RSS

नेपाली जनप्रगतिशील मञ्च, यू ए ई को प्रेस विज्ञप्ति

12 Aug

                               प्रेस बक्तब्य

ऐतिहासिक जनयुद्धको पृष्ठ भुमिमा सम्पन्न जनआन्दोलन-२ को सफलताले २४० बर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्र नेपालको स्थापना भयो। संबिधानसभाको निर्वाचन २०६४ ले नेकपा माओवादीलाई प्रत्यक्षतर्फ स्पस्ट बहुमत र समानुपातिक तर्फ पनि जनताले सम्मानजनक मत दिएर संबिधानसभामा सबभन्दा ठुलोदलको रुपमा स्थापित गरी उसैको नेतृत्वमा सरकार बनाइ शान्ती प्रक्रियालाइ तार्किक निस्कर्षमा पुर्याइ जनसंबिधान बनाउने ऐतिहासिक गहन जिम्मेबारी दिएको यथार्थ छ। यस वास्तविक यथार्थलाई कथित संसदीय पार्टीहरु आफ्नो लुटको स्वर्ग बचाइराख्न जनादेश बिपरित ५ महिनासम्म बिभिन्न बहानाबाजी गरेर नयाँ जनादेश अनुसारको सरकार बन्नपाएन। जन पक्षिय शक्तिहरुबाट भएको ब्यापक जनदबाब स्वरुप हरुवापार्टीहरु सरकार छोडन त वाध्य भए तर नयाँ बनेको माओवादी नेतृत्वको सरकारमाथिको अंकुश यथाबत् रह्यो। कहीं नभएको जात्रा हांडी गाउमा भने जस्तै सत्तासाझेदार दलहरु स्वयं प्रतिपक्षी दलको भूमिकामा सदन अबरुद्ध पार्दै सरकारको नेतृत्व बिरुद्ध मोर्चाबन्दी गर्दैआएको ईतिहास साक्षी छ ।

गणतन्त्रलाई संस्थागत गर्न लोकतान्त्रिक मुल्य र मान्यताको बिकासगर्दै जानुको सट्टा मुलत एकिकृत माओवादीको नेतृत्वमा बनेको सरकारलाई असफल बनाउन देशी बिदेशी प्रतिक्रियाबादीको उक्साटमा मुलुकमा दोहोरो सत्ता र शक्तिको अभ्यास हुन गयो। तत्कालिन जननिर्बाचित सरकारले आफ्नो आदेश अबज्ञा गर्ने अराजक सेनापतिलाई दिएको अबकाश बदर गरी आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर संबिधान र कानूनको मर्म र भाबना बिपरित सोही पदमा निरन्तरता दिन दिएको राष्ट्रपतिको असंबैधानिक आदेशले नागरिक सर्बोच्चता गुम्न गई सैनिक सर्बोच्चता कायम भएको छ। त्यही सैनिक सर्बोच्चताको आधारमा बनेको बर्तमान कठ्पुतली सरकार बिगतको सहमती र सम्झौता अनुसार जानुको सट्टा जनताको जनतन्त्र र जनजिबिकाको सबाल बिपरित हतियार खरिद गरेर भयानक युद्धको तयारी गरेको छ। जनादेश बिपरित निर्वाचनमा हरुवाहरुको मन्डलीको नेतृत्वमा र बिदेशी प्रभुको ईशरामा बनेको यस् कठपुतली सरकारको निरन्तरता हुनु भनेको लुटपाट हत्या हिंसा अपहरण, महंगी, भ्रस्टाचार र बेरोजगारी हुँदै मुलुकलाई असफल र अराजक स्थिती तिर लाग्नु हो। यथास्थिती र पश्चगमनका बिरुद्ध शान्ती प्रकृयालाइ तार्किक निस्कर्षमा पुराउन संबिधान सभामा पाएको जनादेश अनुसार ठुलो पार्टीको रुपमा स्थापित एकिकृत नेकपा माओवादीको नेतृत्वमा नागरिक सर्बोच्चताको बहाली पश्चात अब बन्ने राष्ट्रिय सरकारले मात्र मुलुकको सहि नेतृत्व गरी सबै खाले समस्याको हल गर्न सक्छ। नागरिक सर्बोच्चताको स्थापनानै अहिलेको पहिलो आबश्यकता हो।

यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल एकिक्रित माओवादीसँग गत महिना भएको सहमति अनुसार एक महिना भित्र बर्तमान सरकारले नागरिक सर्बोच्चतालाई स्पस्ट सम्बोधन गर्नु पर्दथ्यो तर त्यो हुन सकेन। सरकारसँग भएको सहमती कार्यन्वयन हुन नसकेपछी शशक्त आन्दोलनको बिकल्प नभएको ठहर गर्दै पार्टीका बरिस्ठ नेता तथा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको अध्यक्षमा गठित संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितीलाई यू ए ई मा रहेका सम्पूर्ण प्रबासीहरुको तर्फबाट नेपाली जनप्रगतिशील मञ्च हार्दिक ऐक्यबद्धता जाहेर गर्दछ। साथै उक्त संयोजन समिती मार्फत हुने नागरिक सर्बोच्चताको बहाली, जनतन्त्र, जनजिबिका र राष्ट्रिय स्वाधिनताकोलागि हुने हरेक आन्दोलनमा सक्रिय सहभागी बनी यो कठ्पुतली सरकारको बिरुद्ध संघर्षको आँधीबेहरी सिर्जना गर्न स्वदेश र बिदेशमा रहेका सम्पूर्ण देशभक्त, प्रगतिशिल र गणतान्त्रिक शक्तिहरुलाई नेपाली जनप्रगतिशिल मञ्च यूएई हार्दिक अनुरोध गर्दछ।

क्रान्तिकारी अभिबादन सहित !

दुर्गादत्तपोखरेल                                                               रमेश बेल्बासे

अध्यक्ष                                                                                     महसचिब

 
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: