RSS

नारपीडितले राहत पाए

27 Aug

विनोद ढकाल/रेडियो गोरखा

मनाङको नारमा ज्यान गुमाएका गोरखा केरौजाका ७ जनाको परिवारले आज राहत पाएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले प्रति मृतक ३ लाखका दरले पीडित परिवारलाई राहत उपलब्ध गराएको हो । कोषले साउन ३० गतेको ४ महिनाभित्र पीडित परिवारका १ जनालाई योग्यता अनुसारको रोजगार दिने प्रतिज्ञा पनि गरेको छ ।

राहत वितरण कार्यक्रममा नारमा ज्यान गुमाएका ३३ वर्षीय ज्ञानबहादुर गुरुङ, उहांकै भाइ १८ वर्षीय बीरबहादुर गुरुङ, २७ वर्षीय कान्छा गुरुङ, १८ वर्षीय कामी गुरुङ, २२ वर्षीय सोबर गुरुङ, १८ वर्षीय ध्रुब गुरुङ र १८ वर्षीय आइतराम गुरुङका आफन्तले राहत रकम लिएका थिए । गएको साउन ३० गते नारमा ज्यान गुमाएका पीडितका आफन्तहरु, नार हत्याकाण्ड छानविन संयुक्त संघर्ष समिति, गोरखा जिल्लाका सभासदहरु र राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारीहरुवीचको बैठकले पीडित परिवारलाई प्रति पीडित ३ लाख दिने सहमति गरे बमोजिम कोषले राहत दिएको हो । 

पीडित परिवारलाई राहत वितरणका लागि आज गोरखा सदरमुकाममा आयोजना गरिएको एक कार्यक्रममा अन्नपुर्ण संरक्षण क्षेत्र आयोजनाका निर्देशक लालप्रसाद गुरुङले पीडितका आफन्तहरुलाई हस्तान्तरण गर्नुभएको हो । आफन्तको पीडामा रहेकाहरुले राहत लिदा डांको छोडेर रोएका थिए ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाको आज सम्पन्न बैठकले महेन्द्र अधिकारीको अध्यक्षतामा  १५ सदस्यीय नयां कार्यसमिति निर्माण गरेको छ ।  जसको उपाध्यक्ष खिल बहादुर गुरुङ, सचिव इश्वर ढकाल, सहसचिव काजीराम विक र कोषाध्यक्ष दिपक कुंवर रहनुभएको छ । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा प्रमुख अतिथि इन्द्र बहादुर गुरुङले संगठनको नीति नियम र विधान अनुसार अघि बढ्न सबै ब्यवशायीलाई आग्रह गर्नुभयो । कार्यक्रममा संगठनका गण्डकी अञ्चल अध्यक्ष रुद्रबहादुर खत्री लगायतले मन्तब्य राख्नुभएको थियो ।

 
१ टिप्पणी

Posted by on अगस्ट 27, 2009 in NEWS

 

One response to “नारपीडितले राहत पाए

  1. Rocket kanchha

    अगस्ट 30, 2009 at 1:29 बेलुका

    kathmandu ma mareka lai 10,00,000, manang/Gorkha ma maareka lai 3,00,000, ani jajarkot ma mareka lai 10,000 . Manchhe ko Rate. Ha ha ha haaaaaaaaaaaa.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: