RSS

एमाले अखिललाई बाह्र लाख !

30 Aug

प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमपछि विकसित द्वैध सत्ताको स्थितिको अन्त्य गर्नका लागि संविधानसभाको निर्वाचनमार्फत सबैभन्दा ठूलो दल बनेको एकीकृत (माओवादी) नेतृत्वको सरकारले राजीनामा दिएपछि काकतालीमा बनेको वर्तमान गठबन्धन सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले राज्यकोषको चरम दुरुपयोग गर्दै आफ्नै भातृसंस्थाहरूलाई पोस्ने कामको शुरुवात गरेका छन् ।

अर्थमन्त्री भएलगत्तै एमालेका विभिन्न जिल्ला समितिदेखि अन्य कार्यकर्ताहरूलाई मनलाग्दी रूपमा राज्यकोषको रकम बाँडेर चर्चामा आएका उनले पछिल्लो समयमा आफ्नै विद्यार्थी संगठन अनेरास्ववियुलाई १२ लाख रुपैयां दिएको खुलासा भएको छ । एमाले निकट विश्वस्त सूत्रले दिएको जानकारीअनुसार अर्थमन्त्री पाण्डेले अनेरास्ववियुलाई संगठन परिचालनका लागि भन्दै केही दिन अघिमात्रै पैसा बाँडेका हुन् । अनेरास्ववियुका अध्यक्ष रामकुमारी झाँक्रीकै हातमा दिइएको उक्त रकम राज्यकोषबाट बाँडिएको हो ।

गएको स्ववियु निर्वाचनमा संगठनलाई विजयी बनाउनका लागि गरिएको खर्चको ऋण तिर्न तथा संगठनका आगामी काम कारबाहीलाई गति दिन अनेरास्ववियुले पार्टी केन्द्रसँग पैसा माग गरेकोमा अर्थमन्त्री पाण्डेले राज्यकोषबाट पैसा दिएका हुन् ।

कुनै समय अनेरास्ववियुको संगठन विभाग प्रमुखसमेत रहेका अर्थमन्त्री पाण्डेले गत स्ववियु निर्वाचनमा अनेरास्ववियुले पार्टीको इज्जत बचाएकाले पनि संगठनलाई चुस्तदुरुस्त राख्नका लागि आफूले विद्यार्थी संगठनलाई पैसा दिएको पाण्डेनिकट सूत्रले बताएको छ ।

 
3 टिप्पणीहरु

Posted by on अगस्ट 30, 2009 in NEWS

 

3 responses to “एमाले अखिललाई बाह्र लाख !

  1. अनीता घले

    अगस्ट 30, 2009 at 10:08 बिहान

    Aaba Khuskine bela bhai halyo ani marne belama hariyo kakro bhane jhai badeka holan ni.

     
  2. तरिका पाण्डे

    अगस्ट 30, 2009 at 10:10 बिहान

    sittaima aayeko paisa ho लुटको धन फुपुको श्राद्ध भनेझैं गरेका होलान् नि ।

     
  3. ARjun MAlla

    अगस्ट 30, 2009 at 11:27 बिहान

    Aafnai hath, jagannath.

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: