RSS

जनमुक्ति सेना नेपाल, सातौं डिभिजन, तालबन्द कैलालीको प्रेस विज्ञप्ती

19 Aug

प्रेस विज्ञप्ती


 

सर्वहारा वर्गको खातिर जनमुक्ति सेना नेपालको गौरवशाली संगठन सबै खाले मानविय उत्पिडनका विरुद्ध र राष्ट्रियताको रक्षाको निम्ति दश वर्षिय महान जनयुद्धको प्रकि्रयामा निर्माण भई एकात्मक सामन्ति कुलिन राजतन्त्रका विरुद्धमा र नेपाली जनताको सम्मुनत संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको निम्ति जीवन मरणको संघर्षबाट विजय भई आएको हो । गरिब र गाउँले जनताहरुलाई आºनो आत्मा भन्दा प्यारो ठानि उनीहरुकै सम्मान स्वतन्त्रताकॊ युद्धमा अतुलनिय भुमिका निर्वाह गरेको कुरा कसैले पनि लुकाई छिपाई गर्न सक्ने भौतिक वस्तु जस्तो छैन । यो त सर्वहारा वर्गको स्वतन्त्रताको वास्तविक संघर्षको सिद्धान्त हाम्रो देशमा जिवित रुपमा खडा भइसकेको छ ।

व्यारेक भन्दा करिब एक किलोमिटर टाढा पर्ने उक्त गाउँमा जनमुक्ति सेनाका सदस्य शिखर बुढा पर्वत नन्दबादुर साउद लखन तरकारी खरिद गर्न जादा एउटा नास्ता पसल चिया नास्ता खाइरहेका वेला केही व्यक्तिले रोग ल्याउने माओवादी गाउँमा आए भन्दै आक्रमण गरी निर्घात कुटपीट गरे उनीहरु समयामा नआएपछि खोजिमा ७ जना अरु सदस्य गएका किन पिट्यौ भन्दा गाउँले र खोजिमा गएकाहरुबीच समान्य भनाभन र धकेला धकेल मात्र भएको हो । हाम्रा सदस्यलाई कुटपीट गर्ने स्थानिय व्यक्ति जनमुक्ति सेनाको व्यारेकमा आफै आई हाम्रो गल्ती भयो मिलाउनु पर् यो समेत भनेपछि घटना सम्य भएको थियो । घटना यस्तो हुँदा हुँदै जनमुक्ति सेनाको बदनाम गर्न मदिरा सेवन गरी आक्रमण गरेको भन्ने झुटो प्रचार गरेकोमा जनमुक्ति सेना गहिरो दुःख ब्यक्त गर्दछ ।अन्तमा जनताले निर्माण गरी हुर्काएको आफ्नै जनमुक्ति सेनाले जनताको अपमान गर्ने र अधिकार माथि आँच आउने काम गर्न कहिल्यै सक्दैन बरु जनताकै साथमा रहेर शान्ति र संविधानको निम्ति जिम्मेवारी पुर्वक आफ्नो भुमिका निर्वाह गर्न तयार रहेकॊ प्रतिबद्धता दोहोर् याउन चाहन्छौं ।

नेपाली जनताको शान्तिप्रतिको उच्च चाहना र राष्ट्रको ऐतिहासिक आवश्यकतालाई मध्य नजर गरी निर्माण भएको १२ बुँदे सहमतिको बिकसित रुप राजनैतिक सहमति र वृहत शान्ति समझौता नेपाली जनताको शान्तिपूर्ण तरिकाले संविधान सभाको निर्वाचन मार्फत निर्माण हुने जनसंविधान प्रति उच्च जिम्मेवारी र बफादारीताको पालना गर्दै २०६३ मंसिर ५ गते देखि अस्थायी ब्यारेकमा बस्दै आएको कुरा सर्वविदितै छ । यो जनमुक्ति सेनाको चाहना होइन नेपाली जनताको इच्छा र राष्ट्रिय उच्च आवश्यकतालाई आत्मसात गरी शान्तिको निम्ति ब्यारेक भित्र भौतिक र सैद्धान्तिक हिसाबले जनमुक्ति सेनाले निकै दुःख पूर्ण जीवन काटिरहेको कुरा पनि अबगत गराउन चाहन्छौं । शान्ति समझौता र राजनैतिक सहमतिलाई पालना गर्दै जनसंविधान निर्माणको लागि दृढतापुर्वक ब्यारेकमा बसिरहेको जनमुक्ति सेनालाई देखेर शान्ति विरोधि संविधान विरोधिजनतालाई अधिकार समपन्न गर्न नचाहने युद्धका पक्षधरहरु जनसेनालाई उत्तेजित र आक्रोशित बनाएर शान्ति भाड्न लगाउने षड्यन्त्र गरिरहेका छन् । यो गतिविधिले जनमुक्ति सेना कुनै पनि हालतमा उत्तेजित र आक्रोशित हुदैन् । बरु शान्ति र संविधान विरोधि तत्वहरुको धारासायीको निम्ति जिम्मेवार पुर्वक जनताको पक्षमा उभिएर शान्तिलाई तार्किक निष्कर्शमा पुर् याउन सचेततापुर्वक लागिपरॆको कुरा पनि जानकारी गराउन चाहन्छौ ।

यहि पृष्टभुमिमा २०६६ साउन २९ गते कैलालीको निगाली गा।वि।स।-१ भक्तपुरकोमा ३६ जना जनतालाई बहुविर योद्धा स्मृति व्रिगेड सहजपुरबाट गएका २०० जनसेनाले कुटपिट गरेका भन्ने २०६६ भाद्र १ को अन्नपूर्ण पोष्ट दैनिक लगायत केही मिडियामा प्रकाशित र प्रसारित समाचारप्रति डिभिजनको गम्भिर ध्यानाकर्षण भएको छ । यस्तो कपोकल्पित तथ्यहिन भ्रमात्मक कुप्रचारप्रति जनमुक्ति सेना नेपाल सातौं डिभिजन घोर आपत्ति ब्यक्त गर्दछ । साथै सम्बन्धित पक्षलाई यस्तो शान्ति विरोधी प्रचारमा नलागी सत्य तथ्य बुझेरमात्र समाचार बनाउन डिभिजन अनुरोध गर्दछ ।

का.वा. कमाण्डर

सातौं डिभिजन

जनमुक्ति सेना नेपाल

 

धन्यवाद

………………

जीवन

 

 
2 टिप्पणीहरु

Posted by on अगस्ट 19, 2009 in PRESS REALESE

 

2 responses to “जनमुक्ति सेना नेपाल, सातौं डिभिजन, तालबन्द कैलालीको प्रेस विज्ञप्ती

  1. ramkumarbaram

    अप्रील 19, 2010 at 8:45 बेलुका

    kam chhaina 3000 ma pariyo? parchanda kha chha madhav nepal k vanchha talab payao ghara jana pardhaina?ladai kaila dhakhi garana ho .riphal kati chha.

     
  2. Sujan Aryal

    सेप्टेम्बर 27, 2010 at 5:45 बेलुका

    thik 6 yesti hunu parne thyo
    k garne chorharu chalkhel gardi chan ta

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: