RSS

जलवायु परिवर्तन र वढ्दो विश्व तापमान – नेपाली किसानलाई खतराको घण्टि

02 Sep

दिलसराका पति सुकवहादुर लुङ्गेलीका आफ्ना तिन जना लालावाला सन्तान सहित कल्कलाउंदो उमेरकी श्रीमतीलाई छाडेर विदेशीएको पनि सांढे दुईवर्ष भईसकेछ । वढ्दो विश्व तापमानले पारेको पर्यावरणीय असर स्वरूप हिमाली मुलुक नेपालमा विकसीत सुख्खा हिउंद र अनिश्चित मनसुनका कारण मुलुकमा विगत तिन वर्षदेखी खेतिपाती राम्रो भएको छैन । आफ्नो भएको थोरै जग्गावाट आएको उव्जनीले परिवारलाई दुईछाक धान्न समेत मुस्किल परेकाले सुकवहादुर विदेशीनु परेको हो ।

नेपालका अधिकतम किसान परिवार आकाशे पानीकै भरमा आफ्नो परिवारलाई आवश्यक पर्ने कृषि उत्पादन गर्दै आएका छन् । तर, अव मौसमको यस्तै अनिश्चत अवस्था रहने र खाद्यअसुरक्षाको स्थितीपनि कायमै रहने हो भने सुकवहादुर मात्र होईन, नेपालका ९५ प्रतिशत किसान परिवारले वैकल्पिक पेशाको रुपमा वैदेशीक रोजगारलाई अंगाल्नुको कुनै विकल्प देखिंदैन । यो अहिले मुलुकको विकराल तर तितो यथार्थ हो ।

मध्यपहाडी तथा तराईका नदीकिनारका वस्तिहरु असमयको वर्षा र वाढीपहिरोका कारण प्राकृतिक प्रकोपको कहालीलाग्दो चपेटामा परेका छन् भने सिंगो मुलुककै ४० प्रतिशत भन्दा वढी किसान परिवार यस्तो जोखिमपुर्ण क्षेत्रमा वसोवास गरिरहेका छन् । विशेषगरि उच्च तथा मध्य पहाडी क्षेत्रमा रहेका यस्ता परिवार तत्काल जल जमिन र जंगल जस्ता प्राकृतिक श्रोतको सुविधाप्राप्त गरिरहेका ति क्षेत्र छाडि तत्काल अन्यत्र जानसक्ने अवस्थामा पनि छैनन् । मौसममा हुने सानोमात्र उतारचढावले नै तिनको उव्जनिमा ठुलो अन्तर ल्याईदिने भएकाले यस्ता प्राकृतिक प्रकोपवाट सवभन्दा वढी पिडीत हुनेपनि तिनीहरुनै छन् । यसकारण सरकारले प्रकोप नियन्त्रणको प्रभावकारि कदम तत्काल नचालेमा त्यस्ता जोखिमपुर्ण क्षेत्रमा जिवन यापन गरिरहेका परिवारले निकट भविश्यमै भयानक खाद्य अभावको सामना गर्नुपर्ने देखिन्छ ।

परिवर्तित मौसमका कारण खेतिपातीमा पर्न गएको असरले कतिपय निम्न मध्यम वर्गिय किसान परिवारमा खाद्यान्न अभाव हुन थालीसकेको छ । कति परिवार त यसै कारण गाउं छाडी वैकल्पिक पेशाको खोजीमा विस्थापीत भएका छन् । “पानी पर्न छाडि’गो, उव्जनीले खान नपुग्ने भए’सी उहां कतारतिर लाग्नु’भो, छोराछोरी पनि हुर्कन थाले पढाउनै पर्‍यो, पैसो नभै’ केहि नहुंदो रै’छ, गाउंमा वसेर मात्रै के गर्नु र ?” दिलसरा भन्छिन् – “खडेरिले नजिकको मुलपनि सुक्यो, खानेपानी ल्याउन दुईतिन घण्टा लाग्ने, मरि मरि काम गर्‍यो खानै धौ । अहिले वल्ल सुविस्ता भा’को छ ।”

पति विदेशीईसकेपछि सुकवहादुरको गांउमा भएको पुर्ख्र्यौली जमीन पनि वांझै छाडिएको छ, दिलसरा छोराछोरी लिएर दमौली वजारमा झरिसकेकी छिन् । उनका दुई छोराछोरी त्यहिं एउटा निजी विद्यालयमा पढ्दै छन् भने कान्छी छोरी सानै भएकाले आमासंगै वस्छिन् । दिलसरालाई अहिले खानलाउन कुनै समस्या छैन, गाउंवेसी कुटोकोदालो गर्नुपरेको छैन, त्यसैले पानी परेपनि नपरेपनि उनलाई खासै वास्ता हुन छाडिसक्यो । उनि पसलवाट उधारोमा सामान ल्याउंछिन्, श्रीमानले पैसा पठाएपछि तिर्छिन् । आजभोली खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा भएको अस्वाभाविक मुल्यवृद्धिका कारण दिलसरा जस्तालाई तत्काल कुनै असर नपरेको जस्तो देखिएपनि यसले उनको चिन्ताको क्षेत्र भने अलि विस्तार गरिदिएको छ ।

तर, चार वर्ष अघिनै मलेसिया गएका फुलमति विकका श्रीमान् रेश वहादुरको भने कमाई त्यति राम्रो नभएकाले त्यस परिवारलाई वैदेशीक रोजगारवाट आएको रकमले वेसाहा खानमै ठिक्क भएको फुलमतिको अनुभव छ । “विदेशमा कमाउन गा’का छन् भनेर के गर्नु र यहां खांदैमा सवै सकिन्छ, यसरि कतिञ्जेल चल्ला भन्ने चिन्ताले पो सताउंछ मलाई त” उनले भनिन् । यसरि नै विदेशीएका सुकवहादुर तथा रेशवहादुर जस्ताले न्युन मुल्यमा विदेशी भुमीमा आफ्नो श्रम ओछ्याई कमाएर पठाएको रेमिट्यान्सकै भरमा देशको अर्थतन्त्र गिर्न पाएको छैन, निरन्तरको वैदेशीक व्यापार घाटा पुर्ति भईरहेको छ तर सरकारले न त वैदेशीक रोजगारलाई प्रभावकारि वनाउनेतर्फ कुनै कदम चालेको छ, न त यसको विकल्प नै प्रस्तुत गर्न सकेको छ ।

नेपाललाई कृषिप्रधान देश भनिन्छ, तर वैज्ञानिक खेतिप्रणाली तथा वढ्दो खडेरीसंग जुध्ने प्रविधियुक्त संयन्त्रको विकास गर्न नसकिएकाले जनजिवन निरन्तर कष्टपुर्ण वन्दै गईरहेको छ । सुख्खा हिउंद तथा वर्षायाममा पनि ढीलोमात्र शुरु हुने मनसुनका कारण किसान वर्गलाई परेको मार न्युनिकरण गर्नेवारे प्रभावकारि कदम चाल्नेतर्फ सरकारले कुनै ढिलाई गर्न नहुने कृषिविज्ञहरु वताउंछन् । विशेषतः यस अन्तर्गत मध्यपहाडका समथर भु-क्षेत्र जहां पर्याप्त उत्पादन क्षमता तथा मेहनती किसानहरु हुंदाहुंदैपनि व्यवस्थित उत्पादन प्रणालीको अभावमा उत्पादन ह्रास हुंदै गईरहेको छ, त्यस्तै नेपालको अन्नभण्डार भनेर चिनिएपनि वर्षेनी डुवानमा पर्दै आएका तराईका उर्वर भुमीहरुलाई प्रमुख जोखिमका क्षेत्र घोषणा गरि तत्काल संवर्द्धन गर्ने तथा स्थानीय किसान परिवारलाई वढ्दो जलवायु परिवर्तन तथा वर्षाको अनियमिततासंग कसरि जुध्ने भन्ने सम्वन्धमा चेतनामुलक तालीम, कार्यक्रम तथा वैज्ञानीक ढंगको कृषि प्रणाली स्थापीत गर्ने निती अवलम्वन गरिनुपर्ने विज्ञहरुको ठहर छ ।

झण्डै तिन महिनाअघि कोपेनहेगनमा सम्पन्न अन्तर्राष्ट्रिय जलवायु सम्मेलनले तेश्रो ध्रुव भनेर चिनिने हिमालयन तथा हिन्दकुश क्षेत्रमा परेको वातावरणीय प्रभाववारे गरेको विश्लेषणलाई नै आधार वनाएर हालै राजधानीमा जलवायु परिवर्तन तथा यसवाट पर्ने वातावरणीय प्रभाव न्युनिकरण गर्नभनी दक्षिण एसियाली स्तरको पहिलो क्षेत्रीय सम्मेलन सम्पन्न भयो । तर, नेपाल र नेपालीको समृद्धिको आधार तयार गर्ने नयां र अग्रगामी संविधान वनाउन भनेर गएका राजनैतिक दलहरु संविधान निर्माणको कार्यादेश एकातिर पन्छाएर आपसी स्वार्थ र सत्ताप्राप्तिको लिगलिगे दौडमा सामेल भईरहेका वेलामा यस्ता सभा-सम्मेलनले अभाव र गरिवीविच खाद्य अभावको खतरासंग जुधिरहेका दुई करोड नेपाली किसान परिवारलाई तत्काल राहतको कुनै ष्पष्ट आधार प्रस्तुत गर्लान् त ?

 
8 टिप्पणीहरु

Posted by on सेप्टेम्बर 2, 2009 in BLOG

 

8 responses to “जलवायु परिवर्तन र वढ्दो विश्व तापमान – नेपाली किसानलाई खतराको घण्टि

  1. Sohel

    सेप्टेम्बर 2, 2009 at 11:35 बिहान

    It’s Really a nice Article. And not only reality of Nepal, but also the story of whole developing country of world.

     
  2. kc maila

    सेप्टेम्बर 2, 2009 at 11:44 बिहान

    मौसमको यस्तै अनिश्चत अवस्था रहने र खाद्यअसुरक्षाको स्थितीपनि कायमै रहने हो भने सुकवहादुर मात्र होईन, नेपालका ९५ प्रतिशत किसान परिवारले वैकल्पिक पेशाको रुपमा वैदेशीक रोजगारलाई अंगाल्नुको कुनै विकल्प देखिंदैन ।

     
  3. Bishal

    सेप्टेम्बर 2, 2009 at 11:58 बिहान

    यस्ता सभा-सम्मेलन कति भए तर नेपाली जनताका लागी केहि हुनेवाला छैन । जवसम्म जनताले कुरा वुझेर स्वयं अग्रसर हुंदैन तवसम्म केहि हुनेवाला छैन ।

     
  4. james

    सेप्टेम्बर 3, 2009 at 9:48 बिहान

    सत्ता परिवर्तनको खेल भइरहेका वेला जलवायु परिवर्तनले कुनै अर्थ राख्ला र ?

     
  5. Nabin Magar, Kathmandau

    सेप्टेम्बर 5, 2009 at 10:59 बिहान

    satta parivartan ko barema matra neta haru lai chinta chha tara jalabayu parivartan ma chinta chhaina kina ki uni haru lai sarkar sanchalan ma yesle kehi asar gardaina.

     
  6. GB

    सेप्टेम्बर 5, 2009 at 11:01 बिहान

    J hos lekh ramrai raichha. bandre le kehi gari khala jasto chha.

     
  7. vimal

    सेप्टेम्बर 6, 2009 at 11:32 बिहान

    जलवायु परिवर्तन की मार पूरी दुनिया पर
    एडरेन ब्राउन

    वैज्ञानिकों का कहना है कि हाल के वर्षों में जिस तेज़ी से दुनिया में जलवायु परिवर्तन हो रहा है उतनी तेज़ी से पिछले 10 हज़ार वर्षों में कभी नहीं हुआ. वर्तमान में कार्बन उत्सर्जन की दर को देखते हुए वैज्ञानिकों ने अंदेशा जताया है कि वर्ष 2050 तक दुनिया का औसत तापमान दो डिग्री बढ़ जाएगा.

    इस जलवायु परिवर्तन के कारण पानी की कमी होने से क़रीब तीन अरब लोग प्रभावित हो रहे हैं. वैज्ञानिकों का कहना है कि जलवायु परिवर्तन का यदि यही हाल रहा तो गर्मियों में उत्तरध्रुवीय सागर में हिम नहीं दिखेंगे. उनका विचार है कि यदि वातावरण में मौजूद कार्बन डाइऑक्साइड की मात्रा को कम करने के लिए समय रहते कारगर क़दम नहीं उठाए गए तो समुद्र तल का स्तर बढ़ेगा, भयंकर आंधियों और तूफ़ान के साथ-साथ असहनीय गर्मी लोगों को झेलनी पड़ेगी.

    पिघलते हिम

    वैज्ञानिकों का कहना है कि इन आपदाओं में से कई सच्चाई बन कर हमारे सामने हैं. दक्षिणी एशिया में पहले भीषण बाढ़ से लोगों का सामना बीस सालों में एक बार होता था लेकिन हाल के दशकों में पाँच सालों में लोगों को भीषण बाढ़ की तबाही झेलनी पड़ती है.

    और ऐसा होने की वजहें हैं समुद्र तल का लगातार उठता स्तर और हिमालय पर्वतों पर मौजूद पिघलते हुए हिम. इसी तरह अफ़्रीका का सब सहारा क्षेत्र भी जलवायु परिवर्तन की मार बुरी तरह झेल रहा हैं. इस क्षेत्र में पानी की लगातार हो रही कमी की वजह से लोग लगातार अकाल जैसे हालात का सामना कर रहे हैं. पहले से ही ग़रीब लोगों का जीना इससे और भी दूभर गया है.

    जलवायु परिवर्तन की मार से यूरोप के देश भी बचे नहीं हैं. अब तक के मापे गए दस सबसे ज़्यादा गर्म वर्षों में से सारे के सारे वर्ष पिछले चौदह वर्षों के दौर में ही दर्ज किए गए हैं. जलवायु परिवर्तन पर बनी अमरिकी नेता अल गोर की डॉक्यूमेंटरी ‘एन इनकनवीनिएंट ट्रुथ’ की चर्चा भले ही ख़ूब हुई हो लेकिन अमरीका में जलवायु परिवर्तन के कारणों की रोकथाम के लिए कोई कारगर क़दम नहीं उठाए गए. उल्लेखनीय है कि हाल के वर्षों में अमरीका में भी लोगों को भीषण तूफ़ानों का सामना करना पड़ा है.

     
  8. Suskera

    सेप्टेम्बर 7, 2009 at 12:38 बेलुका

    aba sarkar parivartan bhayepachhi kehi hola ki

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: