RSS

राजधानी दैनिकमा आन्दोलनको तयारी

21 Aug

राजधानी दैनिक व्यवस्थापनले श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई वैधानिक रूपमै निस्काशन गर्ने नयां नीति लिएको भन्दै त्यहां कार्यरत पत्रकार र कर्मचारीहरूले आन्दोलनको तयारी गरिरहेका छन् । झण्डै दुई महिनाअघि मात्रै प्रधानसम्पादको रूपमा राजधानी दैनिकमा छिरेका युवराज घिमिरेको योजनामा व्यवस्थापन पक्षले त्यहां कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई वैधानिक रूपमै फाल्न अहिले जबरजस्ती करार नियुक्तिको शुरुवात गरेको आरोप लगाइएको छ ।

व्यवस्थापनले पत्रकार तथा कर्मचारीहरूलाई करारमा दिइन थालेको नियुक्तिपत्र अहिले पत्रिकाको सम्पादन विभाग र प्रेस विभागले लिन इन्कार गरेको छ भने मार्केटिङ विभाग र केहि कामचोर पत्रकारहरूलाई कार्यकारी अधिकृत डोलेन्द्र थापाले जबरजस्ती भिडाइसकेको कुरा थाहा भएको छ।

उता, प्रेस विभाग र सम्पादन विभागका केही इमान्दार पत्रकार कर्मचारीले भने सो करार लिन इन्कार गरेका छन् । खासगरी माओवादी विरुद्ध मिसन चलाउने उद्देश्यले प्रधानसम्पादक युवराज घिमिरे र प्रकाशन प्रालिका अध्यक्ष महेन्द्र शेरचनले अहिले करार प्रथाको सुरुवात गर्न खोजेको आरोप कर्मचारीले लगाएका छन् ।

उनीहरूले श्रम ऐनअन्तर्गत २ सय ८० दिन तथा १ वर्षसम्म पूरा काम गरेकाहरूलाई स्थायी नियुक्ति पत्र दिनुपर्ने माग गरेका छन् । उनीहरूले एक साताभित्र पनि आफ्नो माग पूरा नभए आन्दोलनमा जाने उदघोष समेत गरिसकेका छन् । आफ्नो माग पूरा गराउनका लागि व्यवस्थापनलाई दबाब दिने उद्देश्यले अहिले त्यहां कार्यरत पत्रकार तथा कर्मचारीहरूले राजधानी दैनिक सहकर्मी दबाब समूह नै बनाएका छन् । जसको विहिवार बस्ने भनिएको बैठकले संघर्षका कार्यक्रम र योजना सार्वजनिक गर्ने तयारी गरेको एक कर्मचारीले बताए।

श्रमजीवी पत्रकार ऐनअन्तर्गत एकपटक बढीमा १५ प्रतिशतलाई मात्रै करारमा राख्न सकिने व्यवस्था छ । तर राजधानी दैनिक व्यवस्थापनले अहिले प्रायः सबैलाई उक्त ऐनको समेत धज्जी उडाउंदै करारमा राख्ने प्रयास गरिरहेको थाहा भएको छ । 

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 21, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: