RSS

प्रचण्डको प्रमुख आतिथ्यमा बेलायतमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

12 Aug

अन्तर्क्रिया कार्यक्रमको एक झलकदधिराज घिमिरे, लण्डन

संयूक्त नेपाली मोर्चा यूरोप र नेपाली समाज यूकेको आयोजनामा सयौं प्रवासी नेपालीको उपस्थितीमा र एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा लन्डनमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल -प्रचण्ड)ले भन्नुभयो – विगत देखिनै नेपाली राजनीतिमा परिवर्तन भए पनि नेपाली सेनामा कुनै परिवर्तन भएन  । उहाँले  विगतमा नेपाली जनताले मतद्धारा माओवादीको नेतृत्वमा सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिएको तर नेपाली जनताको मुक्ति नचाहानेहरुले सराकार बनेको दिन देखिनै असफल बनाउन लागिपरेको बताउनु भयो । विगतमा हाम्रो सरकारको पालामा पहिलो पटक प्रवासी नेपालीहरुको लागि दोहोरो नागरिताको क्यविनेटम प्रस्ताव राखेको पनि उहाँले स्मरण गराउन भयो । उहाँले भन्नु भयो- यो ईतिहासमा पहिलो पटक भएको हो । उहाँले अगाडि भन्नु भयो- नेपाली विदेशीनुमा राज्यको दोष भएकोले प्रवासी नेपालीहरु आफ्नो देशमा र्फकदा नागरिताको ब्यवस्था हुनु पर्दछ । उहाँले यस सम्बन्धी कुरा सदनमा पारित भएको पनि बताउनु भयो । अध्यक्ष प्रचण्डले नेपालमा सैनिक कु को तयारी रहेको तर सेना भित्रबाटै कु लाई असहयोग गरेकाले सफल हुन नसकेको बताउनु भयो ।  नेता प्रचण्डले नेपाली क्रान्तिको मोडल र भावि लक्ष्यको विषयमा विदेशीहरुका लागि अंग्रेजीमा आफ्ना भनाई राख्नु भएको थियो । मनतव्यकै क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो- यदि शान्ति प्रकृयालाई पुरा गर्न दिईएन र संविधान निर्माण कार्यलाई सफल बनाउन दिईएन भने नेपाली जनताले फेरी अर्को आन्दोलनको जरुरी देख्ने बताउनु भयो । उहाँले अहिले आन्दोलनको सुरुवात भएको र यो आन्दोलनले बिशाल रुप लिने उल्लेख गर्नु भयो । संविधान सभाको जन्म माओवादीले गराएको हुँदा संविधान बन्नैपर्छ भन्ने चिन्ता पनि माओवादीलाई रहेको उहाँको भनाई थियो । उहाँले आफ्नो  देशको क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने कुरा कुनैपनि विदेशीको आदेश आफ्नो पार्टीलाई मान्य नहुने बताउनु भयो ।   

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाली समाज यूकेका संयोजक रण बहादुर केसीले गर्नु भएको थियो भने आगन्तुकलाई स्वागत नेपाली समाज यूकेका सदस्य महेन्द्र कँणेलले  गर्नु भएको थियो । कार्यक्रमको संचालन संयूक्त नेपाली मोर्चा, यूरोपका अध्यक्ष नविन सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा नेपाली समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले पनि मन्तब्य राख्नुभएको थियो । 

 
2 टिप्पणीहरु

Posted by on अगस्ट 12, 2009 in NEWS

 

2 responses to “प्रचण्डको प्रमुख आतिथ्यमा बेलायतमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

  1. sagar pd shrestha

    अगस्ट 13, 2009 at 12:11 बेलुका

    wow it;s nice

     
  2. sagar pd shrestha

    अगस्ट 13, 2009 at 12:12 बेलुका

    i mean your blog

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: