RSS

संवैधानिक समितिको चुनाव सम्वन्धि परिदृश्यहरू

18 Aug

नयां संविधान निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको संवैधानिक समितिलाई समेत सत्तापक्ष र प्रतिपक्ष बनाउंदै दलहरुले देशको राजनीति झन् पछाडी धकेलिरहेका छन् । यसकै फलस्वरूप संवैधानिक समितिको सभापति पदका लागि हिजो सोमवार हुने भनिएको चुनाव भाद्र १२ गते शुक्रवार सम्मको लागी सार्ने निर्णय गरियो ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता साझेदार नौ दलको बैठकमा प्रधानमन्त्री माधव कुमार नेपालले एकिकृत माओवादीलाई समेत सहमतिमा ल्याएर अघि बढ्न बैठकमा राखेको प्रस्ताव विरूद्ध नेपाली काङ्ग्रेस, फोरम लोकतान्त्रिक लगायतका दलहरुले सत्ता साझेदार दलहरुबाटै सभापति चयन हुनुपर्ने अडान राखेपछि सो वैठक निष्कर्षविहीन भएको थियो भने संवैधानिक समितिको सभापति पदमा समर्थन जुटाउन प्रयास जारी राखेको माओवादीले शनिबार नै फोरम, नेकपा एकीकृत, सद्भावना लगायतका साना दलहरुसंग गरेको छलफलमा ती दलहरुले माओवादीबाट सभापति हुनु अहिले देशको आवश्यकता रहेको सुझाव दिएका थिए ।

त्यसपछि शनिबार नै वसेको प्रमुख तिन दलका शीर्ष नेताहरुको संयुक्त वैठकमा माओवादी र कांग्रेस बीचको अडान कायमै रहेपछि वैठकले प्रधानमन्त्रीको भारत भ्रमणपछि थप छलफललाई निरन्तरता दिएर सहमति जुटाउने प्रयास गर्ने गरी चुनाव सार्ने निर्णय गरेको एकिकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को भनाइ थियो। शनिबार नै तीन दलका सचेतकहरुले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई भेटेर ३ दलको निर्णयवारे जानकारी पनि गराएका थिए ।

सत्तामा नरहेको र संविधानसभाको सबैभन्दा ठूलो दलको हैसियतले एकीकृत माओवादीले सो सभापति पद निर्विवाद रूपमा पाउनुपर्नेमा कांग्रेसले दावी गरेपछि एमाले अहिले गम्भिर संकटमा फसिरहेको छ। अध्यक्ष झलनाथ खनाल पक्षधर जसरी पनि माओवादीलाई समेटेर लैजानुपर्ने र त्यसका लागि माओवादीलाई नै सभापति दिनुपर्नेमा सहमत भइसकेका छन् भने पार्टीभित्रकै अर्का प्रभावशाली नेता केपी ओलीले खुलेरै कांग्रेसको समर्थन गर्दै माओवादीलाई सभापतिको पद दिन नहुने बताउंदै आएका छन्। उता माओवादी र कांग्रेस आ-आफ्नै अडानमा रहेका छन्। यसो हुंदा आपसी सहमति हुन नसकी चुनाव गर्नैपर्ने अवस्था आएमा एमाले पनि स्पष्टरुपमा दुई ध्रुवमा कित्ताबन्दी हुनुको विकल्प छैन। यसले एमालेभित्र ठूलै भुकम्प ल्याउने र त्यसको कम्पनले वर्तमान सत्ता गठबन्धन समेत संकटमा पर्ने सम्भावना बढिरहेको छ। यदि त्यसो भएमा वर्तमान सत्ता समीकरण बदलिएर माओवादीले भन्दै आएको माओवादी नेतृत्वको राष्ट्रिय संयुक्त सरकारको सम्भावना पनि बढिरहेको छ ।

तर संविधानसभाको चुनावबाट सबैभन्दा ठूलो जनमत पाएर नयां संविधान निर्माणको मुख्य जिम्मेवारी पाएको माओवादीलाई सत्ता साझेदार दलकै व्यक्ति सभापति हुनुपर्ने भन्दै नयां संविधान निर्माणको नेतृत्व गर्नवाट पाखा लगाउने खेल भयो भने जनताको संविधान बन्ने नभई देशमा ठूलो दुर्घटना आउने कुरा निश्चितप्रायः छ ।

 
3 टिप्पणीहरु

Posted by on अगस्ट 18, 2009 in BLOG, NEWS

 

3 responses to “संवैधानिक समितिको चुनाव सम्वन्धि परिदृश्यहरू

  1. एक्लो मन

    अगस्ट 18, 2009 at 1:05 बेलुका

    संविधानसभाको चुनावबाट सबैभन्दा ठूलो जनमत पाएर नयां संविधान निर्माणको मुख्य जिम्मेवारी पाएको माओवादीलाई सत्ता साझेदार दलकै व्यक्ति सभापति हुनुपर्ने भन्दै नयां संविधान निर्माणको नेतृत्व गर्नवाट पाखा लगाउने खेल भयो भने जनताको संविधान बन्ने नभई देशमा ठूलो दुर्घटना आउने कुरा निश्चितप्रायः छ ।
    I Like This.

     
  2. Anjita

    अगस्ट 18, 2009 at 1:06 बेलुका

    Yo 3rd janaaandolan ko lagi ramro pristhabhumi huna sakchha.

     
  3. zunky

    अगस्ट 18, 2009 at 1:09 बेलुका

    Yo UML ko दहिचिउरे Niyat rahunjel samma desh le Naya fadko marna sakdaina.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: