RSS

गोरखाका १२ गाविस अनुतिर्ण

08 Sep

विनोद ढकाल, रेडियो गोरखा

जिल्ला विकास समितिले गोरखाका गाउं विकास समितिहरुको न्यूनतम शर्तमापन गर्दा १२ गाविस अनुत्तीर्ण भएका छन् । आर्थिक वर्ष ०६४/०६५ मा स्थानिय निकाय वित्तिय आयोगले तोकेको ढांचामा गरेको शर्त मापनमा जिल्लाका ६६ मध्ये ५४ गाविसमात्रै उत्तीर्ण भएका हुन् ।

अनुत्तीर्ण गाविसले आयोगले प्रस्तुत गरेको मापदण्डमा २ वटा सम्म पुरा नगरेको पाइएको छ । अनुत्तिर्ण हुने गाविसहरुमा हंसपुर, केरावारी, धावा, बगुवा, तान्द्राङ, पांचखुवा देउराली, ताङ्लीचोक, थुमी, आरुचनौटे, ताक्लुङ, घ्याल्चोक र घैरुङ रहेका छन् । शर्तमापन अनुगमनकर्ताले प्रत्येक गाविसले गाउंं परिषद् गरे नगरेको, रकम निकासा भए नभएको, अन्तिम लेखा परीक्षण भए नभएको, सामाजिक सुरक्षाको भत्ता वितरण गरे नगरेको, ब्यक्तिगत घटना दर्ताको अभिलेख राखे नराखेको जस्ता सुचकका आधारमा गाविसको शर्त मापन गरेको अनुगमन संयोजक तथा स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठले बताए । अनुगमन टोलीले गत साउन महिनादेखि अनुगमन कार्य सुरु गरेको थियो ।  जिल्ला विकास समितिले ६६ गाविसलाई १४ खण्डमा बिभाजन गरेर १४ जना मुल्याङ्कनकर्ता मार्फत शर्तमापन गरेको थियो ।

टोलीले करीब डेढ महिना लगाएर तयार पारेको मापदण्ड अनुसार हंसपुर, केरावारी, र धावामा गाविस अनुदानको रकम निकासा नभएको, वगुवाले अन्तिम लेखा परीक्षण नगरेको, र तान्द्राङ, पांचखुवा  देउराली, ताङ्लीचोक, थुमी, आरुचनौटे, ताक्लुङ, घैरुङ लगायतका गाविसले सामाजिक सुरक्षाको रकम वितरण नगरेको पाइएको टोलीका एक सदस्य सुकदेव दवाडीले बताए । त्यसैगरी तान्द्राङ, ताङ्लीचोक र घ्याल्चोक गाविसले ब्यक्तिगत घटना दर्ता अभिलेख नराखेको शर्त मापन प्रतिवेदनमा उल्लेख गरिएको छ । न्युनतम शर्त मापनमा अनुतिर्ण भएका गाविसले पाउने अनुदानमा कटौती हुने जिल्ला विकास समितिले जनाएको छ ।

 
टिप्पणी छोड्नुहोस्

Posted by on सेप्टेम्बर 8, 2009 in NEWS

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: