RSS

गोरखा प्रवासी संघ कतार तथा मनकामना सांस्कृतिक परिबारद्धारा हवाई टिकट प्रदान

13 Aug

गणेश बानियां, दोहा  कतार

गोरखा प्रवासी संघ तथा संघको संरक्षकत्वमा स्थापित मनकामना सांस्कृतिक परिवार कतारले बिगत लामो समय देखी हवाई टिकटको अभावमा कतार सरकारको फिर्ती केन्द्रमा रहेका दुई पिडित नेपालीहरुलाई हवाई टिकट उपलव्ध गराएको छ ।

गोरखा प्रवासी संघ तथा मनकामना सांस्कृतिक परिवारले पिडित नेपालीहरुको सहयोगार्थ संयुक्त रुपमा यही जुन ५ तारिखमा रमाइलो सांस्कृतिक कार्यक्रम २००९ को कार्यक्रम आयोजन गरेको थियो । सो कार्यक्रमबाट संकलित रकमद्धारा पिडितद्धय बरहा क्षेत्र ९ सुनसरीका नर बहादुर दर्जी तथा मरिना ५ रुपन्देही घर भएका रामलाल हरिजनलाई टिकट उपलब्ध गराएको हो ।

मनकामना सांस्कृतिक परिवारका अध्यक्ष आश ब. गुरुङ्ग , गोरखा प्रवासी संघका भुपु उपाध्यक्ष कमल दानकुटी, सचिब गणेश बानियां, सल्लाहकार बिर ब. थापा लगायतको टोलीले नेपाली दुतावासका महामहिम राजदुत डा. सुर्यनाथ मिश्रलाई सो टिकट  हस्तान्तरण गरेको हो ।

उक्त टिकटको ग्रहण पश्चात कुरा गर्दै महामहिम राजदुत मिश्रुले संस्थाले चालेको कदम प्रति प्रसंशा गर्नु भयो । सबै संस्थाहरु मिलेर  सहयोग गरेमा समस्याको समधान हुने  बताउनु भयो । नर बहादुर दर्जी यही १४ अगष्ट नेपाल एअरलाईन्स मार्फत नेपाल फिर्ति हुदैछन् भने अर्का पिडित रामलाल हरिजन फिर्ति केन्द्रको आबश्यक पक्रिया पछि छिट्टै मुलुक फर्कने छन् ।

स्मरण रहोस् गोरखा प्रवासी संघ तथा मनकामना सांस्कृतिक परिवारले कतारमा बिभिन्न समयमा जन हितका क्षेत्रमा बिभिन्न रचनात्मक कार्य तथा सांगितिक क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 13, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: