RSS

तिम्बुङ पोखरी रामसार क्षेत्र बन्ने तयारीमा

31 Aug

राजेन्द्र श्रेष्ठ/फुङलिङ

ताप्लेजुङको तिम्बुङ पोखरी क्षेत्र उत्कृष्ट रामसार क्षेत्रका रूपमा सूचीकृत हुने सम्भावना देखिएको छ । जिल्लाको पूर्वी क्षेत्र र पाँचथर हुादै भारतीय भूमिसम्म जोडिएको सो क्षेत्रमा रामसारमा प्रतिस्पर्धा गर्नसक्ने तालतलैया, जैविक सम्पत्ती र सांस्कृतिक धरोहर फेला परेका छन् । कञ्चनजङ्घा भू-परिधि सरोकार समूहले सो क्षेत्रको प्राविधिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उत्कृष्टताको सूचीमा पर्ने सम्भावना औंल्याएको हो । तर उसले रामसारका क्षेत्रमा उच्च हिमाली र मध्य तराई दुई क्षेत्रका शर्तहरू विभाजन गर्नुपर्नेमा भने विशेष जोड दिएको छ ।

सरोकार समूहले सातवटा ठूला र अन्य गरी दर्जनौं पोखरी सो क्षेत्रमा रहेको जनाएको छ । जलस्रोतको मुख्य क्षेत्रमा हांडी पोखरी, थाङ्मा पोखरी, कान्छी पोखरी, खोपी पोखरी, लाम पोखरी, लक्ष्मी पोखरी, जम्ले पोखरीरहेका छन् । यीमध्ये तिम्बुङ पोखरी सबैभन्दा महत्वपूर्ण पोखरी हो । तिम्बुङ पोखरीको पानी फाल्ने क्षमता शून्य दशमलब १८४५ घन मिटर प्रतिसेकेन्ड रहेको छ । तिम्बुङ पोखरी रहेको ताप्लेजुङको पूर्वी क्षेत्रलाई पुरानो नाम “याङरुप क्षेत्र”बाट चिनिन्छ । यो क्षेत्रमा असङ्ख्य प्रजातिका जडिबुटी रहेका छन्। वन्यजन्तुमा विश्वमै दुर्लभ मानिएको मध्ये हिमचितुवा, रेडपाण्डा, चितुवा, कालोभालु, सालक, चरिबाघ, कस्तुरी, मृगलगायतको विचरण क्षेत्रमानिन्छ भने चराचुरुङ्गीमा डाँफे, मुनाल, कालिज, लरेवा, पिउरा, धोरा लगायतको प्रमुख बासस्थान यही याङरुप क्षेत्र हो ।

रामसार क्षेत्रमा जानसक्ने नीतिगत तर्क अघि सार्दै भू-परिधि सरोकार समूहका सचिव तथा तिम्बुङ पोखरी अध्ययन टोलीका संयोजक बद्रिविनोद दाहालले तिम्बुङ पोखरीमुख्य क्षेत्र ६०८ दशमलब ५ हेक्टर क्षेत्रफल र मध्यवर्ती क्षेत्र ४४८ वर्गकिलोमिटर भूभागमा फैलिएको बताउनुभयो ।

जिल्ला विकास समिति ताप्लेजुङ र भू-परिधिले तयार पारिएको सो प्रतिवदेनमा रूख, बोटविरुवा जडीबुटी र वन्यजन्तुको सूचीसमेत तयार गरेको छ । भू-परिधिले समाज र संस्कृतिबीचको सम्बन्ध, वन्यजन्तु र समाजबीचको प्रभाव तिम्बुङ क्षेत्रमा भएका जडीबुटी र सामाजिक चासो एवं तिनीहरूको संरक्षणका लागि सामाजिक र सरकारी अन्तरसम्बन्ध समेतको प्राविधिक सर्वेक्षण गरेको छ । वन्य जीवको खानी मानिएको सो क्षेत्रमा भारतीय सीमावर्ती क्षेत्रबाट भइरहेको अवैध चोरी निकासीप्रति समेत सरोकार समूहले चासो दिएको छ ।

पौराणिक कला संस्कृतिको सम्बर्द्धन त्यस क्षेत्रमा चरिचरणको समस्या सुधार र किपट आतङ्क सुल्झाई राज्य संरक्षण क्षेत्रमा केन्द्रित हुने हो भने तिम्बुङ पोखरी क्षेत्र पृथ्वीका लागि अर्को उपहार हुने विश्वास गर्न सकिन्छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on अगस्ट 31, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: