RSS

धार्मिक पर्यटनको संभावना : गोरखाको रोट महोत्सव

17 Aug

विनोद ढकाल / रेडियो गोरखा

गोरखनाथलाइ रोट चढाउनुलाइ गोरखालीहरूको महान उत्सवको रूपमा लिन सकिन्छ। खेतीपातीको चटारो सकेर गुरु गोरखनाथलाई रोट चढाउन आउनेहरुका कारण साउन महिनाभर गोरखनाथ मन्दिर क्षेत्र खचाखच भरिन्छ । साउनमा रोट चढाउंदा गुरु गोरखनाथ खुशी हुने, खेतीबाली राम्रो हुने तथा सुखशान्ति प्राप्त हुने जनविश्वासका कारण रोट चढाउन गोरखाका बिभिन्न गाउं र जिल्ला बाहिरबाट समेत सयौं भक्तजनहरु चामलको पिठो बोकेर आएका हुन्छन् ।

साउनमा एकमाना रोट चढाए १ मुरी चढाएसरह पुण्य पाइने विश्वासले भक्तजनहरु यस मन्दिरमा धाउन थालेको सयौं वर्ष भईसक्यो । चामलको पिठोमा घिउ, चिनी र अन्य मरमसला मिसाएर बनाइने रोट पृथ्वीनारायण शाहका पनि गुरु मानिने महायोगी गुरु गोरखनाथलाइ सबैभन्दा बढी मनपर्ने परिकार हो ।

यो महिनामा रोट चढाउन आउनेहरु सबैको उद्देश्य गुरु गोरखनाथलाई खुशी बनाउनु नै रहेको हुन्छ । गुरु गोरखनाथलाई खुशी बनाउन जिल्ला भित्र र बाहिरका भक्तजनहरु बराबरी आउने गरेका छन् । मन्दिर नजिकै ब्यापार गर्दै आउनुभएकी सजना योगी गोरखा र बाहिरबाट बराबरी भक्तजनहरु आएको बताउनुहुन्छ ।

गोरखनाथ र गोरखकाली मन्दिरमा दैनिक पुजा शुरु भएकाले मन्दिरमा भक्तजनहरु सधैंजसो आउने गर्छन् । तैपनि साउनमा मन्दिर क्षेत्रमा भक्तजनको संख्या निकै बढेको ब्यापारीहरुको अनुभव छ । रोट चढाउन आउने भक्तजनहरका कारण साउनमा फूल प्रसादको बिक्री पनि निकै बढेको छ भन्नुहुन्छ फूल, प्रसाद ब्यापार गर्दै आउनुभएकी हरिमाया सिर्मल ।

साउन महिनामा खेतीपातीको काम सकेर भक्तजनहरु गोरखनाथलाई रोट चढाउन आउंछन् । तर यसवर्ष भने समयमा पानी नपरेपछि ढिलागरी खेती लगाउनुपरेकाले अघिल्ला वर्षमाभन्दा भक्तजनहरु घटेको पुजारीहरु बताउंछन् ।

बिभिन्न धार्मिक तथा सांस्कृतिक परम्पराका कारण धार्मिक पर्यटनको प्रचुर संभावना बोकेको गोरखाका धार्मिक सम्पदाहरुको महत्ववारे आवश्यक प्रचारप्रसारको अभावमा यसवारे कतिपय नेपालीहरुलाई अझैसम्म राम्रो जानकारि नभएकाले आन्तरिक पर्यटनको वृद्धि र व्यवस्थापन हुन सकेन तैपनि यसवारे देश विदेशमा प्रचार गर्न सकेमा गोरखा उत्कृष्ट धार्मिक पर्यटन गन्तब्य बन्नेमा दुइमत छैन । 

 
3 टिप्पणीहरु

Posted by on अगस्ट 17, 2009 in HOME

 

3 responses to “धार्मिक पर्यटनको संभावना : गोरखाको रोट महोत्सव

  1. Jeevan Ghale

    अगस्ट 17, 2009 at 10:55 बिहान

    It’s a real fact. I appreaciate this.

     
  2. Gorkhali Sailo

    अगस्ट 17, 2009 at 1:27 बेलुका

    Gorkha ko paryatan ko lagi hami sabai milera kam garnu parchha.

     
  3. laxmiacharya

    अगस्ट 18, 2009 at 11:14 बिहान

    तिमि आउन त आयौ तर अली ढीलो आयौ

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: