RSS

खनाल समक्ष ओलीको आत्मसमर्पण

04 Sep

पार्टीभित्र अनावश्यक विवाद चर्काएर चर्चित बनेका एमाले नेता केपी ओली अन्ततः अध्यक्ष झलनाथ खनालसामु घुंडा टेक्न वाध्य भएका छन् । काठमाडौं जिल्ला कमिटीलाई समानन्तर संगठन बनाएर विवादलाई उत्कर्षमा पुर्‍याएका ओलीले यहि भाद्र १६ गते कोशी अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रममा यस्तो संकेत दिएका हुन् ।

भाद्र ११ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष खनाल, उपाध्यक्षहरु वामदेव गौतम, अशोक राई, महासचिव ईश्वर पोखरेल, उपत्यका समन्वय कमिटीका योगेश भट्टराई लगायतलाई कारबाही गर्ने चेतावनी दिएका ओलीले कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनेक्रममा भने ओलीले आफूले पार्टी विधानका सम्वन्धमा केही चित्त नवुझेका कुरालाई मात्रै उठाएको तर वर्तमान नेतृत्वलाई स्वीकारेर नै जाने बताएका थिए । यद्यपी नेता ओलीले सो प्रशिक्षणमा कार्यकर्ताको ‘चिट’ बाट आएका प्रश्नहरुको जवाफ भने दिएनन् । केही कार्यकर्ताको प्रश्नमा एकमुष्ठ जवाफ दिंदै ओलीले ‘माओवादी अराजकताको विरोध गर्नै पर्‍यो नि, अरु साथीहरू धेरै नबोल्ने भएर हो’ भन्नेसम्मको जवाफ दिएको पनि अनेरास्ववियुका एक केन्द्रीय सदस्यले बताए । ‘हामीले सोचेभन्दा १८० डिग्रीमा फेरिएछन्’ उनको प्रतिक्रिया थियो । त्यससंगै महासचिव पोखरेललाई कार्यकर्ताले धेरै ‘चिट’ दिएका थिए, तर उनले आफू चिनियां टोलीलाई भेट्नुपर्ने र सेना समायोजन समितिको बैठकमा पनि सहभागी हुनुपर्ने भन्दै कार्यकर्ताका जिज्ञासाहरुको जवाफ नदिई कार्यक्रमबाट बाहिरिएका थिए । उक्त कार्यक्रममा अध्यक्ष खनाल, उपाध्यक्ष राई, महासचिव पोखरेल, माधव नेपाल र घनश्याम भुषाल समेतले प्रशिक्षण दिएका थिए ।

त्यसैगरि, सुनसरीको धरानस्थित कार्यक्रममा पनि ओलीले त्यस्तो उत्तेजित भाषण नगरेको सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार काठमाडौंको रबैया धरानमा पनि प्रस्तुत भएमा सामूहिक राजीनामा दिई पार्टी त्यागको घोषणा गर्ने तयारी समेत भएको थियो । कार्यक्रममा संविधानसभा निर्वाचनमा पनि हार्ने, महाधिवेशनमा पनि हार्ने अनि अहिले पार्टी नेतृत्वको विरोध गर्ने ? भन्दै प्रशिक्षणमा सहभागी कार्यकर्ताहरुले ओलीको विरोध समेत गरेको सहभागी अनेरास्ववियुका एक केन्द्रीय सदस्यले बताए । यद्यपी, झापा जिल्ला कमिटीको अधिवेशनमा भने ओलीले आफ्नो पक्षकालाई उचालेका थिए ।

विवादलाई जति नै उचालेपनि काठमाडौं, झापा र कैलालीमा वाहेक अन्त ओली र खनालपक्ष भन्दै जिल्ला कमिटी विभाजित नभएपछि ओलीको ओंठमुख सुकेको पार्टीभित्रै टिप्पणी गरिन्छ । त्यसो त, पार्टी नेतृत्वले स्थायी समितिको बैठक बसी रामेश्वर फुंयाल नेतृत्वको काठमाडौं जिल्ला कमिटी सञ्चालन नगर्न भन्ने र सोको अवज्ञा गरेमा कारबाही समेत गर्ने तयारीमा अध्यक्ष खनाल रहेको वताईएको छ । पार्टि स्थायी समितिमा अध्यक्ष खनाल बहुमत छन् । एक एमाले नेताका अनुसार अध्यक्ष खनालको पक्षमा उपाध्यक्ष वामदेव गौतम, अशोक राई, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवाली रहेका छन् भने नेता भरतमोहन अधिकारीले खुलेर कुनैपनि पक्ष लिएका छैनन् । यस मामिलामा प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले पनि प्रष्ट धार समाइसकेका छैनन् ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 4, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: