RSS

तारागाउँ अव मुनाफामा

16 Aug

विगत पांच वर्षदेखि निरन्तर घाटामा सञ्चालन भइरहेको तारागाउं विकास समिति यसपटक भने नाफामा गएको छ । आर्थिक वर्ष २०६५/०६६ को अन्तिम हिसाब एवं लेखापरीक्षण हुनु बांकी नै रहे पनि अनुमानित तथ्यांकअनुसार समितिले यस वर्ष ८ लाख ४१ हजार मुनाफा गरेको छ ।

नेपाल सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको उक्त समितिले यस वर्षदेखि आत्मनिर्भरतातर्फ आफ्नो पाइला अगाडि बढाएको छ। आर्थिक वर्ष २०६०/०६१ मा ५ लाख ३५ हजार ६ सय १२ रुपैयां ०६१/०६२ मा १४ लाख १८ हजार ८ सय ६४ रुपैयां, ०६२/०६३ मा ७ लाख ११ हजार ४ सय ११ रुपैयां समितिले घाटा व्यहोरेको थियो ।

त्यस्तै ०६३/०६४ मा ३३ लाख ५२ हजार ७ सय ७१, ०६४/०६५ मा ३३ लाख ४४ हजार ६ सय २१ रुपैयां घाटा व्यहोरेको समितिले यसपटक ८ लाख भन्दा माथि मुनाफा गर्नुमा चुस्तदुरुस्त काम कारबाही र कुशल प्रशाषनिक काम नै प्रमुख कारण रहेको बताइएको छ ।

बुधबार आयोजना गरेको एक कार्यक्रममा समितिले आर्थिक वर्ष २०६५/०६६ मा सम्पन्न गरेका कामहरूको बारेमा पनि जानकारी दिएको थियो । समितिले होमस्टे अध्ययन, ट्रेकिङ अध्ययन र निर्माण र समितिको नियमावली परिवर्तनका सवालमा महत्वपूर्ण भूमिका निर्बाह गरेको समितिका अध्यक्ष नियानन्द रिजाल र सदस्य सचिव ठाकुर प्रसाद देवकोटाले जारी गर्नु भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

 

वक्तव्यको पुर्णपाठ : 

तारा गाउं विकास समिति

 

प्रेस वक्तव्य

१.   परिचय

तारा गाउं विकास समिति, विकास समिति ऐन २०१३ अनुसार २०३४ सालमा स्थापना भएको एक सरकारी सार्वजनिक संस्था हो । विदेशी पर्यटकहरुलाई नेपाली कला, संस्कृति र रहन सहनसित बढी परिचित तुल्याउन नेपालीशैलीका आवाशगृह, चमेनागृह र अन्य आवश्यकीय भवनहरुको स्थापना र संचालन गर्ने, विदेशी पर्यटकलाई नेपालको आतिथ्य, मैत्री र सद्भावनासित परिचित तुल्याउने, ग्रामीण पर्यटन उद्योगको विकास र विस्तारका लागि नेपाल पर्यटन बोर्ड वा सरकारी वा सम्बन्धित स्थानीय निकायसंग समन्वय गरी आवश्यक कार्य गर्ने र ग्रामीण क्षेत्रमा पर्यटन व्यवसाय संचालन गर्न अभिप्रेरित गर्न अन्तर्क्रिया, गोष्ठी तथा चेतनामुलक कार्यक्रम संचालन गर्ने यसका प्रमुख उद्देश्यहरु रहेका छन् । समिति, नेपाल सरकार, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको छ ।

 २.   सम्पत्ति विवरण (श्रोत साधन) तथा तिनको अवस्था :

समितिको नाममा दर्ता एवं हकभोग भएको सम्पत्तिको विवरण देहाय अनुसार रहेको छ ।

१.    का.म.न.पा. वडा नं. २२ नयां सडक स्थित ३ आना २ पैसा जग्गामा बनेको रमागृह भवन- हाल समितिले भाडामा लगाईरहेको छ

२.    समितिको नाममा काठमाडौं बौद्ध स्थित करीव १४८ रोपनी जग्गा- हाल तारा गाउं रिजेन्सी होटेल्स लि. लाई ४९ वर्षको लागि पट्टा भाडामा दिईएको छ ।

३.    बौद्ध स्थित अधिग्रहण गरेको जग्ग्गा मध्ये ३ रोपनी १५ आना जग्गा – समितिको कार्यालय भवन तथा आवश्यक       उपयोगकालागि राखिएको छ ।

४.    पर्खाल वाहिरका टुक्रा जग्गा – बौद्ध स्थित तारा गाउं रिजेन्सी होटल्सको कम्पाउण्ड वाहिर टुक्राको रुपमा रहेको करीव १ रोपनी १२ आना जग्गा रहेको छ ।

५.    अतिक्रमित जग्गाहरु – बौद्ध स्थित कि.नं. २२ मा मन्दिर प्रसाद लम्सालसंगको जग्गामा सर्वोच्च अदालतको अन्तिम फैसला अनुसार समितिको हक कायम भएको तर जग्गामा बनेको घर र सो ले चर्चेको जग्गामा मात्र विपक्षीहरुको भोगाधिकार रहने गरी सर्वोच्च अदालतको फैसला भएतापनि निजद्धारा भोगाधिकार पाएको जग्गा बाहेक पनि घर टहरा निर्माण गरी उपभोग गर्दै आईएको छ । यसका साथै कि.नं.२१ को घरजग्गा सम्वन्धमा पनि उपर्युक्त अनुसारकै स्थिति रहेको छ । समितिले उक्त फैसला अनुसार आफ्नो नाममा प्राप्त जग्गामा समेत उपभोग गर्न बाधा परेको छ ।

 

३    तारा गाउं विकास समितिद्वारा सम्पन्न भएका कामहरु वारे छोटो जानकारी :

तारा गाउं विकास समितिले तारा गाउं सांस्कृतिक पर्यटन केन्द्र (तारा गाउं रिजेन्सी होटेल लि.) को स्थापना गर्नुको साथै विभिन्न स्थानमा रिसोर्ट होटल तथा रेष्टुरेण्ट संचालन गर्दै आएको छ ।

  • सामुदायिक ग्रामीण रिसोर्ट विकास योजना ।

  • पर्यटकीय संभाव्यता अध्ययन : कोशी टप्पु, घोपा क्याम्प, वराहक्षेत्र, अन्तुडांडा, अन्नपूर्ण क्षेत्रको ट्रेकिङ्ग रुटहरु, पोखरा आसपासका रोयल ट्रेकहरु, श्रीनगर पाल्पा, रारा ताल, कर्णाली नदी (ऱ्याफ्टीङ्ग), खप्तड क्षेत्र र सुक्लाफांटा (कञ्चनपुर) ।

  • नमुना पर्यटन गाउंको अध्ययन : काडामाण्डौ डोटी, बसन्तपुर तेह्रथुम, धुनषाधाम धनुषा, ताहुं पाल्पा, श्रीअन्तु इलाम ।

  • पर्यटन केन्द्रको अध्ययन (Hub Centre) : महेन्द्रनगर, इलाम र जुम्ला ।

  • ग्रामीण पर्यटन योजनार गुरुयोजना : तर्जुमा पन्चासे, ककनी क्षेत्र नुवाकोट, पनौती क्षेत्र काभ्रेपलान्चोक, वराहक्षेत्र, गलेश्वर, रेसुङ्गा, र कर्णाली ।

  • साना पर्यटन पूर्वाधार विकास आयोजना : वराहक्षेत्र, पनौती ।

 

४.    आ.व. २०६५।०६६ मा सम्पन्न कार्यक्रम हरु :    

क.    होमस्टे (Home -stay Study) अध्ययन :

भिरगाउं (आठपरिया राई) धनकुटा, दोघारे (धिमाल) झापा, तल्लोटार र माथ्लोटार (कुमाल जाती) तुम्लिङ्गटार संखुवासभा, तार्केघ्याङ्ग (तामाङ्ग शेर्पा) हेलम्बु सिन्धुपाल्चौक, थारु, कैलाली, मगर पाल्पा, नंखेल (नेवार वस्ती) भक्तपुर,  रिग्मो वस्ती, डोल्पा, भदौरे तामांगी कास्की, पस्थली काभ्रे, पुटुवार ईचंगुनारायण काठमाण्डौं, मकवानपुर गढी मकवानपुर, तिर्केश्वर महादेव नुवाकोट, साततले गुफा धादिङ्ग ।

ख.    ट्रेकिङ्ग ट्रेल (Trekking Trail Study) अध्ययन :

पोकली झरना, ओखलढुङ्गा-सोलु पदयात्रा मार्ग, दोलखा – गौरीशंकर पदयात्रा मार्ग, खप्तड-मानसरोवर पदयात्रा मार्ग, ग्वाल्लेक -केदार), वैतडी – मालिकार्जुन दार्चुला, रसुवा – लामटाङ्ग, तामाङ्ग पदयात्रा मार्ग, लामिडांडा -भोजपुर – नाम्चे पदयात्रा मार्ग ।

ग.    ट्रेकिङ्ग ट्रेल निर्माण (Trekking Trail Construction) : निर्माण मिति :

लम्जुङ्ग – मनास्लु – अन्नपुर्ण पदयात्रा मार्ग निर्माण, खप्तड – मानसरोवर पदयात्रा मार्ग निर्माण, लामिडांडा – भोजपुर – नाम्चे पदयात्रा मार्ग निर्माण ।

घ.    तारा गाउं विकास समिति नियमावली परिवर्तन :

तारा गाउं विकास समिति नियमावली २०३४ पछि हालसम्म नयां नियमावली बनेको थिएन र हाल नेपाल सरकारको नीति अनुरुप समयानुकुल समावेशी नियमावली बनाई संचालक समितिबाट पारित भई स्वीकृतिका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइ सकेको छ ।

 ५. समितिको नाफा र नोक्सान  स्थिति :

समिति स्वआर्जनबाट संचालन भई रहेको भएतापनि विगत ५ (पांच) वर्ष देखि देहाय अनुसार घाटामा संचालन भएको थियो । तर आ.व.२०६५।०६६ मा आएर नाफा गर्ने संशोधित अनुमान रहेको छ । (यद्यपि वर्षको अन्तिम हिसाव एवं लेखापरीक्षण हुन बांकी नै छ) । यस प्रकार समिति यस वर्ष देखि पुनः आत्मनिर्भरता तर्फ उन्मुख भएको छ ।

आ.व.

नाफा /नोक्सान रु.    

कैफियत

२०६०।०६१

५,३६,६१२।-      

नोक्सानी

२०६१।०६२      

१४,१८,८९४।-    

,,

२०६२।०६३

७,११,४२२।-

,,

२०६३।०६४

३३,५२,७७१।-

,,

२०६४।०६५

३३,४४,६२१।-

,,

२०६५।०६६      

८,४१,०००।-

नाफा

  ६.   समितिको भावि योजना कार्यकम :

नेपालको पर्यटन विकासका सबै पक्षहरु कुनै एक दुई संस्थाको प्रयासबाट मात्र समान रुपले सम्बोधन हुन नसक्ने, अन्य पर्यटकीय क्षेत्रहरुको तुलनामा ग्रामीण पर्यटनको क्षेत्र व्यापक हुनुका साथै भिन्न भिन्न भौगोलिक अवस्थामा रहेका ग्रामीण क्षेत्रहरुमा तत्काल निजी क्षेत्र जान नसक्ने र यस समितिले पर्यटनको क्षेत्रमा लामो अनुभव संगाली सकेको हुंदा ग्रामीण पर्यटनको विकास विस्तारका कार्यक्रमहरु कार्यान्वयन गर्नका निम्ति तारा गाउं विकास समिति उपयुक्त संस्था हुने देखिन्छ । समितिले ग्रामीण पर्यटनको विकास विस्तारका लागि अख्तियार गरेको रणनीति अनुसार, ग्रामीण जनताको सक्रि्रय सहभागितामा ग्रामीण क्षेत्रमा पर्यटनका पूर्वाद्घार खडा गरेर ग्रामीण पर्यटन कार्यक्रमहरु संचालन गर्ने र सो बाट प्राप्त हुने प्रतिफल बढी भन्दा बढी स्थानीय जनताले पाउने गरी ग्रामीण पर्यटन उद्योगको विकास गर्ने रहेको छ । यसको साथै समितिको आम्दानी बढाई स्वावलम्बी संस्थाको रुपमा विकास गर्ने र बदलिंदो परिस्थिति अनुरुप आन्तरिक जनशक्तीको कार्यक्षमतामा बृद्धि गर्ने समेत रहेको छ । यसको लागि आवश्यक कार्यक्रम तयार गरी पर्यटन नीती २०६५अनुरुप यस समितिलाइ ग्रामीण पर्यटनको अग्रणी राष्ट्रीय संस्थाको रुपमा स्थापित गर्नु र चालु वर्षमा नेपाल सरकारबाट प्राप्त हुने बजेटबाट ग्रामीण पर्यटन विकासका पूर्वाधारहरु निर्माण एवं अध्ययन अनुसन्धान गर्ने भावी कार्यक्रम रहेका छन् । 

 

निमानन्द रिजाल                                    ठाकुर प्रसाद देवकोटा

अध्यक्ष                                          सदस्य सचिव

 मिति : २०६६।४।२८

धन्यबाद

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: