RSS

मनकामना सांस्कृतिक परिवार कतारको तीज कार्यक्रम सम्पन्न

25 Aug

गणेश बानियां / दोहा, कतार

नेपाली महिलाहरुको महान् पर्वTeej1 हरितालिका तीजको शुभ अबसरमा मनकामना सांस्कृतिक परिवार, कतारले यहांको कोर्नीसस्थीत फेमेली पार्कमा  यही २१ अगष्ट, २००९ का दिन तीज बिशेष एक कार्यक्रमको आयोजना गर्‍यो । सो कार्यक्रममा मनकामना सांस्कृतिक परिवार तथा गोरखा प्रवासी संघ, कतारका सल्लाहकार बुधवल गुरुङ, गोरखा प्रवासी संघका सचिब गणेश बानियां, मनकामना सांस्कृतिक परिवारका सल्लाहकारहरू लाल बहादुर भट्ट, हरी नेपाली लगायतका अतिथीहरुको समेत उपस्थीति रहेको थियो । कार्यक्रममा मनकामना सांस्कृतिक परिबारका कलाकारहरु तथा नेपाली चेलीहरुको उलेख्य उपस्थीति रहेको थियो ।

प्रवासी भुमीमा रहेरपनि नेपाली कला र संस्कृतिको संरक्षणमा मनकामना सांस्कृतिक परिवारले शुरू गरेको सांगितीक अभियानको प्रशंसा गर्दै अतिथीहरुले आगामी दिनहरुमा यस संस्थाले अझै उच्चता कायम गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा नेपाली चेलीहरुले गाएको तीज गीतले फेमेली पार्कनै संगितमय भएको थियो भने, पार्कमा रहेका अन्य देशका नागरिकहरुले समेत बिशेष चासोका साथ कार्यक्रमको अबलोकन गरेका थिए ।

Teej 4सांस्कृतिक परिवारका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित अतिथि तथा दर्शकहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्ने काम संस्थाकी उपाध्यक्ष साबित्री गिरीले गरेकी थिइन् । संस्थाका सचिव प्रेम अर्यालद्वारा सञ्चालित सो कार्यक्रममा उपस्थीत नेपाली चेलीहरुलाई दर समेत खुवाइएको थियो ।

 
१ टिप्पणी

Posted by on अगस्ट 25, 2009 in NEWS

 

One response to “मनकामना सांस्कृतिक परिवार कतारको तीज कार्यक्रम सम्पन्न

  1. aanrtha bhayoo aaba

    अगस्ट 26, 2009 at 11:29 बिहान

    ramrai bhayoo
    dios

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: