RSS

वनका पदाधिकारी नै काठ तस्करीमा, मकवानपुर पुरै उजाडिने खतरा

03 सेप

brab.net@gmail.com, हेटौडा

बन संरक्षणका लागि उपभोक्ताहरुद्वारा चुनिएका अध्यक्ष र उपाध्यक्ष नै बनको काठ तस्करीमा सक्रिय रहे पछि सदरमुकाम नजिकैको एक सामुदायिक बन मरुभूमि बन्ने खतरा बढेको छ । मकावानपुर जिल्ला बन कार्यालयबाट २५ मिनेट भित्रै पुगिने शुशेली सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष तिलक रेग्मी र उपाध्यक्ष लक्ष्मण कंडेलले आर्थिक प्रलोभनमा परि स्थानीय तस्करहरुलाई काचो सालको काठ काट्न अनुमति दिए पछि मकवानपुर गढी गाविसको वडा  ६ र ७ को जंगल उजाड बन्ने खतरा बढेको हो ।

सो बनका अध्यक्ष रेग्मी र उपाध्यक्ष कंडेलले रातारात हेटौंडा बजारमा रहेका सःमीलहरुमा काठ तस्करी गर्ने स्थानीय उपभोक्तालाई कागजात मिलाएर कांचो सालको काठ काट्न अनुमति दिदै आएका छन् । केहि स्थानीय उपभोक्ताले प्रकृया पुर्‍याएर सुकेका दाउरा खोज्न अनुमति माग्दा आलटाल गरि नदिने गरेको तर सोहि प्रकृतिको निवेदन लिएर जाने अर्जुन खड्का, राजु तिमल्सिना लगायतका व्यक्तिलाई पटक पटक कांचो रुख काट्न अनुमति दिइदै आएको छ ।

गढि-७ बन क्षेत्रका उपभोक्ता अर्जुन खड्काले विगतदेखि नै घरपरिवारका लागि आवश्यक परेको भन्दै काठ माग गरि काठ तस्करीहरुलाई विक्री गर्दै आएको दावी एक स्थानीय बासिन्दाले गरेको छन् । गाउंमा बलको निकै फूर्ति लगाउंदै आएका खड्काले काठ काटेको विरोध गर्नेको टाउको गिड्ने उर्दी समेत जारी गरेपछि स्थानीय बासिन्दाले औपचारिक रुपमा कहीं मुद्दा दर्ता गर्न सकेका छैनन् । त्यस्तै जंगलका विभिन्न स्थानमा कांचो रुख काटिने क्रम बढ्दै गएपछि सामुदायिक वनमा छानविन माग तीव्र भएपनि उपभोक्ता समितिका पदाधिकारीहरु मौन रहंदै आएका छन् । हेटौडाका सःमीलसंग मिलेमतो गरी स्थानीय तस्करहरुले रातको समयमा बोकाएर लैजाने गरेका छन् । उनीहरुले खुलेआम चिरेर काठ हेटौडाको सःमीलमा पुर्‍याउने गरेको बुझिएको छ ।

यसरी खुलेआम भइरहेको काठ तस्करीप्रति स्थानीय प्रशासन र जिल्ला वन कार्यालयको मौनतालाई समेत आश्चर्यको रुपमा लिइएको छ ।

त्यसो त मकवानपुरमा केही वर्षदेखि व्यापक मात्रामा काठको तस्करी हुंदै आएको छ । कुख्यात काठ तस्कर भिमबहादुर कठायतले काभ्रेको खयर मकवानपुरको फापरबारी हुंदै हेटौडा ल्याई बिक्री वितरण गर्दा पनि जिल्ला वन कार्यालय मकवानपुरले केही गर्न सकेको छैन । त्यसैगरी, मकवानपुरको हटिया, हर्नामाडीमा हात्तिछाप चप्पल लगाएर हिड्नेहरुले काठको तस्करी गरी रातारात कार चढ्ने हैसियतमा पुगेको चर्चा पनि हेटौडादेखि राईगाउंसम्म निकै चल्ने गरेको छ । त्यस्तै मकवानपुरकै मनहरी क्षेत्रमा पनि व्यापक मात्रामा काठ तस्करी हुने गरेको छ । सरकारले स्थानीय स्रोत साधनको उपभोग गर्ने अधिकारलाई स्थानीय जनतालाई नै उपभोक्ता समिति बनाएर हस्तान्तरण गर्ने नीतिको दुरुपयोग गर्दै सामुदायिक वनका पदाधिकारी र काठ तस्करले मकवानपुरका ३० प्रतिशत काठ सिध्याई सकेका छन् । वर्षायाममा एजेन्टहरु लगाएर जंगलको काठ काट्ने अनि हिउंदको समयमा भटाभट स्थानीय वन समितिका पदाधिकारीसंग मिलोमतो गरी तस्करी गर्ने गरेका छन् ।

यसरी काठ तस्करी गर्नेहरुमा श्रेष्ठ र कार्की थरका मानिसहरु भएपनि हाल कठायतले सबै ठेक्का लिएको बुझिएको छ । काठ तस्करीमा कांग्रेस एमालेका नेताहरुले ठेकेदारसंगै बसेर मदिरापान गर्ने देखि लिएर हप्तावारी रकम लिने तथा पार्टीकै मान्छे तस्करीमा संलग्न भएका छन् भने यसवारेमा माओवादीको मौनतालाई पनि जनताले स्पष्ट रुपमा बुझ्न सकेका छैनन् । हाल मकवानपुरको काठको जिम्मेवारी पाएका कठायत भूतपूर्व एमालेका कार्यकर्ता हुन् उनले विगत केही समयदेखि माओवादीका केही स्थानीय नेतालाई पैसाको प्रलोभनमा पारी पार्टी निकट हुन सफल भएको बुझिएको छ । कठायतको काभ्रेबाट नक्कली कागजात बनाई खयर ओसार्ने धन्दा हिजोआज निकै फस्टाएको बुझिएको छ । उक्त धन्दामा हेटौडामा बसि सुकुम्बासीको स्थानीय नेतृत्व गर्ने एक जना माओवादी निकटलाई ड्राइभर बनाएर उपयोग गरिरहेको बुझिएको छ । यता, मनहरी क्षेत्रमा भने चौकीटोलका क्षेत्री थरका काठ तस्कर र स्थानीय तामाङ मिलेर तस्करी गर्ने गरेका छन् । दशैंको सिजनमा जंगलमा काठ कटाई तिहारको समयमा समिलमा ओसार्ने गरिएको छ ।

राजधानीमा जलबायु परिवर्तनले नेपाल जस्तो पहाडी र हिमाली देशहरुमा परेको पर्यावरणीय असर’bout राष्ट्रिय अन्तराष्ट्रिय गोष्ठि चलिरहेको बेला हेटौडा नगरपालिका संगै जोडिएको शुशेली सामुदायिक बन भने विनासतर्फ उन्मुख भइ रहदा पनि जिल्ला बन कार्यालय मकावानपुर लगायतका बन सम्वन्धि संस्थाहरु मौन बस्दै आएकामा स्थानीय बासिन्दाहरु आश्चर्यमा परेका छन् ।

Advertisements
 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 3, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: