RSS

कमाण्डर पासाङको नाममा ठगी धन्दा चलाउने पक्राउ

16 अगस्ट

नक्कली पासाङ वनेर ठगी धन्दा चलाउने विजय क्षेत्री

नक्कली पासाङ वनेर ठगी धन्दा चलाउने विजय क्षेत्री

-आफ्नो नाममा कसैले पैसा माग्न आएमा ९८४००५०६२० मा सम्पर्क गर्न पासाङको आग्रह

नमुक्ति सेना, नेपालका कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’ हुं भन्दै विभिन्न सङ्घसंस्था र व्यक्तिबाट मोटो रकम उठाउंदै ठगी धन्दा चलाउने एक गिरोहका सदस्य पक्राउ परेको जनदिशा दैनिकले जनाएको छ । टेलिफोनबाट आफूलाई पासाङ भएको बताएर धम्क्याउंदै रकम उठाउने गरेका विजय क्षेत्री शुक्रबार अपरान्ह पुतलीसडकबाट पक्राउ परेका हुन् । क्षेत्रीले आफ्नो घर सिन्धुपाल्चोक बाह्रविसे भएको बताएका छन् ।

अपरान्ह १२ बजे पुतलीसडकस्थित स्ट्यान्डर्ड कोअपरेटिभबाट १० हजार रुपियां लिनेक्रममा कमाण्डर पासाङका छोरा दीपेशको नेतृत्वमा रहेको टोलीले क्षेत्रीलाई पक्राउ गरेको हो । क्षेत्रीलाई शुक्रबार सांझ नै महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा बुझाइएको छ ।

सो स्ट्यान्डर्ड कोअपरेटिभबाट बिहीबारमात्रै क्षेत्रीले पासाङको नाममा लेविस्वरुप भन्दै १५ हजार ५ सय १० रुपियां लिएका थिए । अञ्जन नाम बताएका क्षेत्रीलाई ट्राफिक प्रहरी कार्यालय अगाडि पुगेर सो रकम दिएको कर्मचारीले बताएका छन् ।

लेविको हिसाब किताबमा केहीं गडबडी भएकोले थप १० हजार दिनुपर्ने बताउंदै क्षेत्रीले शुक्रबार पनि १० हजार मागेपछि कोपरेटिभका एक कर्मचारीले शङ्कास्पद मानेर सिधै पासाङसंग सम्पर्क गर्नुभएको थियो । शुक्रबार १० हजार रुपियां बुझ्नका लागि सम्पर्क मिलाउन ट्राफिक प्रहरी कार्यालय छेउको पिसिओबाट फोन गरिरहेकै अवस्थामा क्षेत्रीलाई पक्राउ गरिएको दीपेशले जानकारी गराउनुभएको छ ।

‘सुरुमा मलाई चिन्नुभयो, भनेर भन्यो, मैले चिनिन भनें,’ कोअपरेटिभका एक कर्मचारीले जनदिशासंग भने, ‘म पासाङ हुं, हाम्रो पार्टी फेरी पहिलेकै अवस्थामा (युद्धमा) जानुपर्ने भयो, त्यसका लागि तपाईंहरूले फेरी पनि आर्थिक सहयोग गर्नुपर्ने भयो । अहिलेलाई १५ हजार ५ सय १० रुपियां दिनुपर्ने भयो । म अञ्जनजीलाई पठाउंछु भन्यो ।’

पहिलो दिन एक जना निम्न स्तरको कर्मचारीमार्फत रकम पठाईदिएका उनले शुक्रबार आफूसंग पासाङको नाममा पैसा मागिरहेको बताएपछि आफूहरूले क्षेत्रीको पिछा गरेको दीपेशले जानकारी गराउनुभएको छ । ‘बुवाको नाममा पैसा उठाईरहेको खबर आईरहेको थियो । आज पनि एकजनाले पैसा लिन आउने खबर आयो । त्यसाई समात्नका लागि हामीले पिछा गरिहेका थियौं’, उहांले भन्नुभयो, ‘ट्राफिक प्रहरी कार्यालय नजिकको पिसिओबाट फोन गर्दै गर्दा पक्राउ गरेका हौं ।’

पैसा उठाउन क्षेत्रीले पासाङ भनेपछि सबै डराउने भएकोले पासाङको नाममा पैसा उठाउंदै हिंडेको बताएका छन् । उनले अन्य को कोसंग पैसा उठाएको हुन् भन्ने भने अझै खुलाएका छैनन् । ‘पासाङ भनेपछि मान्छे डराएर पैसा दिने भएकोले मैले यसो गरेको हुं’, उनले भने । क्षेत्रीले आफ्नो गिरोहका ’boutमा पनि अझै बताईसकेका छैनन् ।

क्षेत्रीलाई शनिबार बिहान महानगरीय प्रहरी अपराध महाशाखा पुर्‍याइने प्रहरी प्रभाग सिंहदरबारले जानकारी गराएको छ ।

कमाण्डर पासाङले विगत एक महिनादेखि नै आफ्नो नाममा विभिन्न समूहले रकम उठाउंदै आएको खबर आफूकहां आईरहेको बताउनुभएको छ । ‘मेरो नाममा विभिन्न समूहले विगत एकमहिनादेखि पैसा उठाउंदैछन् भन्ने खबर पाईरहेको थिएं’, कमाण्डर पासाङले शुक्रबार सांझ जनदिशासंग भन्नुभयो, ‘आज एकजना पक्राउ परेछ ।’

आफ्नो बेइज्जतिका लागि एउटा समूह योजनाबद्ध आफ्नो नाममा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट मोटो रकम असुल्दै हिंडिरहेको बताउनुहुंदै उहांले अहिलेसम्म आफूले कसैसंग पनि रकम नमागेको स्पष्ट पार्नुभएको छ ।

कमाण्डर पासाङले कसैले पनि आफ्नो नाममा कोहीसंग रकम मागेमा नदिन आग्रह गर्नुभएको छ भने कसैले मागेमा आफ्नो मोबाईल नं. ९८४००५०६२० मा सम्पर्क गर्न र पैसा माग्नेलाई पक्राउ गरेर प्रहरीलाई बुझाउन आग्रह गर्नुभएको छ ।

माओवादीको केन्द्रीय समितिको बैठक चल्दै गर्दादेखि पासाङको नाममा पैसा असुली रहेको खवर सार्वजनिक भईरहेको थियो । माओवादी शान्तिकालमा प्रवेश गरेपछि नै नेताहरूका नाममा विभिन्न गिरोहले राजधानी काठमाडौंसहित देशका ठूला शहरहरूमा पैसा असुल्दै आईरहेका छन् ।

 

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 16, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: