RSS

सारङ्गीको भरमा धानिएको एउटा जीवन

13 अगस्ट

जीवन हमाल/ दाङ

बाबाले सोध्लान खोई छोरा भन्लान् भर्ति भयो भन्दिनु

आमाले सोध्लीन खोई छोरा भन्लिन् रणमा पर्‍यो भन्दिनु …….. ।

 

स्वदेशमा रोजगार नपाएर विदेशी पल्टनमा भर्ति हुन बाध्य एक नेपालीको पल्टने जीवनमा आधारित यो गीत झलकमान गन्धर्वले गाएका हुन्।

यस्तै दुःख, पीडा र बेदनाका भारी बोकी हिड्ने एकजना गाईने हुन् दाङको हापुर मज्गैका हरिबहादुर गन्धर्व। ७१ वर्षको उमेरमा पनि उनीलाई छोडेको छैन सारङ्गी रेट्दै हिंडने पेशाले। यो वर्षायाममा धेरैका ढोकामा बुढो सारंगीको लयसंगै उनी गाउंदै हिड्छन्। उनको यो पेशा रहर नभई एकछाक जुटाउनुको बाध्यता हो। उनले दुःखेसो पोख्दै भने ‘हिउंद भरी जुटाएको सकियो बाबु बर्षायाममा माग्दै हिड्छु।’ भोको सारंगीको सुरमा गाउंदै जांदा उनले हालको राजनिती र शाषन व्यवस्थालाई पनि छुनपुगे र निराश भावमा भने ‘जुन व्यवस्था आए पनि यस्तै रहेछ बाबु गणतन्त्रले पनि हामीलाई केही दिएन।’

आफ्नो नाममा कत्तिपनि सम्पत्ति नभएको बताउने हरिबहादुर सरकारले आफू र आफुजस्ता गरिवलाई सरकारले केही राहत दिनुपर्ने धारणा राख्छन्।

लाहुरेको यथार्थता गीत मार्फत सुनाउंदै गर्दा उनले आइरहेको तिजको गीत पनि गाए।

फरिया लाएर किरे मिरे भएर फर्कि हेर स्वामी राजै कस्ती भएं, म ….. ।

 

कला र गलाका धनी हरिबहादुरका केशका रौंहरु सेतै फुलेपनि उनीले अरुलाई मनोरञ्जन त्यस्तै किसिमका गीतहरु सारङ्गी रेट्दै गाउनै पर्छ। अरुको लागि गाएपनि आफ्नो अनुहारमा भने खुसी र रमाइलोको कुनै आभाष छैन्। छ त केवल पीडा र बेदनामात्र।

हरिबहादुर त एक प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता दुःख र पीडा बोकेका मान्छेहरुको संख्या समाजमा अरू धेरै छन्। उनी जस्तै पीडा बोकी हिड्नेहरुले यो व्यवस्थाबाट कहिले राहत पाउलान त? झाडापखालाले दिनहुं मान्छे मर्दा त कानमा तेल हालेर सुनेको नसुने झैं गर्ने सरकारले हरिबहादुर जस्ता बर्षौंदेखि थिचिएर बांचेका मनहरुलाई राहत दिन झन कसरी सक्ला र?

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 13, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: