RSS

घरमा नीलो झण्डा : गर्भवतीको संकेत

16 Aug

शिव अप्रिय, गोरखा

गोरखाका आठ गाविसका घरहरुमा नीलो रङ्गको झण्डा फहराइ रहेका भेटिन्छन् । झट्ट हेर्दा यो झण्डा कुनै राजनीतिक पार्टीको अथवा कुनै धर्म प्रचारकले गाडेको अनुमान गर्नुहोला तर होइन । ‘गर्भवती महिला भएको घर’ चिनाउने झण्डा हो यो । यी घरहरुमा गर्भबती महिला छन् आकस्मिक सेवा दिनुपर्ने हुनसक्छ भनेर चिनाउन झण्डा गाडिएका हुन् ।

जिल्लाका उत्तरी गाविसहरु आरुचनौटे, आरुआर्बाङ्ग, आरुपोखरी, धावा, तान्द्राङ, थुमी, बोर्लाङ्ग र पांचखुवा देउरालीका गाउंहरुमा यसरी झण्डा गाडिएका छन् । आरु चनौटे गाविसमा २४ जना महिला गर्भवती छन् भनेर झण्डा गनेरै थाहा पाउन सकिन्छ अहिले । त्यस्तै आरुआर्वाङ्गमा ३५ जना, आरुपोखरीमा ४१ जना, थुमी गाविसमा ४० जना तान्द्रङ्ग गाविसमा ३०, धावामा ४५ बोर्लाङ्गमा २२ र पांचखुवादेउराली गाविसमा १५ जना गर्भवती महिला छन् भनेर अहिले सजिलै थाहापाउन सकिने भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सुरक्षित मातृत्व तथा परिवार नियोजन महाशाखा मार्फत सामुदायिक सेवा प्रतिष्ठानले यसरी घरघरमा झण्डा गाडेको हो ।

प्रतिष्ठानले नेपालको दुई जिल्ला गोरखा र कञ्चनपुरमा मात्र यो कार्यक्रम सञ्चालन गरेको छ । यस अघि प्रतिष्ठानले स्वतन्त्र रुपमा कार्यक्रम सञ्चालन गरेकोमा गोरखा जिल्लामा भने पहिलो पटक सरकारसंग समन्वय गरेर समता र पहुंच कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम डीएफआईडीको सहयोगमा गोरखा अस्पताल र सामुदायिक सेवा प्रतिष्ठानले सञ्चालन गरेको हो ।

प्रतिष्ठानले ती गाविसका उपस्वास्थ्य चौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र स्थानीय वुद्धिजीविको सहयोगमा गर्भवती महिला र शिशु स्वास्थ्यका विषयमा जनचेतनामलुक कार्यक्रम पनि सञ्चालन गरेको प्रतिष्ठान गोरखाका प्रतिनिधि रामकृष्ण अधिकारीले बताए ।

प्रसुतीका कारणले कुनै पनि महिलाले तथा अज्ञानताका कारण कुनै पनि शिशुले ज्यान गुमाउनु नपरोस् भनेर यहांका बासिन्दाहरु सचेत छन् । गर्भवती महिला र शिशुको स्वास्थ्यमा काम गर्न ती गाउंहरुमा गठित एकसय २० वटा महिला समूहमा चारहजार जना महिला सक्रिय रहेको गाविस संयोजक नारायण श्रेष्ठ बताउंछन् । घरमा प्रसुती गराउंदा आमा र शिशु दुबैको स्वास्थ्यमा खतरा हुन सक्ने भन्दै उनीहरुले गाउंमा सचेतना अभियान सञ्चालन गर्ने गर्छन् । अभियानले गर्भवती महिलाहरुलाई अस्पतालमा सुत्केरी गराउनेको संख्या बृद्धि भएको स्थानीयहरु बताउंछन् ।

सुत्केरी महिला तथा शिशुलाई आकस्मिक सेवा दिन हरेक गाविसहरुमा १५ वटा स्ट्रेचर  तयारी अवस्थामा राखिएका छन् । अनि आकस्मिक खर्च भनेर हरेक समूहहरुले आकस्मिक कोश पनि खडा गरेका छन् । कोषमा प्रत्येक गाविस कार्यालयले १० हजार रुपियांका दरले सहयोग गरेको छ ।

ती आठ गाविसमा गर्भवती महिलाको तथ्याङ्क संकलन गरी सुत्केरी हुने दिन र अस्पताल जाने दिनको पनि जानकारी दिने गरिएको छ । सुत्केरीको भोजन र परिवारले गर्ने सहयोगको बारेमा पनि सिकाइएको तान्द्राङ्ग डांडा गाउंका खगेश्वर लामिछानेले बताए । धामीझांक्री प्रथामा बिश्वास गर्ने ती गाउंहरुमा अस्पताल सेवाप्रति विश्वास जगाउन धामीझांक्री मार्फत अस्पताल जानुपर्छ भन्ने खालको जनचेतना पनि जगाइएको छ ।

प्रतिष्ठानले कार्यक्रम सञ्चालन गरेपछि ती गाविसका उपस्वास्थ्य चौकीहरुमा सुत्केरी गराउन र गर्भवती जांच गर्न आउनेहरुको संख्या बढेको अस्पतालले जनाएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 16, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: