RSS

उचित संरक्षणको अभावमा जीर्ण बन्दैछ सुकिदह

01 Sep

हरिबोल भट्टराई/हलवार

सांस्कृतिक तथा आर्थिक रुपले महत्वपूर्ण मानिने हलवार गाविसको एकमात्र सुकिदह उचित संरक्षणको अभावमा लोप हुने खतरामा पुगेको छ ।

हलवार-४ बनहरीको पर्सेनी-चमेरे गुफा सडकखण्डमा पर्ने उक्त दहको लम्बाई करिब १ सय मिटर, चौडाई ५० मिटर र गहिराई १५ मिटरजति रहेको छ । उत्तरतर्फ जंगल र शिवको मन्दिर एवं दक्षिणमा खानेपानी ट्याङ्की रहेको उक्त दह वरिपरि अत्यन्त मनोरम वातावरण रहेको छ । अग्लो ठाउंमा भएकोले यहांबाट जिल्लाका समथर फांटहरु पनि हेर्न सकिन्छ । तर, पछिल्लो समयमा यसको उचित संरक्षण नहुंदा दहको छेऊछाऊ भत्किएर पुरिने खतरा बढ्दै गएको छ ।

परापूर्वकालदेखि नै दहस्थलमा मंसिर पूणिमाका दिन मेला लाग्ने गरेको स्थानीय ८२ वर्षीय गुरुप्रसाद भट्टराई बताउनुहुन्छ । त्यतिबेला सल्यान, रोल्पा, प्यूठान, दाङलगायतका जिल्लाहरुबाट विभिन्न लोक संस्कृतिमा आधारित नाचहरु नाचिनुका साथै दाङमा बजारको राम्रो व्यवस्था नभएकोले मेलामा कपिलवस्तु, भारतको रुपैडिया र कोइलाबासका व्यापारीहरुले समेत सामान ल्याएर बेच्ने गरेको स्थानीय वृद्ध प्रेमनारायण लामिछानेले बताउनुभयो ।

सुकिदहको राम्रोसंग संरक्षण र प्रचारप्रसार गर्न नसक्दा त्यसको महत्व कम भएको सुकिदह संरक्षण समितिका संयोजक शंकरप्रसाद लामिछानेले बताउनुभयो । दाङको महत्वपूर्ण पर्यटकीय स्थल चमेरे गुफाको नजिकै पर्ने उक्त दहलाई संरक्षण र सम्बर्द्धन गर्न सके हलवारलाई पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्न र सांस्कृतिक, आर्थिकरुपमा समुन्नत बनाउन सहयोग पुर्‍याउने थियो कि ?

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 1, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: