RSS

प्रधानमन्त्रीको भारत भ्रमण र सिक्किमीकरणको त्रास

24 Aug

मंगल शर्मा

विशेषगरी विदेशी शक्तिको इशारामा गठित वर्तमान सरकारका प्रधानमन्त्री माधवकुमार नेपाल यतिखेर भारतको भ्रमणवाट फर्किसक्नुभएको छ । उहां प्रधानमन्त्री बन्नेताका नेपालस्थित भारतीय राजदूत सुदको दौडधूप देख्दा स्वाभिमानी नेपालीहरूको मन ज्यादै खिन्न देखिन्थ्यो । नेपालको प्रधानमन्त्री बनाउन काठमाडौंमा ‘र’ का उच्चस्तरीय पदाधिकारीहरूको पनि बाक्लै उपस्थिति मात्र रहेन कि भिन्न दलका उच्चस्तरका नेताहरूलाई समेत धम्की दिएका कुराहरू पनि चर्चा र सार्वजनिक भइसकेका छन् । त्यही चपेटामा मधेसी जनाधिकार फोरम नामको पार्टी पनि विभाजन हुनपुग्यो । विभाजनको पीडा कस्तो देखिन्थ्यो भने फोरम अध्यक्ष यादवका तर्कहरू, विचारहरू कतै सुनुवाई हुनै सकेनन् । जुन तर्क र विचारमा राजनैतिक दम थियो, राजनैतिक इमानदारी र पार्टी पद्धतिको मूल्य, मान्यता, आदर्शसमेत थियो । यी कथाव्यथा हेर्दा नेपालीमा प्रचलित बाघ र बाख्राको पानी धमिल्याएको लोककथा जस्तो थियो । यस्तो स्थितिमा गठित वर्तमान सरकार गणितीय र नैतिकताको हिसाबले मात्र होइन, राजनैतिक मूल्य, मान्यता, आदर्शको हिसाबले पनि अत्यन्त कमजोर धरातलमा अडेको देखिन्छ । भारत नेपालको प्रवृत्तिगत सम्बन्धतर्फ समीक्षा गर्दा राणाहरू उदय र अन्त्य हुंदै आजसम्मको भारत नेपाल सम्बन्ध र यहांका सरकारबाट भारतसंग गरिने विविध व्यवहारको समीक्षा गर्दा केही अपवादबाहेक अझसम्म परम्परागत सोच रहेको पाइन्छ । जुन प्रधानमन्त्री भए पनि सद्भाव भ्रमणको नाममा पहिलो भ्रमण भारतमै गर्नुपर्ने परम्पराले हाम्रो दास मानसिकता यथावतै रहेको छ भन्नुपर्दा अत्युक्ति नहोला । हाम्रोभन्दा भारतको यो सोच, चाहना, शैलीले उनीहरूको मानसिकतामा रहेको नेहरूकालीन सोचभन्दा माथि जान सकेको देखिंदैन । भारत जहिलेपनि प्रान्तीय मुख्यमन्त्रीको भूमिकामा नेपालको प्रधानमन्त्रीलाई राख्न उद्यत देखिन्छ । यस्तो नाटकको मञ्चन पछाडिको स्वार्थ औपनिवेशिक प्रभुत्व नै हो भनी अड्कल काट्दा अन्यथा नहोला । त्यसैले हाम्रा नयां प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएपछि लुरुरु भारत जान्छन् । त्यही भूमिकामा अहिले माधव नेपाल भारत भ्रमण गएका छन् ।

भारतीयहरूले ब्रिटिसकालीन समयमै नेपालको मधेसमा उपलब्ध काठहरूमा आंखा गाडेका थिए । काठ पैठारीको लागि नेपालको सिमाना नजिकबनाइएका छोटी लाइनका रेल्वेलाइन र सव-वेलाइनहरू काठ र अन्य प्राकृतिक सम्पदा लैजान निर्माण गरिए । हाम्रा मूल्यवान् काठ, ढुङ्गा, जडिबुटीजस्ता सामानहरू ढुवानी गर्न सजिलोको लागि पूर्वदेखि पश्चिमसम्मका रेल लाइनलाई आफ्नो स्वार्थअनुरूप त्यसैमा उपयोग गरे । रेललाइन छेउछाउमा हाम्रा सिमानाहरू, दशगजाहरू, मिच्ने, फेरबदल गर्ने, आफ्नो अनुकूल बनाउने गर्दै आफ्नो सीमाको लागि फौजीहरू राख्न सजिलो बनाए । अब भारतीयहरू नेपालका नदीनालाहरूमा आंखा गाडेका छन् । आफ्नो ऊर्जा संकट समाधान गर्न, विहार र उत्तरप्रदेशको पट्टर बांझो जमिनमा सिंचाइ गर्न र खानेपानीको समस्या समाधान गर्न जसरी पनि एकपछि अर्को नदीहरूको अधिकारमा आधिपत्य जमाउन चाहन्छन् । यी सबै पृष्ठभूमिका लागि नेपालको राजनीतिमा बढी चासो र आन्तरिक गड्बढी मच्चाउने अस्थिर सरकार बनाउने र आफ्नो अनुकूलको सन्धिसम्झौता गर्न बाध्य बनाउने भारतीय नीतिले वर्तमान नेपालको अवस्थालाई बोध गराउंदछ । यिनलाई टुक्र्याउने अमेरिकी नीतिलाई मलजल पुर्‍याउनसमेत उद्यत भारत अमेरिकी नीतिको सहयोगी बन्दै शान्तिसुरक्षादेखि अन्य विविध कुरामा भारतले हैकम चलाउन चाहन्छ । अझ भन्नुपर्दा संरक्षक राष्ट्र जस्तै देखाउन चाहन्छ । वास्तवमा, भारतले आफ्ना छिमेकीसंग कतै पनि राम्रो सम्बन्ध स्थापित गर्न सकेको देखिंदैन । नेपालमा जनपक्षीय र प्रगतिशील संविधान बन्न नदिन भारतीय नोकरशाहहरू र अनुदारवादी भारतीय राजनीतिज्ञहरू विभिन्न वहानामा नेपाललाई फस्याउने, गलाउने, आफ्नो कठ्पतुली बनाउने योजनाअनुरूप भारतलाई नरिझाउंदासम्म केही हुंदैन, केही गर्न सकिंदैन भन्ने मानसिक दबाब नेपालमा दिइंदैछ ।

भारतले स्वतन्त्र सिक्किमलाई भारतमा विलय गराउनपूर्व गरेका हर्कत हेर्दा भारतले कसरी विदेशी नीति अवलम्बन गर्छ भन्नेतर्फ पनि झल्काउंछ । सन् १९५७ मा सिक्कम रेडियोको लागि ट्रान्समिटर स्थापना गरिदिने नेहरूले वचन दिएका थिए । सो निर्णयमा मन नपराएका भारतीय नोकरशाहहरूले विभिन्न समस्या देखाउंदै आलटाल गरिरहे । भारतीय मन्त्री डा. बी. भी. केशरले रेडियो राख्ने सहयोगको बारेमा सदनमा जानकारी पनि गराए । तर, त्यसको चार महिनापछि विदेशसचिव सुविमल दत्तले सिक्किमी राजा चोग्याललाई रेडियो स्थापनाको माग नगर्न दबाब दिए । पछि चोग्यालले नेहरूसंगको भेटमा पुनः आग्रह गर्दा नेहरूले हुन्छ त भने तर भारतका नोकरशाहहरूले कहिल्यै हुन दिएनन् । त्यसबारेमा गान्तोकका पत्रहरूले रद्दीको टोकरीमा स्थान पाए । नेहरूको निर्णयलाई फिर्ता लिइएन तर काम कहिल्यै भएन । यसै प्रसङ्गलाई लिएर भारतीय कूटनीतिज्ञले भनेका थिए- “प्रधानमन्त्रीको निर्णयलाई युक्तिपूर्वक पन्छ्याउनु हाम्रो जिम्मेवारी नै थियो ।” सिक्किमले भारतसंग भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई कहिल्यै मन पराएन, जनस्तरको त्यतिकै विरोध हुंदाहुंदै भारतीय दबाबबाट उक्त सन्धि हामीले बदल्न चाहेका छैनौं भनी सिक्किमले विज्ञप्ति निकाल्यो । सिक्किमका च्योग्यालले सन् १९६७ मा भारतको १५ दिने मैत्रीपूर्ण सद्भाव भ्रमण गर्दा दिल्लीको पालन एयरपोर्टमा इन्दिरा गान्धी, सरकारी अधिकारी, दिल्लीका मेयर आदि आफैं स्वागतमा गए । सेनाका तीनवटै निकायका टुकडीबाट सलामी दिइयो । रातो कार्पेट ओछ्याइयो । भारत र सिक्कमका झन्डा फरफराए । राष्ट्रपति डा. जाकिर हुसेनले दिवाभोज दिए । प्रधानमन्त्री गान्धीले ठूलो भोज दिइन् । हैदरावाद हलमा दुई देशका विज्ञप्तिहरू आए । तर, त्यही सिक्किमलाई विभिन्न वहानामा, विभिन्न हर्कत मच्चाउंदै अन्ततः आफूमा विलय गरायो । भारतमा सिक्किमलाई विलय गराउंदाको दर्दनाक स्थिति यस्तो थियो कि भारतीय ज्यादति बढ्दै जांदा काजी लेन्डुपदोर्जे र उनको महत्वकांक्षी कान्छी श्रीमती समेतमा पीडोबाध भइसकेको थियो । तर, तयतिवेलासम्म सिक्किम भारतीय बाघेपञ्जाबाट सिक्किम फुत्कन गाह्रो थियो । बस त्यही स्थिति अहिले नेपालले भोग्नुपर्लाको भनी चिन्ता हो । भारतीयहरू जतिखेर नेपालमा कमजोर अवस्था हुन्छ, अस्थिर सरकार नेतृत्वमा रहन्छ । ठीक त्यही समयमै हाम्रा नेताहरूलाई फकाउने, फुटाउने, फसाउने कुटिल चालबाजीभित्र दिल्लीको चाणक्यपुरी अर्थात् साउथब्लक सधैं सक्रिय हुन्छ र त्यस्तो अवस्था सिर्जना गर्नमा भारतीय जासुस संस्था ‘र’ ले तानाबाना बुन्छ, त्यही डिजाइनभित्र नेपाली नोकरशाहहरू पनि नराम्रोसंग फसेका दृष्टान्त रहेका छन् । भारतीय दूतावासको भत्ताबाट सत्तामा रमाउन जानेहरूको झुल पनि उनीहरूको इशारा वा उठबसमा रमाउने प्रवृत्ति बढिरहेको देखिन्छ ।

२२ दलको गठबन्धन, संसद्मा तेस्रो स्थानमा रहेको पार्टी, जुन पार्टीमा थुप्रै अस्वस्थ अन्तरविरोधमा अवसरवादको चरम् विकास भएको पार्टीको नेतृत्वमा गठित कमजोर सरकारलाई भारतीयहरूले बिरालोले मुसा खेलाउन जसरी उनीहरूकै पक्षमा बोल्न लगाउन केही बेर लाग्दैन, जनताबाट पराजितहरूको झुण्डको बाहुल्य रहेको सरकार जसले आफूसंग आफ्नै परराष्ट्रमन्त्रीलाई लिन सक्दैन, त्यसले नेपालका नदीनाला (जलस्रोत), सुपुर्दगी र व्यापार सन्धिमा नेपालको पक्षमा कति अडान लेला बरु कतै लेण्डुप शैलीमा भारतसंग लम्पसार हुन्छ कि चिन्ता त्यसैमा छ । अतः कूटनीतिक रूपमा यो भ्रमणलाई जे-जसरी फूलबुट्टा भरे पनि अहम् सवाल त्यता नभएर कतै सिक्किमीकरणकै बाटोमा गइन्छ कि भन्ने चिन्ता हो । अहिले एक प्रदेश एक मधेस भन्ने नारा र नेपाललाई कठ्पुतली बनाउन उद्यत प्रवृत्ति र हस्तक्षेपकारी नीति अभिशाप हुन सक्दछन् । भारतले सद्भाव राख्ने हो भने हुलाकी बाटो, सुपुर्दगी सन्धिभन्दा भुटानी शरणार्थी समस्या, भारतबाट निर्मित सिमानाका तटबन्धले समस्या र विगतदेखि अहिलेसम्मका असमान सन्धिसम्झौताको खारेजी नै हो । यस्ता जल्दाबल्दा समस्यामा दुई सार्वभौम देशबीच हुने अन्तर्राष्ट्रिय कानुन अनुसारका सन्धिसम्झौता गराउन, कुरा उठाउन हाम्रा प्रधानमन्त्री सफल हुनु होला ? कमजोर माधव नेपालमा यत्रो आंट आउला ? आउंदैन । जाबो सुदले बनाएको कठ्पुतली सरकारबाट धेरै आशा नगरौं । त्यसैले यो सद्भाव भ्रमण हात्ती आयो फुस्सा मात्रै हुनेछ र बढी उपलब्धि हुने सोच भनेको टनकपुरबाट कति अर्ब रकम भित्रने छ भन्ने हावादारी गफ मात्रै हुनेछ ।

 
6 टिप्पणीहरु

Posted by on अगस्ट 24, 2009 in BLOG, GUEST

 

6 responses to “प्रधानमन्त्रीको भारत भ्रमण र सिक्किमीकरणको त्रास

  1. काली

    अगस्ट 24, 2009 at 11:48 बिहान

    Nepal lai Nepal le Sikkimai banaune bhayo ni ! Nepali Jana ta haru Herako herekai Hune bhaye Aaba.

     
  2. Anjita

    अगस्ट 24, 2009 at 11:50 बिहान

    Makune ko Bharat Bhraman sabai Gai jatra ho.

     
  3. विश्व

    अगस्ट 24, 2009 at 11:56 बिहान

    aba makune ko abadhi sakiyo khurukka rajinama diye hunchha natra yinko kunai khairiyet chhaina

     
  4. NABS

    अगस्ट 24, 2009 at 1:24 बेलुका

    K sachhai Nepal lai Sikkam nai banaune bhaye ta ?

     
  5. CooL

    अगस्ट 25, 2009 at 10:18 बिहान

    जनताबाट पराजितहरूको झुण्डको बाहुल्य रहेको सरकार जसले आफूसंग आफ्नै परराष्ट्रमन्त्रीलाई लिन सक्दैन, त्यसले नेपालका नदीनाला (जलस्रोत), सुपुर्दगी र व्यापार सन्धिमा नेपालको पक्षमा कति अडान लेला बरु कतै लेण्डुप शैलीमा भारतसंग लम्पसार हुन्छ कि चिन्ता त्यसैमा छ /

     
  6. antony

    सेप्टेम्बर 9, 2009 at 1:18 बेलुका

    aba sikkimikaran ko jamana chhaina. Tesaile Yo khatara khasai dekhidaina.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: