RSS

गोरखाको दुर्गम गाउं वारपाकमा इन्टरनेट सेवा

16 Aug

गोरखा, 

गोरखा जिल्लाको सदरमुकामबाट दुई दिनको पैदल दुरीमा रहेको दुर्गम गाउं वारपाकमा तार रहित इन्टरनेट सेवा सञ्चालन भएको छ ।

म्यागासेसे पुरस्कार विजेता महावीर पुनको पहल एवम् सहयोगमा वारपाक गाविसमा इन्टरनेट सेवा सञ्चालनको लागि रेडियो गोरखामा राखिएको उपकरणबाट छोडिएको तरंग वारपाकमा राखिएको रिसिभरले लिएपछि इन्टरनेट सेवा सञ्चालन सम्भव भएको हो ।

समाजसेवी पुनको उक्त प्रविधिले काम गरेपछि वारपाकवासीले आफ्नो विदेशिएका परिवार तथा आफन्तसंग गाउंमै बसेर सस्तो र सुलभ मूल्यको टेलिफोन तथा इन्टरनेटबाट कुराकानी एवम् खबर आदान-प्रदान गर्न पाएका छन् ।

इन्टरनेट सेवाले गाउंलेहरूलाई निकै सजिलो र सुविधा भएको सञ्चालक पूर्णबहादुर गुरुङले बताउनुभयो । गाउंमा इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीय विद्यार्थीहरूमा कम्प्युटर सिक्ने लहर नै चलेको वारपाकमा साइवर सञ्चालन गर्दै आएका प्रकाश घलेले बताउनुभयो ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 16, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: