RSS

भारतीय विमानलाइ “एयर मार्सल” को प्रस्ताव

11 Aug

२०५६ पुस ९ मा काठमाडौंबाट नयां दिल्लीका लागि उडेको भारतीय विमान अपहरण भए यता भारतले आफ्नो विमानको सुरक्षाका लागि भन्दै जहाज नेपालबाट भारतिय भूमिमा उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफैं सुरक्षा जांच गर्दै आएको छ । यसरि भारतले नेपाली विमानस्थलमा सुरक्षा जांच भइसकेका यात्रुलाई आफ्ना जहाजका भर्‍याङमा बसेर थप सुरक्षा जांच गर्ने गरेको दश वर्ष भइसकेको छ ।

औंलो दिंदा हातै निल्ने पुरानो परम्परा अनुसार अव भारत सरकारले नेपालमा उडान र अवतरण हुने आफ्ना विमानहरूमा एयर मार्सल (हतियारसहितका सुरक्षाकर्मीको टोली) राख्न पाउनुपर्ने प्रस्ताव गरेको छ । भारतले नेपालको परराष्ट्र मन्त्रालयमार्फत् पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखी त्यस्तो प्रस्ताव गरेको हो । उसले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (इकाओ)को अभिसन्धिबमोजिम आफ्ना जहाजचालक दल र यात्रुको सुरक्षाका लागि नेपाल सरकारसंग त्यस्तो माग दावी गरेको हो । इकाओ अभिसन्धिमा जुनसुकै देशले कुनै पनि देशमा आफ्नो विमान, चालक दल तथा यात्रुको सुरक्षा र अपहरणको खतरा महसुस गरेमा हतियारसहितका सुरक्षाकर्मी राख्न माग गर्न पाउने व्यवस्था छ । तर, त्यसका लागि सम्बन्धित मुलुकको स्वीकृति अनिवार्य हुन्छ ।

नेपालमा भारतीय विमानको सुरक्षामा खतरा छ कि छैन भन्ने विश्लेषण गरी स्वीकृति दिने या नदिने अधिकार नेपाल सरकारलाई हुन्छ । पर्यटनमन्त्री शरद सिंह भण्डारीले पनि भारतबाट त्यस्तो प्रस्ताव आएको स्वीकार गरे उनका अनुसार भारतले आफ्नो विमान र यात्रुको सुरक्षा तथा अपहरणको खतराबाट जोगाउन एयर मार्सल राख्न प्रस्ताव गरेको हो । भारतलाई उसको विमानभित्र हतियारसहितका सुरक्षाकर्मी राख्न दिने / नदिने विषय गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले निर्णय दिन उसलाई पत्राचार गरिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले उल्लेख गरेको छ । भारतले दुई वर्षअघि त्यस्तो प्रस्ताव गरेको भएपनि सो प्रस्ताव त्यतिकै थाती रहेको थियो । तर अहिले कठपुतली सरकार निर्माण भए लगत्तै यो निर्णय पास गराउन भारतले तिव्र दवाव श्रृजना गराएको वुझिएको छ । उसको दबाब बढ्न थालेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्ताव गृह मन्त्रालय पठाएको हो । यद्यपी सीमा अतिक्रमणका कारण विवादीत वनेको भारतलाइ त्यस्तो अनुमति दिंदा तिव्र जनदवाव र विरोध झेल्नुपर्ने डरले भारतीय विमानभित्र हतियार सहितका सुरक्षाकर्मी राख्न दिने या नदिने भन्ने बारेमा गृह मन्त्रालय कुनै निर्णयमा पुग्न सकेको छैन । भारतीय प्रस्तावको विषय अध्ययनकै क्रममा रहेको गृहसम्बद्ध स्रोतले बतायो ।

 
4 टिप्पणीहरु

Posted by on अगस्ट 11, 2009 in NEWS

 

4 responses to “भारतीय विमानलाइ “एयर मार्सल” को प्रस्ताव

  1. Anjita

    अगस्ट 11, 2009 at 12:35 बेलुका

    Air Marshall matra haina purai maarshall nepal mai ta thupareko chha ni India le. Aba pani Nepali chup lagera base bhane singai dehh India ko hunchha. Jay Hind Bhannu parne din chhitai na aaula bhanne k chha ra?

     
  2. Vikey

    अगस्ट 12, 2009 at 1:07 बेलुका

    अव इण्डियालाइ सवै नेपालि मीलेर कोर्ट मार्शल नगरेसम्म नेपालको प्रगति हुन सक्दैन ।

     
  3. चारू घले

    अगस्ट 12, 2009 at 1:10 बेलुका

    India ko rana niti nai nepal lai kasari kabjaam rakhne bhanne ho ani hamra neta haru nai sabai lachhi chhan ani janat matra tatera k garnu ra ? ताप्के नताती विंडमात्र तातेर के गर्नु ?

     
  4. तरिका पाण्डे

    अगस्ट 12, 2009 at 1:19 बेलुका

    इकाओ अभिसन्धिमा जुनसुकै देशले कुनै पनि देशमा आफ्नो विमान, चालक दल तथा यात्रुको सुरक्षा र अपहरणको खतरा महसुस गरेमा हतियारसहितका सुरक्षाकर्मी राख्न माग गर्न पाउने व्यवस्था छ । तर, त्यसका लागि सम्बन्धित मुलुकको स्वीकृति अनिवार्य हुन्छ । Ani India le magyo bhandaima dinu parchha ta ?

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: