RSS

आन्दोलन दमन गर्ने सरकारी योजना

16 Aug

नागरिक सर्वोच्चता स्थापना गर्न तथा राष्ट्रिय संयुक्त सरकार गठन गर्नका लागि माओवादीको नेतृत्वमा सुरु भएको तेस्रो जनआन्दोलनलाई दमन गर्ने सरकारले योजना बनाएको विशेष सूत्रबाट थाहा भएको छ । आन्दोलन दमन गर्नका लागि सरकारले अल्पकालीन र दिर्घकालीन योजनासमेत बनाएको छ ।

अल्पकालीन योजनामा माओवादी आन्दोलनको प्रभाव शून्य र तहसनहस बनाउनका लागि प्रहरी शक्ति आवश्यकता हेरी प्रयोग गर्ने, राजनीतिक दलहरूबाट आन्दोलनको औचित्य विरुद्ध प्रचार गर्न लगाउने, सरकार निकट रहेका बुद्धिजीवी, सञ्चारमाध्यम प्रयोग गरी आन्दोलनको भण्डाफोर गर्न लगाउने र भिडन्तको शैलीमा आन्दोलनकारी नेताहरूमाथि आक्रमण गर्नेसम्म रहेका छन् । त्यसको अलावा माओवादी भित्रका अवसरवादीहरूलाई प्रलोभनमा पारेर आन्दोलनको विरोध गर्न लगाउने र पार्टी परित्याग गर्न लगाउनेसम्मका योजना सरकारले बनाएको छ ।

दिर्घकालीन योजना अन्तर्गत प्रहरी र सैनिक शक्तिमा बृद्धि गर्ने, उनीहरूलाई अत्याधुनिक हातहतियार, शस्त्रअस्त्रले सु-सज्जित बनाउने र सुरक्षाफौज प्रयोग गरी माओवादीको आन्दोलनलाई दमन गर्ने नीति सरकारले तयार गरेको छ । त्यसैगरि अघोषित रूपमा सैनिक हेडक्वार्टरमा फेरि सुरक्षा निकायहरूको बैठक बस्न थालेको खवर समेत जानकारिमा आएको छ । सशस्त्र द्वन्द्वकालमा सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च पदाधिकारीको बैठक बस्ने गर्दथ्यो । त्यही बैठकले माओवादीविरुद्ध युद्ध नीति तयार गर्दथ्यो । देशमा लोकतन्त्र बहालीपछि सो प्रक्रियाको अन्त्य भएको भएपनि पछिल्लो समयमा आएर रुक्मांगद कटवालले त्यसलाई पुनः शुरु गरेका थिए । राष्ट्रपति डा. रामवरण यादवले अनधिकृत रूपमा निर्वाचित सरकारले बर्खास्त गरेका रुक्मांगद कटवाललाई प्रधानसेनापतिमै बहाली गरेपछि सुरक्षा निकायको संयुक्त बैठक सैनिक हेडक्वार्टरमा बोलाउन थालिएको हो । अहिले माओवादीले सुरु गर्ने आन्दोलनलाई दमन गर्ने नीति अख्तियार गर्न सुरक्षा अंगका बीचमा बस्न थालेको एकीकृत बैठकलाई सहयोगीको रूपमा सरकारले लिएको छ। आन्दोलनमा होमिएको माओवादीलाई जतिसुकै दमन गरे पनि पुनः ऊ युद्धमा कुनै हालतमा नफर्किने निष्कर्षमा पुगेर सरकार दमनको नीति अख्तियार गर्न लागेको निकटवर्ती सूत्रले बताएको छ।

सूत्रका अनुसार सरकारले आन्दोलनलाई मात्र दमन नगरी माओवादी प्रभाव र विस्तारलाई दमनकै माध्यमबाट हराउन सकिन्छ भन्ने आधारमा योजना अगाडि बढाएको छ। शान्तिपूर्ण आन्दोलनमा जस्तोसुकै घनघोर दमन गरे पनि माओवादी प्रतिरोधमा उत्रंदैन भन्ने निष्कर्षमा पुगेर दमन गर्ने नीति सरकारले अख्तियार गर्नुलाई आश्चर्यको रूपमा लिइएको छ। जहां दमन हुन्छ त्यहां प्रतिरोध हुन्छ, जहां अत्याचार हुन्छ त्यहां विस्फोट हुन्छ भन्ने संघर्षको नियम नबुझी एकोहोरो दमन गर्ने नीति अख्तियार गर्नाले अन्ततः सरकार जारी रहेको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने पक्षमा छैन भन्ने प्रमाणित हुन आएको छ। आन्दोलन दमनको निम्ति अख्तियार गर्न लागिएको अल्पकालीन तथा दिर्घकालीन सरकारी योजनाले पनि त्यही कुरालाई पुष्टी गर्ने काम गरेको छ। तर देश र जनताको शान्तिप्रतिको चाहनालाई लत्याएर सरकार शान्ति प्रक्रियाविरुद्ध उत्रिएमा राष्ट्रिय शान्तिकैलागी शिविरभित्र बसेका माओवादी सेना निर्णायक युद्धका लागि हतियारसहित बाहिर ननिस्केलान् भन्न सकिने कुनै ष्पष्ट आधार भने छैन।

यसैविच युरोपमा रहेका कांग्रेस सर्थकहरूले आयोजना गर्ने कार्यक्रममा सहभागी बन्न पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पारिवारिक भ्रमणमा गएको भनी प्रचार गरिए पनि उनको भ्रमणको मुख्य उद्देश्य भने हतियार खरिद सम्बन्धमा कुराकानी गर्नु नै रहेको जानिफकार सूत्रले बताएको छ । सूत्रका अनुसार हतियार खरिद सम्बन्धमा बेल्जियममा कुराकानी गर्न देउवा माधव नेपालको दूत बनेर युरोप गएका हुन्।

देउवा प्रधानमन्त्री हुंदा जनयुद्ध दमन गर्न बेल्जियमवाट नै हतियार खरिद गरिएको थियो । बेल्जियमसंग हतियार खरिदका लागि अनुभव प्राप्त गरेको कारण अहिलेपनि तिनै देउवालाई दूत बनाएर पठाइएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपी अत्यन्त गोप्य भनिएको यस यथार्थको अहिल्यै कतैवाट स्वतन्त्र पुष्टि भने भएको छैन। त्यसो त माधव नेपाल प्रधानमन्त्री भएपछि नेपाली सेनाका लागि हतियार आपूर्तिको कुरा जोडदार रूपमा उठ्न थालेको छ। रक्षामन्त्री विद्या भण्डारीले भारतीय समकक्षी समक्ष नेपाली सेनालाई हतियार आपूर्ति गर्न अनुरोध गरेकी थिइन्। हतियार खरिद र आपूर्ति गर्ने कुरा शान्ति सम्झौता विपरीत भए तापनि यसलाई लत्याउने काम सरकारले गरेको छ। युरोप भ्रमण सकेर देउवा भदौ २ गते नेपाल फर्किदैछन्।

 
2 टिप्पणीहरु

Posted by on अगस्ट 16, 2009 in NEWS

 

2 responses to “आन्दोलन दमन गर्ने सरकारी योजना

  1. काली

    अगस्ट 17, 2009 at 1:30 बेलुका

    Yo remote control sarkar le janata ko shakti ajhai bujheko chhaina . Usko bicharma yo aandolan pani uniharu le gareko jastai kathaputali aandolan hola bhanne chha, Yini haru lai janata le aaba asali haisiyat ma jhare pachhi matra thaha pauchhan.

     
  2. Nahom

    अगस्ट 20, 2009 at 4:18 बेलुका

    Yo Maobadi propoganda ho, hutihara maobadiharu aafule pani sarkar chalauna nasakne, duniyalai pugnai nasakni aaswashan badera, desh ma lut machyara khana khojeko hola. maobadu deshlai barbad garna chahanchan. video tape bata spasta huncha. Janata ko shanti ra paribartan ko chahana biruddha aandolan garne, chor, lutera, hatyara haru le desh chalauna k ko sakthe. Arko lai pani chalauna nadine. Maoist are like Monkey.

    Vram ma naparnuhola, yo sarkar ko bikalpa chaina. Maobadi sarbochata hamilai chaidaina. Aafule gareko sabai thik vannne, hatya apaharan, chanda asuli , garna ka lagi maobadi sarbochata khojeka hun. We need people supremacy. Sambidhansava le Madhav Nepal lai nirbirodh chayan gareko ho. Prachanda le rajinama dine bahana nagrik sarbochatta banayaka hun. Presedent ko kadam asambaidhanik vaya mahaaviyog lagaau ra hatau. des lai a nirnayako bandi ra aandolan ko aakhada banauna mildaina.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: