RSS

पशुपतिनाथ परिसरमा भएको घटनावारे ए.ने.क.पा.(माओवादी)को प्रेस विज्ञप्ति

05 Sep

प्रेस वक्तव्य

 

हिजो पशुपतिनाथ परिसरमा भएको घटना र आज त्यसबारे देशभित्र र देश बाहिरका कतिपय संचार माध्यमहरुले हाम्रो पार्टीको संलग्नता देखाउने गरी गरिएको प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पशुपतिनाथ मन्दिरको पुजारीमा नेपाली नागरिक नियुक्त हुनुपर्छ भन्ने माग नेपाली जनसमुदायले लामो समयदेखि उठाउादै आएको सर्वविदितै छ । हालै सरकारले पुजारी नियुक्ति सम्बन्धि गरेको निर्णयप्रति असहमति जनाउंदै जनसमुदायका तर्फबाट संघर्ष समिति गठन भइ संघर्षका कार्यक्रम गर्दै आएको कुरा पनि प्रष्ट नै छ । हाम्रो पार्टी जनताको धार्मिक स्वतन्त्रता प्रति विश्वास गर्दछ र जनसमुदायको कुनैपनि विषयमा विरोध वा समर्थन गर्ने स्वतन्त्र अधिकार र भावनाको सम्मान गर्दछ । धार्मिक सदभाव खल्बलाउने र हस्तक्षेप गर्ने हाम्रो पार्टी नीति नभएको कुरा समेत स्पष्ट गर्न चाहन्छ । जनसमुदायको स्वतन्त्र संघर्षको विषयलाई अनावश्यक र पूर्वाग्रही रुपमा हाम्रो पार्टी प्रति लक्षित नगर्न पनि हामी सबैलाई अपिल गर्दछौं ।

भाद्र २०, २०६६

कृष्णबहादुर महरा

इन्चार्ज

अन्तर्राष्ट्रिय विभाग

एकिकृत ने.क.पा.(माओवादी)

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 5, 2009 in PRESS REALESE

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: