RSS

नेपाल प्रहरि पछि अव सशष्त्रमा पनि पार्का ज्याकेट काण्ड

19 Aug

नेपाल प्रहरीमा यतिखेर पार्का ज्याकेट काण्डका वारेमा व्यापक छानविन भइरहेको छ । यसवारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरि परेको भएपनि अख्तियारले कुनै निर्णय भने लिइ सकेको छैन। न्यूसिद्ध देउराली ट्रेडर्स र पिस नेपालको नामबाट नेपाल प्रहरीमा पार्का ज्याकेट काण्डमा घोटाला भएको भन्दै उजुरी परेको थियो।

अहिले सोहि कम्पनिले नक्कली कागजात पेश गरी अनियमित तरिकाले ठेक्का हात पारेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेपछि सशस्त्र प्रहरीमा पार्का ज्याकेट सप्लाई गर्न लागेका काजी शेर्पाको कम्पनीमाथी छानविन हुने भएको छ। सशस्त्र प्रहरीलाई शेर्पाको कम्पनीले पार्का ज्याकेट ल्याउने प्रकृयामा रहेको छ भने भुक्तानी समेत भइसकेको छ। उनको कम्पनीले प्रति पार्का ज्याकेट १६ सयका दरमा सप्लाई गर्ने भनिएको ज्याकेटको गुणस्तर एकदमै निम्नस्तरको भएकाले पुनः परिक्षण हुनुपर्ने कुरा अख्तियारमा परेको उजुरीमा उल्लेख छ।

यसअघि नै नेपाली सेनाको कालो सूचिमा परेका शेर्पा आउटडोर प्रालिका मालिक काजी शेर्पाले नयाँ नयाँ कम्पनी खोल्दै अरुकै नामबाट टेण्डर हाल्ने गरेको तथा अहिले पनि उनकै कम्पनीले एसजीएस रिपोर्ट समेत नक्कली पेश गरि अवैध तरिकाबाट टेण्डर हात पारेकाले सम्पूर्ण कागजात सशस्त्र प्रहरी बलबाट झिकाई छानविन गर्ने प्रकृयामा अख्तियार अगाडि बढेको वताइएको छ।

शेर्पाले नेपाल प्रहरीमा पार्का ज्याकेट सप्लाइ गर्न दुइवटा नक्कली कम्पनी खडा गरी आफ्नै नामबाट वैंक ग्यारेन्टी दिएको तथा सशस्त्र र नेपाल प्रहरीमा पार्का ज्याकेट सप्लाइ गर्न टेण्डर हाल्ने पिस नेपाल तथा न्यू सिद्ध देउराली ट्रेडर्सलाई पनि वैंक लिमिट वनाउँदा शेर्पा ग्यारेन्टी बसेको रहस्य नविल बैंकबाट खुलेपछि निज शेर्पाले खेलेको षड्यन्त्रको खेल पर्दाफास भएको हो। यद्यपी तीनवटै कम्पनीमा बैंक ग्यारेन्टी बसेका शेर्पाले भने बैंक ग्यारेन्टी बसेको स्वीकार्दै सशस्त्र प्रहरीको पार्का ज्याकेट काण्डमा कुनै पनि अवैध खेल नभएको बताएका छन्। उनले कम्पनी आफ्नै भएपनि शेर्पा आउटडोर प्रालिले नभई अन्य कम्पनीले सशस्त्र प्रहरीमा पार्का ज्याकेट सप्लाइ गर्न लागिरहेको बताए। नेपाल प्रहरीमा पनि पार्का ज्याकेट सप्लाई गर्न टेण्डर हाल्ने पिस नेपाल र न्यू सिद्ध देउराली कम्पनीसँग चिनजानका हिसावले बैंक ग्यारेन्टी दिएको उनको दावी छ।

यता नेपाल प्रहरीमा पार्का ज्याकेट सप्लाई गर्न टेण्डर पाएको अर्को कम्पनी आनन्द ट्रेडर्सले सम्पूर्ण प्रकृया कानुन सम्मत अगाडि बढेकाले कुनै पनि कमि कमजोरी नभएको बताउँदै आएको छ भने टेण्डर रद्द भएमा नेपाल प्रहरीको बजेट फ्रिज हुनेमात्र नभइ पुष माघमा पनि सम्पूर्ण प्रहरीले ज्याकेट विना नै काम गर्नुपर्ने वाध्यता थपिने भएको छ ।

 
2 टिप्पणीहरु

Posted by on अगस्ट 19, 2009 in NEWS

 

2 responses to “नेपाल प्रहरि पछि अव सशष्त्रमा पनि पार्का ज्याकेट काण्ड

  1. हुंकार वि क

    अगस्ट 19, 2009 at 1:20 बेलुका

    jo pani ghusai khane ta hun ni Nepal Army hos Armed Force hos ya Police force hos Kamisan khana paine aaswasan paye hola ani thekka usailai diye . Ani Kamisan khana napaune le chahin ujuri halyo . Bas kahani yehi ho. Samachar j lekhnus.

     
  2. साइनी

    अगस्ट 19, 2009 at 1:24 बेलुका

    यो घुसकाण्ड अहिलेमात्र होइन पहिलेदेखी नै भइरहेको हो तर अहिले भागवण्डा नमिलेर मात्र यो कुरा वाहिर निस्केको हो । कुनै नयां विषयवस्तु नै होइन यो तर यसपालीको जाडोमा विचरा पुलीसहरू विना ज्याकेट वस्नुपर्ने भो ।

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: