RSS

यू ए ई मा जनप्रगतिशील मञ्च नै एकिक्रित माओवादीको आधिकारिक संगठन

17 Aug

NPPF-UAEनेपाली जनप्रगतिशील मञ्च यू ए ई को यातायात क्षेत्रमा काम गर्ने सहायक संगठन नेपाली प्रगतिशील यातायात मजदुर मञ्चको आयोजनामा यही अगस्त १४ गते दुबइमा दुबै मञ्चका केन्द्रिय समिती तथा क्षेत्रीय समितीका पदाधिकारी र अन्य अगुवा कार्यकर्ता बिच एक बृहद अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

यातायात मजदुर मञ्चका अध्यक्ष शम्भु कुमार वाइबाको अध्यक्षतामा सम्पन्न उक्त अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एकिक्रित माओवादीका नेता, संबिधानसभाका सभासद तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालीकराम जमकट्टेलले प्रबासमा जति पनि उक्त पार्टीका भातृ संगठन छन्, ति सबै जनप्रगतिशील मञ्चकै नामले क्रियाशिल रहेको र यहाँको हकमा पनि संगठन, संघर्ष र सम्मेलनले जनप्रगतिशील मञ्च नै आधिकारिक संगठन भएकोले अरु कुनै संगठन भातृ संगठन हुन सक्दैन भन्दै सबै कार्यकर्तालाई ढुक्क भएर अगाडि बढ्न निर्देशन दिनु भयो। उहांले मन्तव्यका क्रममा यदी अरु कसैले भातृ संगठन हो भन्छ भने उनिहरुको निती र कार्यक्रम सहि भएमा जिम्मेबार पूर्वक रुपान्तरित भएर मुल संगठनमा आउन पनि चेताबनी दिनुभयो।

सो अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी, तथा लोकप्रिय मजदुर नेता शालीकराम जमकट्टेलले रोजगारिको सिलसिलामा प्रबासमा आएर पनि सिंगो नेपाली क्रान्तिको लागि नेपाली जनप्रगतिशील मञ्चले गरेको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आभार ब्यक्त गर्नु भयो। पत्रकारहरुलाई गरिएको सम्मान र पत्रकार साथीहरुबाट ब्यक्त बिचारबाट आफुलाई गौरबको अनुभुती भएको बताउदै उहांले अगाडी भन्नुभयो – “हाम्रो पार्टीले बोकेको लक्ष्य र सिद्धान्तप्रती तपाईंहरुमा भएको चासो र कसरी सहयोग गर्न सकिन्छ भन्ने जुन उत्साह छ त्यसले नेपाली कम्युनिष्ट आन्दोलनको जित सुनिश्चित छ भन्ने पुस्टि गर्दछ।” वहाँले अहिले मुलुकको राजनीतिक अवस्था कसरी अघी बढेको छ र एकिक्रित नेकपा माओवादीले कस्तो भूमिका खेलेको छ भन्ने बिषयमा प्रस्ट पार्दै भन्नुभयो – “अहिले मुलतः दुई प्रकारका प्रवृत्तीहरु एक गणतन्त्रलाई मजदुर किसान र शोषित पीडित तथा श्रमजिबी जनताको अधिकार सम्पन्न नबनाउने गरी मुलुकमा नाम फेरिएका अरु ज्ञानेन्द्रले उही पुरानै सामन्ती शासन गर्ने यथास्थितीबादी चरित्र र अर्को देशमा आमुल परिवर्तन गर्दै शोषित पीडित किसान मजदुर र श्रमजिबी जनताको अधिकार सुनिश्चित गर्न चाहने क्रान्तिकारी प्रवृत्ती सँगसंगै गएकाले यि दुई बिच एकदम गहिरो तथा भीषण संघर्ष र टकराबको स्थिती रहेको छ।” सो अवसरमा उहांले एनेकपा माओवादीले जनयुद्धलाई बैचारिक युद्धको रुपबाट सञ्चालन गरेको र अहिले पार्टीले भिडन्त होइन शान्ती चाहेको बिचार ब्यक्त गर्दै भन्नुभयो- “हामीले अहिले भिडन्त चाहेका छैनौं तर, अब गर्नु पर्‍यो भने जित्नेगरी हुनेछ” उहांले त्यतिबेला जनबिरोधीहरु सबै बढारिने ठोकुवा पनि गर्नु भयो।

उहांले क माओको भनाइ स्मरण गराउंदै भन्नुभयो – “पार्टीको राजनीतिक कार्यदिशा सहि हुनुले सबै कुराको सुनिश्चितताको निर्धारण गर्दछ। कार्यदिशा सहि भए कार्यकर्ता, सेना र जनता आफै बन्दछन तर गलत भए ति सबै भएका पनि गुम्दछन। पार्टी बिशेष कारणबस सत्ताबाट बाहिरिंदा पनि माओवादी पार्टी प्रतिको आस्था र विश्वाश झन बढेको छ।” उहांले यही कारणले नै अहिले बिभिन्न पार्टीका नेता सभासद तथा कार्यकर्ताको गन्तब्य एकिक्रित माओवादी बनेको हो भन्दै ठोस् परिस्थितीको ठोस् बिश्लेशण गरेर चालिएको जनयुद्धले नै मुलुकलाई गणतन्त्र सम्म ल्याएको बताउनुभयो । सो अवसरमा उहांले कांग्रेस र एमालेलाई गणतन्त्रबादी बनाउने पनि जनयुद्ध नै हो भन्नुभयो।

अन्तर्क्रिया कार्यक्रममा उपस्थित बिशेष अतिथी तथा अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष जगत सिम्खडाले आफ्नो मन्तब्य राख्दै जनप्रगतिशिल मञ्च र यसको सहायक संगठन नेपाली प्रगतिशिल यातायात मजदुर मञ्चले बिगतमा चाहे त्यो मानब तस्कर बिरुद्धको अभियान होस, चाहे त्यो राष्ट्रियताको सबाल होस या नागरिक सर्बोच्चता, जनतन्त्र जनजिबिका अथवा स्थानिय स्तरमा समाजसेबामा खेलेको भूमिकाको चर्चा गर्दै बर्गिय मुक्ती आन्दोलन जुनसुकै देशमा गएपनी यदी त्यो सहि बिचारले ओतप्रोत छ भने गर्न सकिने र सम्भब भएको स्पस्ट पार्नुभयो । उहांले विश्वको जुनसुकै भुगोलमा रहेपनि, जहाँ भएपनी बर्गिय मुक्ती आन्दोलनमा एकै ठाउँ लामबद्ध र एकाकार छौं भन्दै भुगोलले हामीलाई नजिक र टाढा नबनाउने बिचार ब्यक्त गर्नु भयो। मुलुकको बर्तमान राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै उहांले भन्नुभयो – “हामीले अहिलेसम्म हजारौं घुम्तिहरु पार गर्दै आएका छौं तर अहिले एक यस्तो निर्णायक तर जोखिम पूर्ण घुम्तिमा आएका छौं कि यसलाई सचेततापूर्वक अगाडि बढाउन सकियो भने देशको भबिश्य एक सुरक्षित गन्तब्यमा पुग्छ तर यदि सकिएन भने हामी फेरी ईतिहासमा हजारौ फीट तल खाडलमा झर्नेवाला छौं, यसको मतलब हामी दुर्घटनामा पर्दैछौं। त्यो दुर्घटनाबाट बचाएर फेरी यही स्थितिमा पुराउन अरू दशकौं लाग्न सक्छ। जुनसुकै मुल्य चुकाएर भए पनि समुन्नत नेपाल बनाउनको निम्ती श्रमजिबी बर्गको पसिना र श्रमको कदर गर्ने नयां नेपाल निर्माणको निम्ती आज हजारौंको बलिदानी गर्न परे पनि नेपाली क्रान्ति तयार छ। यस अवस्थामा हामी गम्भिर बनेर पहलकदमी लिन सकेनौ भने जिन्दगी भर पछुताउनु भन्दा अरु केही हुने छैन।” जनयुद्ध अहिले पनि जारी रहेको जिकिर गर्दै उहांले युद्धको समयमा भौतिक हतियारले दुश्मनको किल्लामा धाबा बोल्थ्यौं भने आज शान्ती प्रक्रियामा आएको बेला बैधानिक र बैचारीक हतियारले हमला गरी रहेका छौं भन्नुभयो । उहांले भोली नेपाली क्रान्तिले माग गरे अथवा सामन्तबाद र बिस्तारबादले घेरा हाल्दै लगेमा पुनः बन्दुक उठ्ने चेताबनी समेत दिनु भयो।

सो अवसरमा नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष दुर्गादत्त पोखरेलले आफ्नो मन्तब्यका क्रममा मञ्चका विरूद्ध अनावश्यक भ्रम छर्दै हिंड्ने अराजक तत्वहरुलाई यस ऐतिहासिक कार्यक्रम र यहाँ उपस्थित पार्टीका जिम्मेबार नेताको भनाइले उनिहरुको हैसियत मरुभुमिमा पुराइदिएको छ भन्दै अब संगठनमा थप गती र उत्साह आउने बिचार ब्यक्त गर्नुभयो। कार्यक्रमको बिच बिचमा जन कलाकारहरुले गीत संगीतबाट मनोरञ्जन र क्रान्तिकारी उत्साह थपेका थिए।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रको पहिलो चरणमा नेपाली जनप्रगतिशील मञ्चको तर्फबाट प्रबासमा रहेर बिभिन्न कठिनाईका बाबजुद पनि पत्रकारितालाई निरन्तर अगाडि बढाउदै न्यायपूर्ण आन्दोलनमा सहयोग गर्दै आएका, बिशेष गरी मानब तस्कर बिरुद्धको अभियानमा सक्रिय सहभागी हुँदै आएका बिभिन्न पत्रकारहरुलाई सभासद तथा मजदुर नेता शालीकराम जमकट्टेलले सम्मान गर्दै सम्मानित ब्यक्तित्वहरुलाई कदरपत्र हस्तान्तरण गर्नु भएको थियो। यसरी सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ यु ए ई सम्पर्क शाखा अध्यक्ष जाकिर हुसैन, उपाध्यक्ष खेमनाथ पौड्याल, सचिब शंकर ज्ञवाली, स्वतन्त्र पत्रकार निमेश गिरी, ईनेपाली अनलाईन डट कमका सञ्चालक अर्जुन दाहाल, पत्रकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सभापति बालचन्द्र पोखरेल रहेका छन। त्यस्तै संगठनको प्रतिनिधित्व गरेर नेपाली समाजका सचिब उत्तम अधिकारी र गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यू ए ई का उपाध्यक्ष चन्द्र रोकाहालाई सम्बन्धित संस्थामा खेलेको भूमिकाको कदर गर्दै वहाँहरु दुबै जनालाई पनि सम्मान गरियो। सम्मानित ब्यक्तित्वहरु मध्ये जाकिर हुसैनले आफ्नो मन्तब्य राख्दै मानब तस्कर बिरुद्ध लेखिएका समाचारको कारण आउने धम्किहरुको स्मरण गर्दै जनप्रगतिशील मञ्चले खेलेको भूमिकाको प्रशंशा गर्नु भयो। सो अवसरमा उहांले फेरी पनि मानब तस्करहरुको चलखेल बढन थालेको संकेत गर्दै चनाखो भएर लाग्न सल्लाह दिनु भयो। 

अर्का सम्मानित ब्यक्तित्व बालचन्द्र पोखरेलले आफ्नो मन्तब्य राख्दै हालैका दिनमा आफ्नो संस्थाको लेटर हेड चोरी गरेर आफ्नै किर्ते हस्ताक्षर गरी महामहिम राजदुत प्रती लेखिएको समाचारले आफुलाई निकै मर्माहत वनाएको बताउंदै यस घटनामा पनि यहाँका मानब तस्कर र केही फटाहाहरुको हात रहेको आशंका गर्नुभयो । उहांले हरेक बिकृति र बिसंगतिका बिरुद्ध अघी बढदै आएको जनप्रगतिशील मञ्चले यस बारेमा पनि अनुसन्धान गरी आफुलाई न्याय दिलाउन समेत आग्रह गर्नु भयो।

स्थानीय समय अनुसार दिउसो १ बजे देखी शुरु भै सांझ ६ बजेसम्म चलेको उक्त कार्यक्रमको सञ्चालन मञ्चका महासचिब रमेश बेल्बासे र स्वागत भाषण सचिब तारा न्यौपानेले गर्नु भएको थियो।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 17, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: