RSS

क्रान्तिकारीका लिस्टमा अव कलेज माफिया

04 सेप

शिक्षा क्षेत्रमा चुलिदै गरेको निजीकरण र व्यापारीकरणको अन्त्यका लागि निरन्तर अग्रभागमा रहेर आन्दोलन गरिरहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आउंदो भदौ २६ गते शैक्षिक माफिया र ठगहरूको संलग्नता रहेको उच्च माविको सूची सार्वजनिक गर्ने घोषणा गरेपछि शैक्षिक माफियाहरूमा भुइंचालो जान थालेको छ ।

अखिल (क्रान्तिकारी) ले विकृति र विसंगतिको रुपमा फैलिदै गएको निजी १०+२ विद्यालयहरुमा संघर्षका कार्यक्रम सार्वजनिक गर्दै राजनीतिक दलका नेता, विश्वविद्यालयका प्राध्यापक, उच्च पदस्थ कर्मचारी तथा शैक्षिक ठगहरूको संलग्नता रहेको १०+२ का शिक्षण संस्थाहरूको सूची आउंदो यहि भदौ २६ गते सार्वजनिक गर्ने घोषणा गरेको छ ।

भदौ १७ गते बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी अखिल (क्रान्तिकारी)ले त्यस्तो घोषणा गरेको हो । १०+२ मा घोषणा गरिएको संघर्षका कार्यक्रमहरूमा भदौ १८ देखि २४ सम्म १३ सूत्रीय मागसहितको पर्चा वितरण गर्ने, भदौ २४ र २५ गते १०+२ मा देशव्यापी विद्यार्थी प्रदर्शन गर्ने, भदौ २८ देखि ३१ सम्म देशव्यापी १०+२ का निजी शिक्षण संस्था हडताल गर्ने र भदौ ३० र ३१ गते अखिल (क्रान्तिकारी) को आन्दोलनप्रति ऐक्यबद्धता जनाउनका लागि सार्वजनिक १०+२ शिक्षण संस्था हडताल गर्ने लगायत छन् ।

क्रान्तिकारीले सार्वजनिक गर्न लागेका १०+२ विशेषगरी विभिन्न राजनीतिक दलका नेताहरूको लगानी रहेको स्कुल, कलेज, विश्वविद्यालयमा स्थायी प्राध्यापकहरू,  शिक्षा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरू र अनावश्यक शुल्क लिई विद्यार्थी र अभिभावकलाई चुस्ने शैक्षिक ठगका विद्यालयहरू पर्ने क्रान्तिकारीका महासचिव हिमाल शर्माले बताउनुभएको छ । महासचिव शर्माले सार्वजनीक विद्यालयमा खोलिएका १०+२ मा भएको अस्तव्यस्तताको फाइदा उठाउंदै निजी १०+२ शैक्षिक व्यापारीहरूले जतिसक्दो छिटो धेरै सम्पत्ति जोड्न होडबाजी गरेका कारण शिक्षाको गुणस्तर र पहुंचमा समस्या देखिएकाले क्रान्तिकारी विद्यार्थी आन्दोलित भएको बताउनुभयो ।

‘शैक्षिक माफियाहरूको सूची सार्वजनिक गर्नु नै एक प्रकारको कारबाही हो’ क्रान्तिकारीका महासचिव शर्माले भन्नुभयो ‘त्यसपछि कस्तो कदम चाल्ने भन्ने राज्यको दायित्व हो, हामीले माफिया यी यी हुन् भनेर उजागर गर्नेसम्म हो ।’

स्रोतका अनुसार क्रान्तिकारीले सार्वजनिक गर्न लागेका १०+२ का विद्यालयहरूमा उपत्यकाभित्रका १०+२ मात्र नभई उपत्यका बाहिरका कलेजहरू समेत पर्ने भएका छन् ।

क्रान्तिकारीले सार्वजनिक गर्न लागेको सूचि अनुसार यु.शि.जि. प्रमुख प्राडा. कमलकृष्ण जोशीद्धारा संचालित जेभियर्स इन्टरनेशनल कलेज, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको संचालन रहेको पुल लेन्स स्कुल र काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसिएम), पूर्व रक्षासचिव चक्रबन्धु अर्याल लगायतको संचालन रहेको डनबस्को कलेज, नेपाली कांग्रेसका नेता एवं हालका संस्कृति मन्त्री मिनेन्द्र रिजालद्धारा संचालित एपेक्स कलेज लगायतका कलेजहरु शैक्षिक माफियाले संचालन गरेको स्कुल/कलेजमा दरिने भएको छ ।

त्यस्तै, नेकपा (एमाले)का नेता प्रदीप नेपालद्धारा संचालित कन्चनजंघा स्कुल, संयुक्त राष्ट्रसंघका पूर्व नेपाल प्रतिनिधि जयराज आचार्यलगायतको संचालन रहेको नोबेल एकेडेमी, पूर्व शाही पार्श्ववर्ती फत्तेबहादुर लिम्बुको परिवारसमेत संलग्न रहेको लिटिल एन्जेल्स, दीक्षित परिवारको लगानी रहेको रातो बंगला र महंगो शुल्क असुल्दै आइरहेको लिंकन स्कुलसम्म पनि क्रान्तिकारीको सूचीमा  पर्नसक्ने स्रोतहरूले बताएका छन् ।

–      महिमा साप्ताहीक

Advertisements
 
१ टिप्पणी

Posted by on सेप्टेम्बर 4, 2009 in NEWS

 

One response to “क्रान्तिकारीका लिस्टमा अव कलेज माफिया

  1. CooL

    सेप्टेम्बर 6, 2009 at 1:53 बेलुका

    je hos ramrai hos

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: