RSS

पुर्व कम्लहरीहरू अव बैंक सञ्चालनमा

18 Aug

गोविन्द खड्का / देउखुरी

जमिन्दारको घरमा नौ वर्षसम्म कम्लहरी बसेर जिवन बिताएकी कमला चौधरीले अहिले बैक सञ्चालन गर्छिन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर, अचम्म मान्नुपर्दैन देउखुरी सोनपुर नर्तिकी कमला चौधरी अहिले लमहीको एउटा पक्की घरभित्र घुम्ने कुर्सीमा बसेर बैंक खाताहरू कोरिरहेको अवस्थामा भेटिन्छिन् ।

उनलाई एफएनसी नामक संस्थाले जमिन्दारको घरबाट छुटाएर स्कूलमा पढाउन थालेपछि अहिले उनी लावाजुनी (नयां जुनी) ऋण तथा वचत सहकारी संस्थाको नेतृत्व सम्हाल्ने हैसियतमा पुगेकी हुन्। कमलाले अहिले उक्त संस्थाको सचिव पद सम्हाल्दै आइरहेकी छिन् ।

कमलामात्र होइन, उनीजस्तै २५ जना पूर्वकम्लहरीहरूले अहिले सो संस्था चलाइरहेका छन्। अहिले १ सय १९ जना शेयर सदस्यहरू रहेको सो संस्थाले आयआर्जनका लागि महिलाहरूलाई ऋण उपलब्ध गराउंदै आएको छ। बैंकबाट ऋण लिएर धेरैले आयआर्जन बढाएको कमला वताउंछिन्। सुनपरुकी बसन्ता पोख्रेलले त्यहिंबाट १० हजार रूपैयां लगेर ४ वटा खसी किनेकी छिन्, उनले ऋण पनि आधा तिरी सकिन्। यस्तै सिसहनिया बगरपुरकी कविता चौधरीले १५ हजार लगेर तरकारी खेती गरी ६ महिनामै आधाभन्दा बढी ऋण तिरिसकेको कमलाले बताइन्। त्यसैगरि नर्तिकी सीमा चौधरीले त्यहिंबाट पैसा लिएर बंगुरपालन व्यवसाय चलाउंदै आएकी छिन्। उत्पादनमुखी व्यवशायदेखि सदस्यहरूलाई व्यवस्थित चर्पीको प्रयोगसम्मका कुरा पनि सिकाउंदै आएका उनीहरू अहिले समाजका एक उदाहरणीय पात्र बनेका छन् ।

पूर्व कम्लहरीहरू मध्ये कमलाको उमेर अहिले २१ वर्ष भयो। ७ वर्षको उमेरबाट बाबुआमा छोडेर साहुको घरमा बस्न थालेकी कमला आफ्नो पढ्ने लेख्ने उमेरका ९ वर्षहरू साहुकै घरमा काम गरेर वितेको बताउंछिन्। एउटा ऐतिहासिक माघी पर्व जसले कमलालाई अरु बेला जस्तै पुनः बन्धक बन्न जमिन्दारको घरमा फर्केर जानु परेन। त्यसबेला उनले आफु बन्धन मुक्त भएको अनुभव गरिन्। “एफएनसी संस्थामा काम गर्ने कृष्ण दाइले यो संस्थाले राम्रो सहयोग गर्छ, स्कूल पढ्न जाउ राम्रो मान्छे बन्न सकिन्छ भन्नुभयो त्यसैको सहयोगबाट म स्कूल जान थालें” कमलाले बताइन्। एकैचोटी ४ कक्षामा भर्ना भएकी कमला अहिले ९ कक्षामा पढ्छिन्। ४/५ वर्षमा गर्ने काम १६/१७ वर्षमा शुरु गरेपनि बन्धनबाट मुक्त भएकोमा खुशी हुंदै कमलाले भनिन् ‘उमेरका कारण अरुभन्दा पछि परेपनि शिक्षा पाउने कुरामा उमेरले पछि पार्दो रहेनछ, मैले उत्साहका साथ निरन्तर पढिरहेकी छु ।’

उनी जस्तै संस्थाकी अध्यक्ष मञ्जिता चौधरी पनि अहिले ११ कक्षामा पढ्दैछिन्। २५ जना सदस्य रहेको सो संस्थामा कतिले स्कुलमा पढदै छन् त कतिले सिप सिकेर मैनबत्ती, बांसका वस्तुहरू बनाउने तथा मेदी उत्पादन गरेर आत्मनिर्भर वनेका छन्। उनीहरू सबै पूर्व कम्लहरीहरू भएकाले आफूहरू अहिले प्राप्त गरेको नयां जीवन संस्थाको नाम पनि आफ्नै भाषामा “लावाजुनी” भनेर राखेका हुन् ।

अहिले उनीहरूले सहकारी बचतमा बैंकमा पैसाको कारोबारमात्र नभई ३ वटा कोठा भाडामा लिएर मेदी लगायतका वस्तुहरू खरिद गर्ने गोदाम बनाएका छन्। उनीहरू कांचोलाई २० र सुकेकोलाई ५० रूपैयां प्रतिकिलोका हिसाबले खरिद गर्ने गरेका छन्। साझा मञ्चले दिएको मेसिनले क्षमताअनुसार पिस्न नपाएको भएपनि पिस्नको लागि उनीहरूको आफ्नै मेसिन छ। बाटोमा समेत हुने मेदी चेतनाको अभाव वा प्रचारको कमीले गर्दा उत्पादन गर्न नसकेको उनीहरूको अनुभव छ। यद्यपी यसको उत्पादनमा आकर्षण बढेपछि ग्राहकलाई सन्तुष्ट पार्न सकिने उनीहरूको ठम्याई रहेको छ ।

कमलाले सानो ठांउमा नर्सरी राखी मेदी उत्पादन गरेर १० हजार ८ सय ५० रूपैयां कमाउन सकेको भन्दै उनीले यो व्यवसाय आफ्नो आयआर्जनको मुख्य श्रोत भएको बताइन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 18, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: