RSS

व्यवसायिक नर्सरी खेतीबाट मनग्य आम्दानी

16 अगस्ट

तनहुं,

उमेरले काम गर्न छेक्दैन भन्ने गतिलो सन्देश युवा पुस्ताहरूलाई दिंदै जिल्लाका एक ७० वर्षीय वृद्धले बांसका नर्सरीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

करिब एक दशकसम्म कृषि विभागअन्तर्गत अधिकृत पदमा काम गरिसकेका व्यासनगरपालिका वडा नं.७ बेनीपाटन निवासी केबी गुरुङले व्यावसायिक नर्सरी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् ।आफुले वि.सं. २०३८ देखि व्यावसायिक रूपले बांसको नर्सरी राखेर काम गर्दै आएको कृषक गुरुङले बताए ।

उनले अछाम र भारतको देहरादुनबाट प्रतिकिलो रु.दुई हजार ५०० देखि रु.तीन हजार ५०० सम्ममा बांसको बिऊ किनेर ल्याएको पनि बताए। उनको नर्सरीमा अहिले चिल्ले, खस्रे, बतासे, बुद्ध, धनु, तारुका, मलम, निगालेलगायतका ४२ प्रजातिका बिरुवा रहेको छ । विश्वमा एक हजारभन्दा बढी प्रजातिका बांसहरू पाइने भए पनि आफूले नेपालको हावापानी सुहाउंदो बांसको प्रजातिको बिरुवा ल्याएको जानकारी गराउंदै उनले उक्त नर्सरीको लागि मासिक पांच हजारका दरले १२ जना कर्मचारी राखेर काम गर्दै आएको समेत बताए ।

तीन वर्ष नाघेको दुई मिटर अग्लो बांसको बेर्नालाई रु. १०० मा बिक्री गर्दै आएको र बासका बेर्ना बिक्रीबाट खर्च कटाई वार्षिक रु.६ लाखदेखि १० लाखसम्म आम्दानी हुने गरेको उनले बताए। बांसको बगैंचा एवम् नर्सरी गर्ने गुरुङ तनहुं जिल्लामै पहिलो कृषक हुन् । उनको यस नर्सरीमा दैनिक २०/२५ जना मानिसहरू हेर्नका लागि आउने गरेको र बांसको नर्सरी खेतीबाट जिल्लाका अधिकांश कृषकहरू बांस व्यवसायप्रति आकर्षित हुन थालेका छन् ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 16, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: