार्दीक  श्रद्धान्जली अर्पण गर्दै उहाँहरुका परिवार एवं आफन्तजनहरुप्रती हार्दीक समबेदना ब्यक्त गर्दै उहांहरुले बगाउनु भएको रगतको मुल्य पुरा नभइन्जेल बर्गसंघर्षमा डटिरहने प्रण गर्दछ । संबिधान सभाको निर्वाचनमार्फत ए.ने.क.पा.(माओबादी)ले अघिसारेका सबै राजनीतिक एजेण्डाहरु अनुमोदित भएका छन् । निरंकुश राजतन्त्रको अन्त्य भई मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । तरपनि शान्ति प्रक्रियालाई तार्कीक निष्कर्षमा पुर्याई नयाँ संबिधान निर्माण तथा राज्य पुनर्संरचना गर्न नदिने उदेश्य राखि बिदेशी प्रभुहरुको निर्देशनमा राष्ट्रपतिद्वारा निर्बाचित सरकार र  नागरिक सर्वोच्चताको विरुद्ध सैन्य सर्वोच्चता थोपरि शान्ति प्रक्रियालाई भंग गर्दै पुनः देशमा दोरम्बा हत्या काण्डहरुको पुनराबृत्ती गर्ने गम्भिर खतरा बढिरहेको छ ।
भबिश्यमा दोरम्बा हत्याकाण्डहरुको पुनराबृत्ती हुन नदिन, अपराधीहरुलाई कडा कानुनी कारबाही गराउँन र उक्त हत्याकाण्डमा शहादत हुनेहरुको सपना पुरा गर्न सबै देशभक्त, जनबादी, गणतन्त्रबादी र क्रन्तिकारी शक्तिहरु एक भई सशक्त जनसंर्घषमा जानु पर्ने आबश्यकता महसुस गरिएको छ । तसर्थ उक्त हत्या काण्डको दिन यही श्रावण ३२ गते हाम्रो पार्टी एकिकृत (माओबादी) ताम्सालिङ राज्य समितीले स्मृति दिबसलाई आन्दोलनकै रुपमा रामेछापको दोरम्बामा बिषेश स्मृती सभाको आयोजना गर्ने र ताम्सालिङ राज्य समिती अन्तर्गतका जिल्लाहरुमा छुट्टा/छुट्टै स्मृती सभाहरु आयोजना गर्ने निर्णय भएको छ । तसर्थ सबै पार्टी पङ्ती एवं सर्वसाधारणलाई यसै प्रेस बिज्ञप्ति मार्फत जनकारी गराउँदै स्मृति सभाहरु भब्यरुपमा सम्पन्न गर्न अनुरोध गरिन्छ ।    
 
क्रान्तिकारी अभिबादन सहित
                                                हितबहादुर तामाङ
                                                             सचिव
 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: