RSS

खुला आकाशमुनि पढ्न बाध्य छन् विद्यार्थीहरु

01 Sep

प्रकाश चौधरी/दाङ

नगरपालिका भएर पनि घोराही-६ कटुवाखोला प्राविका विद्यार्थीहरुले वर्षातको समयमा खुल्ला आकाशमुनि बसेर पढ्नुपर्ने समस्या झेलिरहेका छन् । स्कुलको छानाबाट पानी चुहिने र भित्ताहरु भत्किने खतरा रहेकोले विद्यार्थीहरु रुखमुनि बसेर पढ्न बाध्य भएका हुन् ।

भवन अभावका कारण विद्यालयका करिब डेढ सय विद्यार्थीमा पढ्ने लेख्ने रुचि समेत घट्न थालेको स्थानीयबासी बताउंछन् । घाम लाग्दा त स्कूलको चौरमै बसेर पढ्छन्, पानी पर्‍यो भने पढाई नै हुंदैन’ स्थानीय दिलकुमार बुढा भन्छन्, ‘आजभोलि विद्यार्थीहरु स्कुल आउन पनि जांगर गर्दैनन् ।’ भत्किन लागेको भवनका २ वटामात्र कक्षाकोठा भएकोले सबै कक्षाका विद्यार्थीलाई एकै ठाउंमा राख्नुपर्ने बाध्यता रहेको शिक्षकहरुको भनाई छ । विद्यालय भवन मात्र होइन, अन्य भौतिक साधन श्रोतको पनि निकै कमी रहेको उहांहरुले जानकारी दिनुभयो ।

कहिले शिक्षक नआउने त कहिले विद्यार्थी नै नआउने भएकोले धेरैजसो विद्यालय बन्द हुने तथा विद्यार्थीका लागि पढ्ने लेख्ने कुरा सामान्य, अन्य कुरा प्रमुख बनेको स्थानीयबासी बताउंछन् । दुईजना शिक्षकको मात्र दरबन्दीले विद्यालय नचल्ने र विद्यार्थीहरुको भविष्यप्रति खेलवाड भैरहेको स्थानीयबासीको गुनासो छ । नजिकको स्कूलमा राम्रो पढाई नहुने तथा टाढा जान सक्ने अवस्था नभएकाले धेरैजसो विद्यार्थीहरूको बीचमै पढाई छाड्नुपर्ने बाध्यता छ । घरमा दाउराघांसमै व्यस्त हुने बालबालिकाहरु स्कुलमा पढाई नभएपछि घरमै काम गरेर बस्ने गरेको दिलकुमार बताउंछन् ।

घोराही नगरपालिकाले २५ हजार रकम मात्रै दिएकोले निर्माणाधीन भवन पूरा भएको छैन । बजेट अभावका कारण भवन आधामात्रै निर्माण भएको शिक्षक महेन्द्र जीसीले जानकारी दिनुभयो । अन्य संघसंस्था र दातृनिकायले सहयोग गरे भवन निर्माण बनाउन सहयोग हुने उनको आशा छ । पढ्न भनेर स्कुल आएका विद्यार्थीहरु भने पुरानो भवन भत्किने खतरामा रहेको र नयां नबनेकोले दिनभर चउरमा खेलेर दिन बिताउने गर्छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 1, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: