RSS

के भारत ‘नयाँ इजरायल’ नै बन्ला त ?

16 Aug

– कुमार शाह

अहिले दक्षिण एशिया केन्द्र बनेको छ- आन्तरिक कारणले र बाहय कारणले पनि। आन्तरिक कारण भारतको एकलकांटे नीतिका कारण सिर्जित अलगाब तथा चीनको बढ्दो मैत्री सम्बन्ध र व्यापार विस्तार हो भने बाह्य कारण दक्षिण एशिया अमेरिकी हस्तक्षेपको प्राथमिकतामा परेका कारण सिर्जित परिस्थीती प्रमुख रहेको छ। हामीकहां शासकहरू काला गए गोरा आउंछन् र गोरा गए काला आउंछन् भनिन्छ तर अमेरिकी साम्राज्यवादी सोच, योजना र कार्यक्रमहरू अपरिवर्तनीय रहन्छन्।

यो अन्तरविरोधको नयां गुजुल्टोभित्र दुई हस्तीहरू स्वभावैले अमेरिका र चीन दुई विपरीत ध्रुवमा देखिन्छन् र आ-आफ्नो प्रभाव विस्तारको लागि स्वभावैले लागिपरेका छन्। यो वस्तुसंगत नियमै हो। यो प्रक्रिया घनीभूत हुंदै र तीव्र हुंदै अघि बढिरहेको छ।

चीन यसको लागि दक्षिण एशियाली र विश्वका देशहरूसंग शान्ति तथा मैत्री सम्बन्ध विस्तार गर्न चाहन्छ- जो पञ्चशीलका आधारमा निर्माण हुन्छ। उसले आफ्नो देशको विश्वकै सबैभन्दा तेज आर्थिक विकास र बढ्दो व्यापार तथा सहकार्यको सम्बन्धलाई अझ सुदृढ र व्यापक बनाउन चाहन्छ। त्यो पनि शान्ति र मैत्री सम्बन्ध विस्तारको अधारमा। तर अमेरिका सैन्य प्रभुत्व, सैन्य प्रभाव र सैन्य कार्यक्रमहरूद्वारा विश्वमाथि नियन्त्रण कायम गर्न चाहन्छ, त्यो पनि यथास्थितिवादी प्रतिक्रियावादीको अन्तिम तथा निर्विकल्प बाटोबाट।

अहिले अमेरिकी साम्राज्यवादले जहां टेकेको छ, त्यहां पहिरो गएको छ’। उसको टेक्ने आधार बन्नुभन्दा पनि भत्केको छ। अफगानिस्तान, इराकदेखि अन्य मुलकुहरूमा अमेरिका नराम्रो गरी फसेको छ, अल्भिmएको छ। त्यसैले उसले आफ्नो नयां युद्ध ठेक्काको लागि दक्षिण एशियामा दक्षिण एशियाकै खलराष्ट्रलाई खोजिराखेको मात्र होइन, रोजिसकेको छ। त्यो खलराष्ट्र भारत भएको छ।

भारत आफैंमा भौगोलिक रूपमा मात्र नभई आर्थिक, राजनीतिक, सांस्कृतिक र सैन्य तथा आणविक शक्तिका हिसाबले पनि विश्वका प्रमुख राष्ट्रहरूमा पर्छ। दक्षिण एशियाको विशेषतः ‘सार्क राष्ट्रहरू’ को त सबैभन्दा ठूलो राष्ट्र हो भारत। तर पनि यसको सोंच र चित्त धेरै सांघुरो छ। पुंजीवादी मुलुक भने पनि त्यो सामन्तवादी छ। स्वाभावमा हिसाबले यो इजरायल जस्तो छ।

पहिलो त, सामन्ती चरित्रका कारण यसका हरेक छिमेकी देशहरूसंग सांधको किचलो (सीमा विवाद) छ। किनकी, सिमाना नखोस्रेर या नमिचेर त्यसलाई निद नै लाग्दैन। दोस्रो, छिमेकी देशहरूमा सशस्त्र शक्तिहरू या समूहहरूलाई त्यसले सहयोग गर्ने गरेको छ। उसको उद्देश्य छ- छिमेकी सरकार वा जनशक्तिहरूलाई कमजोर बनाउने र आफूले बनाएको गुरुयोजना अन्तर्गत आफ्नो अधिनमा ती छिमेकीहरूलाई राख्ने वा नाजायज फाइदा लिने। तेस्रो, देशभित्रकै जात र छिमेकी देशहरूबाट एक्लिएपछि अमेरिकी ‘अति महाशक्ति’ को शरणमा जाने। यो छिमेकी र घर परिवारसंग झगडा गरेर मुखिया जिम्मुवाल गुहार्न हिंड्ने सामन्ती प्रचलनको नांगो अभिव्यक्ति हो।

यी सबै कुराहरूलाई जोडेर विश्लेषण गर्यौं भन्ने यो निष्कर्ष निस्कन्छ कि भारत दक्षिण एशियाबाट अलग्गिदै गएको पक्कै हो। पहिलो कुरा, छिमेकी देशहरू कसैसंग पनि भारतले राम्रो सम्बन्ध कायम गर्न चाहंदैन। किनकी सामन्ती जमिनदारी चरित्रले उसको दिमागमा बास गरेको छ र सामन्तवादले मनमथिंगलमा राज गरेको छ। यस कुराले गर्दा भारतीय शासकहरू र विस्तारवादी भारतले छिमेकी देशहरूमा प्रभुत्व कायम गरेको होइन, बरु छिमेकी सबै देशहरूबाट ऊ घेरिएको छ र एक्लिएको छ।

दोस्रो कुरा, यसको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थन र सहयोग रहेका सशस्त्र समूहहरू, जो छिमेकी देशहरूमा थिए, अन्त्य भएका छन् र अन्त्य हुने स्थितिमा छन्। श्रीलंकाको तमिल लडाइं (उनीहरूको आत्मसम्मान र स्वायत्ततालाई सबैले सम्मान गर्छन्) पनि लगभग अन्त्य भएको छ। पाकिस्तानमा पाकिस्तानी तालिबानको खेल खत्तम भएको छ र राष्ट्रिय सेनाले नियन्त्रणमा लिएको छ। नेपालमा भारतका दलाल मानिने केही मुख्य संसदीय दलहरू जनताबाट पूरै कटेका र शर्मनाक पराजय व्यहोर्न बाध्य भएका छन्, भलै भारतीय विस्तारवादले तिनीहरुलाई नै वटुलेर ‘दलाल सरकार’ गठन गरेको छ। तर अव यसलाई तेस्रो जनआन्दोलनले ज्ञानेन्द्रको बाटोमा पुर्याउंदैछ। जहांसम्म भारतको चीनसंगको सम्बन्ध हो, त्यो सधैं तीतो र कटु रहंदै आएको छ। चीनको विरुद्धमा दलाइ लामालाई निकै उचाल्ने र ‘स्वतन्त्र तिब्बत’ को नारा लगाई त्यसको पक्ष पोषण गर्ने शाषक वर्गको चीन विरोधी रणनीतिले अहिले झन् नराम्रो गरी हावा खाएपछि भारत दक्षिण एशियाको राजनीतिक रंगशालामा भारतले शर्मनाक पराजय व्यहोर्न पुगेको छ।

अहिले भर्खरै भारतको अरुणाचल प्रदेश र चीनको सीमाबारे भारतीय सञ्चारमाध्यमहरूमा निकै कोकोहोलो मच्चाइंदैछ, जुन नितान्त प्रायोजित हो। त्यो अमेरिकाबाट सिधै निर्देशित छ। तर यो कुरा सत्य हो, बोकेको कुकुरले मृग मार्न सक्तैन।

तेस्रो कुरा, अमेरिकासंग मिलेर भारतको हैदरावाद र आन्ध्रमा ‘आणविक प्लेटर्फम’ निर्माण गर्ने सम्झौता गरेपछि अवश्यै पनि भारतको भूमिका ‘नयां इजरायल’को रुपमा फेरिनेछ। किनकी छिमेकी देशहरूमा उसको गलत छिमेकी नीतिका कारणले नराम्रोसंग नांगिएपछि र एक्लिएपछि अमेरिकी साम्राज्यवादको शरणमा जानु विस्तारवादको अन्तिम विकल्प हो। फ्याउराहरू जहिलेपनि सिंहको पछिपछि लाग्छन्। सिंहले सिकार गरेपछि बांकी रहेको हड्डी र छाला उनीहरूको भोजनको स्रोत बन्ने गर्दछ। फ्याउरो स्वयंमा मांसाहारी र हिंस्रक जन्तु पनि हो।

तर भारतीय शाषक वर्गले यो कुरा ख्याल राख्नैपर्छ कि भारतीय जनता र जनसमुदायहरू ब्रिटिश उपनिवेशबाट मुक्त भएको अवस्थामा अमेरिकी फौजी उपनिवेश स्वीकार्न तयार छैनन्। फेरि देशभित्रको वस्तुगत र स्वयं भारतीय शाषक वर्गको आत्मगत अवस्थालाई राम्ररी नियाल्यौं भने न त छिमेकीसंगको उपद्रो व्यवहार र व्यवहारतः अमेरिकी साम्राज्यवादसंगको आत्मसमर्पण भारतलाई कुनै पनि हालतमा हितकर छैन।

भारतीय शाषकको आत्मगत अवस्थालाई हेर्यौं भने ती क्षेत्रीय र निश्चित समुदाय केन्द्रीय राजनीतिक शक्तिहरूबाट उछिनिएका छन्। कांग्रेस (आई) वा भारतीय जनता पार्टी जो सत्तामा आए पनि ती या त क्षेत्रीय र साम्प्रदायिक शक्तिका वैशाखी टेकेर आएका छन् कि त उनीहरूसंग गठबन्धन बनाइ चुनावमा गएर आएका छन्। मुख्य राजनीतिक दलहरूको भारतव्यापी पकड छंदै छैन । यसको स्पस्ट अर्थ हो। राजनीतिक नेतृत्वका हिसाबले भारत कमजोर छ र फौजी हिसाबले मात्र भारत सिंगो रहेको तथ्य जाहेर हुन्छ। फेरि अर्को महत्वपूर्ण कुरा, भारतीय शाषक वर्गको दिनानुदिन अमेरिकी साम्राज्यवाद अगाडि हुंदै गरेको आत्मसमर्पण र दलालीको विरुद्ध स्वाभिमानी भारतीय श्रमजीवी जनताले देशभित्र विभिन्न भागमा मुक्ति आन्दोलन चलाइरहेका छन् र ती आन्दोलनहरू विजयोन्मुख छन्। लालगढलाई आधार इलाका भनेर भाकपा (माओवादी)ले घोषणा गर्नु र त्यहां भारतीय शाषक वर्गको राजनीतिक फौजी तथा प्रशासकीय पहुंच नहुनु यसको ज्वलन्त उदारहण हो। विश्वमा अब सशस्त्र जनसंघर्ष वा जनयुद्ध सफलतामा पुग्ने पालो नेपालपछि भारतमै हो, जो अवश्यभावी छ।

तर, यस्तो स्थितिमा भारतीय शासक वर्गको न्यून चेतना, पश्चगामी सामन्ती चरित्र, क्षेत्र तथा सामुदायिक वा साम्प्रदायिक शक्तिहरूको बोलवाला, अमेरिकी आणविक उपनिवेश, छिमेकी देशहरूबाट अलगाव, देशभित्रको विजयोन्मुख जनमुक्ति आन्दोलन र अमेरिकी असफलसिद्ध रणनीतिको अनुशरण र पालनाले अब इराक, अफगानपछि ध्वस्त हुने पालो भारतै हो कि त भन्ने अनुमान यथार्थताको नजिक नजिक पुगेको छ। दक्षिण एशियाको मानचित्र फेर्ने अमेरिकी सपनामा भारतीय शाषक वर्गको हावादारी वाहवाहीले कतै भारतकै नक्सा त बदलिने होइन भन्ने तर्कलाई बल मात्र पुर्याएको होइन, नजिकपनि पुर्žयाएको छ। ‘नयां इजरायल’ को भूमिकामा देखा पर्दै गएकाले विश्वमा उदाउंदो एशियाको बाधकको रुपमा भारत आफैले आफ्नै विनाशको खाल्डो आफै खन्ने त होइन भन्ने बलियो आशंका समेत उपरोक्त तथ्यले जन्माएको छ।

 
3 टिप्पणीहरु

Posted by on अगस्ट 16, 2009 in BLOG, GUEST

 

3 responses to “के भारत ‘नयाँ इजरायल’ नै बन्ला त ?

  1. नीता पाठक, चितवन

    अगस्ट 17, 2009 at 9:52 बिहान

    अवश्य भारत नयां इजरायल वन्ने वाटोमे अग्रसर छ तर यो वाटो त्यति सजिलो र उसले सोचेजस्तो संभव भने कुनै हालतमा हुंदैन ।

     
  2. विश्व

    अगस्ट 17, 2009 at 10:59 बिहान

    India le j gare pani aafno bidesh niti ma farak lyaudain . jabasamma India le nepal niti ma sudhar lyaudaina taba samma Nepali haru le India biruddha sangharsha pani tyagne chhainan.

     
  3. विशाल नेपाल

    अगस्ट 19, 2009 at 1:25 बेलुका

    भारतले इजरायल वनेर नेपाललाइ प्यालेष्टाइन वनाउने सपना भने नदेखे हुन्छ ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: