RSS

सामुदायिक वन फांडेर बजार

16 Aug

शिव अप्रिय, गोरखा

सामुदायिक वन फांडेर उपभोक्ता समितिले बजार बिस्तार गरेको छ । गोरखा नगरपालिका-१०, बाह्रकिलो स्थित ओख्लेपाखा सामुदायिक वनले जंगल मासेर बजार विस्तार गरेको हो । ओख्ले पाखा सामुदायिक वन फांडेर बसाएको बजारको नाम बाह्रकीलो बजार रहेको छ । वनको खण्ड-५ मा समितिले बजार विस्तार गराएको हो । सो ठाउं आंवुखैरेनी-गोरखा सडकखण्ड र ११ किलो-बारपाक सडकखण्डको दोबाटोमा पर्दछ । दोबाटो भएकै हुनाले सो ठाउंको वन क्षेत्र ब्यापारिक केन्द्रको रुपमा विस्तार गर्न सामुदायिक वन उपभोक्त समितिले भाडामा जग्गा दिएको हो । मूलबाटोमा नै यसरी वन अतिक्रमण हुंदा पनि जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ तथा नगरपालिका लगायतका सरोकारवाला निकायहरु मौन छन् । ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले वनक्षेत्रमा बजार बिस्तार गर्न जग्गा भाडामा दिने गरेको छ । वनको जग्गा भाडामा दिन थालेपछि अहिले सो ठाउंमा जग्गा भाडामा लिनेको होडबाजी चल्न थालेको एक स्थानीय ब्यापारीले बताएका छन् । “शुरुमा यस्तो जग्गा के काम भनेर कसैले वास्ता गरेनन्” पहिलोपटक पसल गर्ने ‘ठुल्दाई होटल’का मालिक ले भने “बजार राम्रो बनेपछि जग्गामा सवैको आंखा गडेको छ, । जिल्ला वन कार्यालयबाट वन सम्पदाको उचित व्यबस्थापन र उपभोग गर्ने जिम्मेवारी लिएको सामुदायिक वन उपभोक्ता समूहले वनको संरक्षण गर्नुको सट्टा बनक्षेत्रमा बस्ती बसाउने नीति अपनाएपछि अहिले त्यहां १५ वटा भन्दा बढी पसल घर निर्माण भइसकेको छ । खुलेका पसलहरुमा धेरैजसो होटल, रेष्टुरेण्ट रहेका छन् भने मासु पसल, हेयर कटिङ्ग सैलुन, इलेक्ट्रोनिक्स पसल, टायर रिसोलिङ्ग, किराना पसल, फलफूल पसल तथा फुटपाथमा समेत पसल राख्न शुरु भइसकेको छ । बाह्रकीलो बजार गोरखाको दुई नंबर क्षेत्रको ग्रामीण भेगतिर यातायात चल्ने मुख्य नाका हो। अहिले सो बजारहुंदै भच्चेक, भालुस्वांरा लगायतका गाउंहरुसम्म काठमाण्डौंबाट एक्सप्रेस गाडी चल्ने गर्छ । साथै गोरखा बजार, खैरेनीदेखि छेपेटार, चनौटे, लुईंटेल, आंपपिपल, हर्मी लगायतका क्षेत्रमा छोटोदुरीका बसहरु चल्ने गर्छन् । प्रत्येक पसलेले वन समुहलाई हातको दुईसय रुपियांको दरले भाडा तिर्ने गरेको एक स्थानीय ब्यापारीले बताएका छन् । यस अघि सो जग्गाको भाडाबाट तेह्रकिलो स्थित चन्द्रज्योति प्रावि सञ्चालन भएपनि अहिले भाडा उठाएर उपभोक्ता समितिले नै राख्ने गरेको ब्यापारीहरु बताउंछन् । प्रतीक्षालय बनाउन नगरपालिकाबाट पैसा लगेर उपभोक्ता समूहले पक्की घर निर्माण गरी पसललाई भाडामा दिएको छ । स्थानीय सम्पदाको उचित संरक्षण, संवर्द्धन र उपभोग गर्ने उद्देश्यले स्थानीय वन क्षेत्रको जिम्मा उपभोक्ता समूहले लिएपनि वन क्षेत्रमा बजार बसाउने नीति लिनु नाजायज भएको जिल्ला वन अधिकृत कृष्ण प्रसाद वस्तीले बताएका छन् । ‘वन अतिक्रमण नगर्न दुईपटकसम्म पत्राचार गरिसकेका छौं’ जिल्ला वन अधिकृत वस्तीले भने ‘गलत मनोवृति बढेपछि समस्या समाधान गर्न गाह्रो हुंदो रहेछ ।’ सबै मिलेर प्रयास गरियो भने मात्र समाधान गर्न सकिने उनको तर्क छ । कति जग्गा सामुदायिक वनको हो र कति क्षेत्रफल सडक विभागको हो छुट्टयाउन नसक्दा वन कार्यालयले कुनै कारबाही गर्न नसकेको सहायक बन अधिकृत दुखहरण शाह बताउंछन् । शाहका अनुसार सडक विभागसंग मिलेर वन क्षेत्र र सडक क्षेत्र छुट्याएपछि वन क्षेत्रमा रहेका घर टहरा हटाइनेछ । सामुदायिक वनको काठ तथा जडीबुटीको उपभोग तथा ब्यवस्थापन सामुदायिक वन उपभोक्ता समितिको कार्यनीति अनुसार भएपनि जमीन अतिक्रमणका सम्बन्धमा भने जिल्ला वन कार्यालयले हस्ताक्षेप गर्न सक्ने वन कार्यालय सम्बद्ध अर्का कर्मचारीको भनाइ छ । बन क्षेत्रको बस्ती हटाउने सम्बन्धमा पहिले ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समितिसंग छलफल गरिने र यदि समितिले आनाकानी गरे जिल्ला वन कार्यालयले नै वन क्षेत्रको संरक्षणका लागि कदम चाल्ने सो कार्यालयका कर्मचारीले बताएका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 16, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: