RSS

कांग्रेस महाधिवेशनको रडाको

04 Sep

आगामी फागुन महिनाभित्रमा महाधिवेशन गर्ने घोषणा गरेपछि कुन पदमा कुन पक्षको तर्फबाट उम्मेदवार बन्ने भन्ने बारेमा कांग्रेसी नेताहरूको बीचमा रडांको मच्चिएको छ । तर विधानमा सबै पदको निर्वाचन गराउने कि सभापतीय प्रणालीलाई बलियो बनाउने भन्ने बारेमा अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन ।

यद्यपी महत्वपूर्ण पदको निर्वाचनको व्यवस्था विधानले गर्ने भन्ने निष्कर्षसहित कांग्रेसी नेताहरू अमुक पक्षबाट विभिन्न पदमा उम्मेदवारी दिने तयारीमा रहेको निकटवर्ती सूत्रले बताएको छ । सूत्रका अनुसार सभापति पदमा शेरबहादुर देउवा र सुशील कोइरालाले उम्मेदवारी दिने भएका छन् ।

देउवाको प्यानलबाट सुजाता कोइरालाले महामन्त्री पदमा उम्मेदवारी दिने पक्का भएको छ । यसैगरि देउवा प्यानलबाट उपसभापतिमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. रामशरण महतले उम्मेदवारी दिने सूत्रको दाबी छ । यो पक्षलाई गिरिजाप्रसाद कोइरालाको समर्थन रहेकोपनि सूत्र बताउंछ । गिरिजाको मुख्य योजना जसरी भए पनि सुजातालाई महामन्त्री बनाउने भएको र सुशीलले निर्वाचन जित्न नसक्ने भएका कारण गिरिजा देउवा प्यानलको पक्षमा उभिएका हुन् । यसरि गिरिजा, देउवा र सुजाताको गठवन्धन भिन्न मोर्चामा उभिएका कारण सभापति पदमा सुशील कोइरालालाई सर्वसम्मत रूपमा समर्थन जुट्ने सम्भावना देखिएको छैन । अरु त परै जाओस् रामचन्द्र पौडेल समेत सुशीललाई सहजै मैदान खाली गराइदिने पक्षमा रहेका छैनन् । त्यो पदमा अहिले उभिएका सबैभन्दा वरिष्ठ नेता कोइराला नै हुन् । उनले सभापतिबाहेक अन्य पदमा उम्मेद्वारी दिने सम्भावना छैन ।

यस्तै, चिरञ्जीवी वाग्ले, नरहरि आचार्य एक पटक सभापतिमा उम्मेदवार बनेका व्यक्ति हुन् । उनीहरूले चुनाव लड्न चाहेको खण्डमा सभापति पदमा स्वतः उम्मेदवारी दिनेछन् । गिरिजा-देउवाविरोधी गुटबाट अर्जुन नरसिंह केसी र प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दिने लगभग निश्चित भईसकेको छ भने उपसभापति र महासचिवमा कसले उम्मेदवारी दिने भन्नेवारेमा भने कुनै अत्तोपत्तो छैन । यसरि देउवा, गिरिजा र सुजाताको विरोध गर्ने क्रममा निर्माण भएको गुट अहिले आएर बाटो बिराएको यात्रुजस्तो भएको छ । यसैकारण संसदीय दलको निर्वाचनमा यो गुटको पक्षमा उभिएका खुमबहादुर खड्का, गोविन्दराज जोशी लगायतले भने अहिले आएर आफुलाई अस्पष्ट भूमिकामा राखेका छन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 4, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: