RSS

नेपाली भाषालाइ नेपालभित्रै रोक लगाइने

17 Aug

उपराष्ट्रपति परमानन्द झाको शपथ विवादमा सर्वोच्च अदालतको फैसला पश्चात मधेशी जनअधिकार फोरम लगायत केहि मधेशवादी दलहरूको आन्दोलनमा उत्रने धम्कीलाइ समेत उछिन्दै मधेश तराई फोरम नामक एक जातीय पार्टीले शनिबार राजधानीको सञ्चार समूहमा एक पत्रकार सम्मेलन गरि नेपाली भाषामा लेखिएका पत्रपत्रिका र विद्युतीय सञ्चार माध्यम तराईमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। उक्त पत्रकार सम्मेलनमा बाँडिएको वक्तव्यमा नागरिक सर्वोच्चताको नाममा राष्ट्रपतिविरुद्ध आन्दोलन चर्काएको र उपराष्ट्रपतिले हिन्दीभाषामा लिएको शपथको विषयमा विवाद झिकेर मधेशीमाथि खस ब्राम्हणवादी भाषा र संस्कृति लादन खोजिएको भन्दै भदौं ७ गतेदेखि “भाषिक र सांस्कृतिक आन्दोलन”को घोषणा गर्दै राष्ट्रिय पत्रपत्रिका, क्षेत्रीय पत्रपत्रिका र विद्युतीय सञ्चार माध्यम केवल टिभीसमेतलाइ प्रतिबन्ध लगाइने उल्लेख छ।

चिया चमेनाकै लागी भनेपनि कहिं कतै कुनै कार्यक्रम छ भन्ने सुन्नासाथ नेपाली पत्रकारहरू हतारिंदै पुग्छन् भन्ने आरोप खेपीरहेका वेला नामै नसुनिएको सो पार्टिले आयोजना गरेको पत्रकार सम्मेलनमापनि पत्रकारहरू भेला भए, तर विडम्वना तिनै सञ्चारकर्मीहरूलाइ उक्त पार्टिले ‘मधेशमा बिक्री वितरण गर्ने हो भने हिन्दी भाषामा लेखेर ल्याउनू।’ भन्ने धम्किपुर्ण भाषा प्रयोग गरेपछि कतिपय पत्रकारहरू त लुरूक्क परेर फर्केका थिए ।

यसरी खुलेआम संविधानप्रदत्त नागरिक हक अधिकार विरूद्धका कार्यक्रमहरू पत्रकार सम्मेलन मार्फत घोषणा गर्नेलाई वर्तमान कठपुतली सरकारले त केहि गर्न नसक्ला तर विगतमा सामान्य घटनालाइ पनि तिलको पहाड वनाएर आन्दोलनमा उत्रने नेपाल पत्रकार महासंघ तथा आफुलाइ प्रेस स्वतन्त्रताको ठेकेदार संझने अन्य हिमायती संघसंस्थाहरू समेत रहस्यमय ढंगवाट चुपचाप वसेका छन् । हेरौं भावि दिनहरूमा यस आन्दोलनले कस्तो रूप लिनेछ ।    

 

नेपाली भाषामा रोक लगाउने भनी नेपाली भाषामै तयार गरिएको प्रेस वक्तव्य-nepali bhashama rok  

 
१ टिप्पणी

Posted by on अगस्ट 17, 2009 in BLOG, HOME

 

One response to “नेपाली भाषालाइ नेपालभित्रै रोक लगाइने

  1. Vikey

    अगस्ट 18, 2009 at 1:07 बेलुका

    It’s all not more than Nonsence rumor.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: