RSS

नयाँ संविधानमा मातृभाषाको प्रयोग’bout

27 अगस्ट

– सृजना शर्मा, म्याग्दी

भाषा अभिव्यक्तिको माध्यम हो । विचार व्यक्त गरी आपसी समझदारी निर्माण गर्नका लागि भाषा अपरिहार्य छ । बेनी बजारका ७६ वर्षिय जयप्रकाश शेरचनले विगतका कानुनहरुमा आफ्ना भाषाहरुलाई स्थान नदिएको गुनासो गरे । शेरचनले भने पहिलेका कानुनले हामीलाई समेट्न सकेन अब बन्न लागेको संविधानमा जनताका ’boutमा पनि लेख्नु पर्र्यो । उनि भन्दै थिए हाम्रा तर्फबाट त हाम्रा भाषा भेषभुषा संस्कृति जोगाउन हरवखत प्रयास गरेका छौं । तर गर्नुपर्नेले नगरिदिएपछि कसको के नै लाग्दो रहेछ ।

मातृभाषाकै ’boutमा म्याग्दी पुलाचौरका अनिल श्रेष्ठले नयाँ संविधानमा मातृभाषालाई संस्थागत गर्न नेताहरुलाई उनीहरुको भाषण र शाषनको समायोजन गर्न सुझाव दिन्छन् । उनि अगाडि थप्छन्- ‘विकट गाउँहरुमा नेपाली भाषा नबुझ्ने पनि छन्, उनीहरुका लागि अब बन्ने संविधान उनीहरुकै भाषामा अनुवाद गरी लैजानु पर्यो यसले गर्दा कानुनका ’boutमा उनीहरु विज्ञ हुन्छन् र संविधान लोकप्रिय बन्छ ।’

‘प्राथमिक शिक्षासम्म कम्तिमा जिल्लामा एउटा भाषा विद्यालय हुनुपर्यो’ अनिलले माग गरे । एउटा भनाई रहेको छ । ‘चेक दिएर मात्र पुग्दैन चेक अनुसारको रकम बैंकमा सुरक्षित हुनुपर्दछ’ यहि भनाईलाई आड लगाउदै मगर विद्यार्थीका केन्द्रीय सदस्य लोकेश पुन भन्छन्- ‘मातृभाषालाई संस्थागत गर्न र सुनियोजित पार्नका लागि सरकारले प्राथमिक शिक्षासम्म अनुमति दिएपनि सम्बन्धित सामग्री हामीले पाएका छैनौं ।’ उनले सरकारसँग माग गर्दै भने ‘हामी त बहुभाषीक विश्वविद्यालयको मागलाई नयाँ संविधानमा समेट्नुपर्छ भन्नेमा छौ’ त्यसो त अन्तरिम संविधान २०६३ मा प्रत्येक नेपाली बालबालिकालाई मातृभाषामा प्राथमिक शिक्षासम्मको अध्ययन गर्न पाउने व्यवस्था छ ।

म्याग्दीको भकिम्ली गाविसका रेशम बहादुर छन्त्याल भन्छन् – ‘धाक भन्दा धक्कु ठुलो हिड्ने बेला खुट्टा लुलो’ भनेझै मातृभाषाको कुरा चर्को रुपमा उठेपनि कार्यान्वयन पक्ष कमजोरी देखिन्छ ।’ समानुपातिक प्रतिनिधित्वका आधारमा जनसङ्ख्या क्षेत्र जस्ता विषयलाई प्राथमिकता दिंदै जहाँ जुन जातिको बाहुल्यता छ । त्यही अनुसार भाषाको विद्यालय स्थापना गर्ने कानुन अब लेखिनुपर्छ । अब बन्ने संविधानमा मातृभाषा’bout उल्लेख गर्नुपर्ने विषयमा म्याग्दी क्याम्पसका प्राध्यापक तारानाथ शर्मा भन्छन्- ‘भाषा पढेपनि त्यहिअनुसारको रोजगारको व्यवस्था जबसम्म सुनिश्चित हुँदैन तबसम्म मातृभाषाका कुरा मात्र कुरामै सीमित हुनेछन् ।’

नयाँ संविधान, राष्ट्र भाषा, राष्ट्रियता र भाषा देशका मेरुदण्ड हुन् । जसमा राष्ट्र भाषा राज्यमा सम्पूर्ण तहमा क्रियाशील र अस्तित्वमा रहने गर्दछ अब नयाँ बन्ने संविधानमा राष्ट्रभाषा कसरी संस्थागत गर्न सकिन्छ भन्ने ’boutमा बेनी बजारका चिरञ्जीवी शर्माले वर्तमान सरकारप्रति चर्को विमती जनाए । उनले भने जबसम्म सरकारले देशमै रोजगारीको व्यवस्था सिर्जना गर्न सक्दैन तबसम्म राष्ट्रियताप्रति नेपाली बफादार हुन सक्दैनन् । उनले अघि थपे- ‘देशमा राष्ट्र भाषा थुप्रै छन् र नयाँ बन्ने संविधानमा यिनिहरुलाई संस्थागत गर्न स्थानिय सरकारी निकायमा स्थानिय भाषामा कामकाज चलाउनुपर्दछ जहाँ जुन भाषाको बाहुल्यता छ त्यहाँ त्यही भाषा राष्ट्रभाषा हो ।’ त्यसैगरी म्याग्दी  क्याम्पसमा अध्ययनरत रामप्रसाद शर्मा भन्छन् – ‘नयाँ बन्ने संविधानमा जाति, जनजातीसँग छलफल गरेर मात्र उल्लेख गर्नुपर्छ अनिमात्र राष्ट्र भाषाको पहुँच स्थानियस्तरसम्म रहन सक्छ ।’

त्यसोत अन्तरिम संविधान २०६३ मा जुनसुकै कुरा लेखिएको भएता पनि स्थानीय निकाय तथा कार्यालयमा मातृभाषा प्रयोग गर्न कुनै बाधा पुर्याएको मानिने छैन । त्यसरी प्रयोगको भाषालाई राज्यले सरकारी कामकाजको भाषामा रुपान्तरण गरि अभिलेख राख्नेछ भनी उल्लेख गरिएको छ । राष्ट्रभाषाकै सम्बन्धमा म्याग्दी ज्यामरुकोटका  गुरुप्रसाद शर्मा भन्दछन्- ‘राष्ट्रभाषा विभिन्न थरिका छन्, नेपाली भाषालाई मात्र राष्ट्रभाषा माने त अन्य भाषा लोप हुन्छन् । जनसंख्या, भूगोल, भाषिक विविधताको प्रयोग हेरेर विभिन्न भाषालाई राष्ट्रभाषामा अबको कानुनले समेट्न सक्नुपर्छ ।’

त्यसैगरी राष्ट्रभाषाकै सम्बन्धमा बेनीकै रामजी प्रसाद शर्माले ‘राष्ट्रमा बोलिने आधिकारिक भाषा राष्ट्रभाषा हो’ भन्दै ’emलाइ संस्थागत गर्न ’emको लिपी, मौलिक स्वरुपको अध्ययन अनुसन्धान गरिनुपर्ने बताउँछन । उनी भन्छन्- ‘अहिले  त राष्ट्रभाषा नेपाली भाषा नै हो भने पनि अन्य भाषाको संरक्षण पनि उत्तिकै जरुरी छ त्यसो त नेपाली भाषा जुम्लाको सिंन्जाप्रान्तबाट सुरु भएको मानिन्छ । नेपाललाई चारजात छत्तिस वर्णको फुलवारी भनेर गर्व गर्ने हामी नेपालीले अब बन्ने संविधानमा ती फुलहरुलाई जोगाई राख्ने बानिको  विकास निर्धारण गर्न सक्नुपर्छ ।’

– : समायोजन जनसञ्चार लेखमाला

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 27, 2009 in BLOG, NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: