RSS

क्यान्सरवाट पिडित नेपाली चेलीलाई गोरखा प्रवासी संघ तथा मनकामना सांस्कृतिक परिवारको आर्थिक सहयोग

16 अगस्ट

पिडित देउमायालाइ नगद हस्तान्तरण गर्दै आश ब. गुरुङ

पिडित देउमायालाइ नगद हस्तान्तरण गर्दै आश ब. गुरुङ

ेश बानियां / दोहा, कतार

कतारस्थीत एक क्लिनीङ्ग कम्पनीमा कार्यरत क्यान्सरवाट पिडित नेपाली चेली देउमाया निरौलालाई गोरखा प्रवासी संघ तथा मनकामना सांस्कृतिक परिवारले आर्थिक सहयोग गरेको छ । विहिवार मनकामना साँस्कृतिक परिवारका अध्यक्ष आश ब. गुरुङ्ग, सचिब प्रेम अर्याल तथा गोरखा प्रवासी संघका सचिब गणेश वानिया, सह सचिब सुनवीर सुनुवार लगायतको संयुक्त टोलीले उहांलाइ कतारी रियाल सात सय एक हस्तान्तरण गरेको हो ।

झापा अर्जुनधारा गा.बि.स. की निरौला सुन्दर भविष्यको आशमा ३ बर्ष पहिले कतार प्रवेश गर्नु भएको थियो । बिगत लामो समय देखि पाठेघरको क्यान्सरवाट पिडित देउमाया ३ महिना अघि देखि काम गर्न नसकी नियमित उपचार गराईरहनु भएको थियो ।

श्रीमानले अर्कै श्रीमती ल्याएपछि श्रीमानसंग सम्वन्ध बिच्छेद गरी दुई छोरीहरुको उज्वल भविष्यको लागी कतारमा कार्यरत देउमायालाई आफ्नै कम्पनीमा कार्यरत महिला तथा पुरुष स्टाफहरुवाट एकहजार तिन कतारी रियाल तथा सिद्धार्थ रेमिटका बिबेक झा तथा ज्योति झाका तर्फवाट एक सय कतारी रियाल हस्तान्तरण गरिएको कुरा उक्त कम्पनीकी साबित्री गिरीले जानकारी गराउनु भयो ।

पिडित देउमायाले आफ्नो आर्थिक अवस्था नाजुक रहेको र नेपाल फिर्ता भए पछि दुई छोरीहरुको पढाईमा समेत ठुलो असर पर्नेवारे चिन्ता व्यक्त गर्दै आफुलाइृ सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्नु भयो । पिडित देउमायाले यो उपकारलाई आफुले कहिले पनि नभुल्ने बताउनु भयो ।  उहाँ यही अगष्ट चौध तारिख बेलुका गल्फ एअरवेज मार्फत नेपाल फिर्ता भइसक्नु भएको छ ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 16, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: